- Advertisement -spot_img
Friday, June 18, 2021
Homebreaking-newsक्वारेन्टाइनमा सचेतना शृङ्खला

क्वारेन्टाइनमा सचेतना शृङ्खला

- Advertisement -spot_img

उमा भण्डारी
तुलसीपुर, १४ असार । क्वारेन्टाइनमा रहेका व्यक्तिहरुमा विभिन्न ठाउँमा देखिएको समस्यालाई न्यूनीकरण गर्न दाङमा युवाहरुले सकारात्मक अभियान सुरु गरेका छन् । दाङको तुलसीपुरमा रहेको युवा संसदको अगुवाईमा क्वारेन्टाइनहरुमा विभिन्नखालका सकारात्मक क्रियाकलापहरु सुरु गरिएको छ ।
विशेषगरी कोरोनाको रोकथामका लागि क्वारेन्टाइनमा बसेकाहरुको मनोबल बृद्धि गरी स्वास्थ्य सुरक्षा, स्वास्थ्य सजकता, मानसिक विचलनमा रोक र विविध विषयमा सचेत गराउने उद्देश्यले यो अभियान थालिएको हो । ‘कोरोनाविरुद्ध आत्मबल बढाऔँ, कोरोना भगाउ’ भन्ने उद्देश्यका साथ कार्यक्रमको सुरुवात गरिएको हो ।
नमुना युवा संसदको आयोजना तथा राष्ट्रिय युवा परिषद् र तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा शनिबारदेखि अभियान थालिएको हो ।
कार्यक्रममा कोरोनाभाइरसविरुद्ध लड्नका लागि मनोबल बलियो बनाउनुपर्ने, नियमित सरसफाईमा ध्यान दिनुपर्ने र सुरक्षा सवाधानी अपनाउनुपर्ने विषय समेटिएको छ ।
दाङमा पहिलोपटक क्वारेन्टाइनमा बसेकाहरुका लागि फरक तरिकाले सचेत गराउने प्रयास गरेको नमुना युवा संसद तुलसीपुरका राष्ट्रपति मदन भुसालले बताए ।
उनले नाट्य संवाद र मनोरञ्जनात्मक तरिकाले क्वारेन्टाइनमा बसेकाहरुलाई सचेत गराउनका लागि कार्यक्रम सुरु जानकारी दिए । पछिल्लो समय क्वारेन्टाइनमा विविध घटनाहरु भएको खबरले क्वारेन्टाइनमा बसेकाहरुको मनोबल कमजोर बन्दै गएकाले यो कार्यक्रम सञ्चालन गरिएको उनको भनाई छ ।
कार्यक्रममा मदन भुसाल, पारस पोख्रेल, नवराज वली, गणेश भण्डारी, तुफान वली, अर्जुन पोख्रेल, अभिषेक ढकाल, ईशा वली, अस्मिता भण्डारी, सिर्जना भण्डारी, प्रीति शर्मा, लक्ष्मी वली, दिपीका खड्का लगायतका कलाकारहरु रहेका छन् ।
नाट्य संवादमार्फत उनीहरुले क्वारेन्टाइनमा बसेकाहरुलाई कोरोना सचेतीकरण गर्नुका साथै क्वारेन्टाइनपछिको जीवनशैली र स्वरोजगार वन्नका लागि प्रोत्साहन प्रदान गर्ने गरेका छन् ।
कार्यक्रमको पहिलो दिन तुलसीपुर उपमहानगरपालिका वडा नं ६ मा रहेको मावि तुलसीपुर सेन्टरको क्वारेन्टाइन र राप्ती लाईफ केयर नर्सिङ कलेजको क्वारेन्टाइनमा उक्त कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रम तुलसीपुर उपमहानगरपालिकाभित्र रहेका विभिन्न १० वटा क्वारेन्टाइनमा सञ्चालन गरिने नमुना युवा संसदका राष्ट्रपति भुसालले जानकारी दिए ।
यस्तै कार्यक्रममार्फत कोरोनाविरुद्ध कसरी लड्ने, कस्ता सावधानी अपनाउने ? भन्ने जानकारी मिलेको क्वारेन्टाइनमा बसेका नागरिकहरुले बताए । ‘सकारात्मक सोंचौ र कोरोनामुक्त बनौँ’ भन्ने सन्देश कार्यक्रमले दिएको उनीहरुको भनाइ छ ।
कोरोना कहरका बीचमा पनि क्वारेन्टाइन परिसरमा पुगेर सचेतनामूलक कार्यक्रम सञ्चालन हुँदा कोरोनाविरुद्ध संघर्ष गर्न प्रोत्साहन मिलेको उनीहरुले बताए । यस्ता कार्यक्रमहरु समय–समयमा विभिन्न क्वारेन्टाइनमा सञ्चालन गरिनुपर्ने उनीहरुको माग छ ।
कार्यक्रममा दाङ जिल्ला युवा परिषद्का अध्यक्ष सुरेश रावत, वडा नं ६ का वडा सदस्य वर्षात भण्डारी, कोभिड–१९ फोकलपर्सन विमल केसीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण युवा संसदका महासचिव नवराज वलीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here