- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरस्थानीय तहलाई सहयोग

स्थानीय तहलाई सहयोग

- Advertisement -spot_img

प्रचण्ड खत्री
रूकुम (पश्चिम), १५ असार । रूकुम पश्चिमको एक गैरसरकारी संस्थाले जिल्लाका सबै स्थानीयतहलाई आर्थिक सहयोग गरेको छ । संस्थाले जिल्लामा रहेका छवटा स्थानीय तहका विपद् व्यवस्थापन समितिलाई दश हजारका दरले आर्थिक सहयोग गरेको छ ।
रूकुममा रहेको रूकुमेली समाज विकास केन्द्रले जिल्लामा रहेका सबै स्थानीय तहहरूलाई आर्थिक सहयोग गरेको हो । कोरोना महामारी, सरूवा महामारी र अन्य विपद्लाई मध्यनजर गर्दै संस्थाले प्रत्येक स्थानीय तहलाई १० हजार आर्थिक सहयोग गरेको समाजका अध्यक्ष नरबहादुर नेपालीले बताए । उनले विशेषगरी वर्षायामको समयमा विभिन्न विपद्हरू आउनसक्ने भन्दै सहयोग स्वरूप रकम उपलबध गराएको बताए ।
संस्थाले मुसिकोट नगरपालिका, चौरजहारी नगरपालिका, आठबिसकोट नगरपालिका, त्रिवेणी गाउँपालिका, सानीभेरी गाउँपालिका र बाँफिकोट गाउँपालिकाका विपद् ब्यवस्थापन कोषमा १० हजार सहयोग गरेको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here