- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsदाङमा २७ प्रतिशत रोपाई

दाङमा २७ प्रतिशत रोपाई

- Advertisement -spot_img

जीतसागर जी.एम.
दाङ, १४ असार । दाङमा अहिलेसम्म करिब २७ प्रतिशत धान रोपाई सकिएको छ । कृषि प्रसार अधिकृत भरत पोखरेलका अनुसार जिल्लामा दाङको तुलनामा देउखुरीमा बढी धान रोपाई भएको छ । गत वर्षमा यो समयमा १५ देखि २० प्रतिशतमात्र धान रोपाई भएपनि यस वर्ष गत वर्षको तुलनामा बढी धान रोपिएको छ ।
‘जिल्लामा अहिले करिब २७ प्रतिशत धान रोपाई गरिएको भएपनि देउखुरी क्षेत्रमा बढी रोपाई भएको छ’ उनले भने ‘देउखुरी क्षेत्रका राप्ती गाउँपालिका बढी धान रोपाई सकिएको छ, अन्य लमही नगरपालिका, राजपुर गाउँपालिकालगायतका ठाउँमा पनि धान रोप्नेका काम दाङ उपत्यकाको तुलनामा बढी भएको छ ।’
कोरोनाको महामारीका बीचमा पनि नागरिकले धान रोप्ने कामलाई निरन्तरता दिएका छन् । पानी समयमै परेका कारण यसवर्ष धान पनि समयमै रोपिएको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ माथिल्लो हलवारीकी सिर्जना पौडेलले बताईन् ।
‘पानी समयमै प¥यो, विगतका वर्षभन्दा यसवर्ष छिट्टै नै रोपियो धान’ उनले भनिन् ‘काम गर्ने सबै छिमेकी भएका कारण पनि संक्रमणको डर भएन, कोरोनाको महामारीकै बीच असार १० गते नै रोपियो ।’
जिल्लामा करिब १० बढी प्रजातिको धान रोपिने गरिएको छ । कृषि ज्ञान केन्द्र दाङका अनुसार सुख्खा–१, सुख्खा–२, सुख्खा–३, रामधान, सामामन्सुली, हरिनाथ, विन्देश्वरी, तिल्की र युस–३१२ हाइब्रिड जातको धान लगाउने गरिएको छ । कृषिको उर्वरभूमि दाङमा अन्य खेतीको तुलनामा धान खेती बढी हुने गरेको छ ।
यसैबीच जिल्लामा धानखेती बढ्ने अनुमान गरिएको छ । कोरोनाका कारण रोजगारी गुमाएर धेरै नागरिक स्वदेश फिर्ता भएको, घर घडेरीको कारोबार रोकिएको र पानी समयमै परेका कारण यसवर्ष धानखेती बढ्ने अनुमान गरिएको हो ।

जिल्लामा यसवर्ष करिब ३ हजार हेक्टर क्षेत्रफलमा धान खेती बढी हुने अनुमान रहेको कृषि ज्ञान केन्द्र दाङका कृषि प्रसार अधिकृत पोखरेलले जानकारी दिए ।
‘घरबाहिर रहेका नागरिक धेरै घरमा फर्किएका कारण बाँझो खेतमा यसपाली धान रोप्न थालिएको छ, समयमै पानी पनि परेका कारण धान खेती बढ्ने अनुमान गर्न सकिन्छ’ उनले भने ‘अझ विषेशगरी घरघडेरी पनि बिक्री वितरण रोकिएका कारण पनि धानखेती बढ्ने अनुमान छ ।’
जिल्लामा विगतका वर्षमा ३५ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । यसवर्ष बढेर ३८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएको अधिकृत पोख्रेलले बताए ।
‘अझै स्थानीय तहबाट धानखेती भएको विवरण आउन बाँकी रहेको छ, अहिले पनि धमाधम रोपाइ भइरहेको छ’ उनले भने ‘विदेशबाट धेरै युवाहरू घर फर्केका कारण पनि बाँझो रहेका खेतमा यसपाली खेती हुने अनुमान गरिएको छ ।
जिल्लामा भारत लगायत तेस्रो देशबाट करिब ७ हजार नागरिक घर फर्केको र उनी अधिकांश खेतीपातीमा जोडिने अनुमान गरिएको कृषि प्रसार अधिकृत पोखरेलले बताए ।
‘यसवर्ष उत्साहजनक रूपमा धानखेती भएको छ, विगतका वर्षमा अहिलेकै समयमा पनि २५ प्रतिशत पनि भएको हुँदैन थियो’ उनले भने ‘पर्याप्त सिंचाई नभएपनि आकासेपानी समयमै परेका कारण पनि यसवर्ष धान रोपाई गत वर्षको भन्दा बढी देखिएको छ ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here