- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeसम्पादकीयअसार १५ को महत्व

असार १५ को महत्व

- Advertisement -spot_img

सम्पादकीय

असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाइन्छ । कृषि प्रधान देश नेपाललाई कृषिमा चिनाउने उद्देश्यले धान दिवस मनाइदै आएको छ । हरेक वर्ष मनाइने धान दिवसले भने यसको सार्थकता कति पूरा हुन्छ त्यो आँकलन भने भएको देखिदैन ।

त्यसको सार्थकताको विषयमा न त बहस हुन्छ न त पुष्ट्याई नै गरिन्छ । सुझाव आउँछ अर्काे वर्षको अवस्था त्यहि नै देखिन्छ । कृषिमा आधुनिकीकरण र उत्पादन वृद्धिको भाषण कहिलै छुट्दैन ।

आयातमा न्यूनीकरण । बाँझो खेतबारी राखेर बोराका बोरा चामल, दाल, गहुँ आयात गर्न पनि छुटेको छैन । कृषि प्रधान देशका नागरिकको हातमा अहिले कृषिभन्दा पनि पासपोर्ट मोह बढी देखिएको छ । तर कोरोना कहरले भने यो अवस्था आगामी दिनमा घटाउने विश्वास गर्न सकिन्छ ।

नेपालको कुल धानखेती हुने करिब २१ प्रतिशत क्षेत्रफलमा मात्र सिंचाई सुविधा उपलब्ध रहेको तथ्यांकले देखाउँछ । यसपटक छिट्टै पानी परेको कारण दाङमा हालसम्म ३० प्रतिशत रोपाई भइसकेको छ ।

राष्ट्रिय धान दिवस मनाइ रहदा खड्किने कुरा भने नेपालीको कृषिप्रतिको विश्वास बढाउन देखिएको चुनौती हो । अब नेपालीहरुमा कृषि कर्मप्रतिको एउटा अठोटको खाँचो छ । खेती गरिने हजारौ हेक्टर जमिन प्लटिङले बर्षेनी घटाउँदै गएको छ ।

कृषि आकर्षणको पेशा बन्न नसक्दा कृषि प्रणालीलाई अबलम्वन नगर्ने जमात पनि त्यतिकै छ । दश वर्ष अगाडी जति धान खेतीमा नागरिकहरु सक्रिय थिए त्यो अहिले घटिसकेको छ । उपाय र विकल्प नभएकाहरु मात्रै कृषिमा अल्झिएको देखिन्छ

नेपाल कृषिप्रधान देश भनिए पनि त्यसको सार्थकता भेटिदैन । न त सबै कृषिमा लागेका छन्, न त कृषिमा लाग्ने वातावरण नै राज्यले बनाई दिएको छ । किसानहरुकै शब्दमा ५० काटेका मात्रै अहिले कृषि पेशामा लागेका छन् ।

त्यो भन्दा कम उमेरकाले कृषि पेशा छोडिसके । युवा शक्ति यसमा सक्रिय देखिएको छैन । कृषिमा भविष्य नदेखिनु, राज्यले कृषिमा प्राथामिकतामा नराख्नु, यान्त्रिकरणमा जोड नहुनु नै हो ।

असार १५ को नाममा खेतमा गएर नौटङ्की गरेर मात्रै केही हुँदैन । वास्तविक किसानको मर्का राज्यका पदाधिकारी र जनप्रतिनिधिहरुले बुझेर जान सकेका मात्रै यसको सार्थकता र औचित्य पुष्टि हुनेछ । दिवसमा हिलो खेलेर र धान रोपेको फोटो सार्वजनिक गरेर मात्रै कृषिले प्राथमिकता पाउँदैन । नीतिगत रुपमा यसलाई प्राथमिकतामा लैजानुपर्छ ।

संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले यो विषयमा गम्भीर रुपमा सोचेर नयाँ अवधारणा कृषिमा ल्याउन सक्नुपर्छ । एकदिन धान दिवस मनाएर कृषि क्रान्ति हुन सक्दैन । ३ सय ६५ दिन नै कृषिमा लाग्ने प्रेरणा राज्यबाट हुन जरुरी छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here