- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरहाम्रो संस्कृति दही चिउरा खाने दिन

हाम्रो संस्कृति दही चिउरा खाने दिन

- Advertisement -spot_img

हाम्रो समाज संस्कृतिमा हुर्केको समाज हो । घरद्वार निर्माणदेखि लिएर खेतीपाती गर्दा पनि हामी नेपालीहरूको आ–आफ्नै संस्कृति रहेका छन् । असार १५ मा दही चिउरा खाने साउनमा खिर खाने प्रचलन पनि हाम्रो संस्कृतिभित्र कै हो ।

खेत रोपाई गर्दा असारे भाकाको सुरिलो स्वरमा बाजागाजाका साथ गीत गाउँदै, हातको बीउ हिलो माटोमा छुपुछुपुको आवाजसँगै रोपाराहरूले रोप्ने पनि संस्कृति नै हो । असार १५ हामी नेपाली किसानहरूको दही चिउरा खाने संस्कृति अथवा चाड पनि हो ।

असार १५ लाई कृषकहरूले मौलिक चाडको रूपमा पनि हिलो खेल्ने, दही र चिउरा खाने परम्परा छ । बुढापाकाहरूले असार १५ को दिनलाई मानु खाएर मुरी उब्जाउने दिनको रूपमा पनि लिने गर्दछन् ।

तर अहिले यो संस्कृति पनि हराउँदै जान थालेको छ । शहरी क्षेत्रमा बसाइसराइको बढदोक्रम, कृषि ब्यवसायमा कम रूचि, जागिरे मनस्थितिमा युवाहरूको सोच र यस्तै अन्य कारणले गर्दा खेतीयोग्य जमिनहरू बाझो हुन थालेको छ । शहरी क्षेत्र र शहरउन्मुख क्षेत्रमा प्लटिङ ब्यवसायीहरूले कृषियोग्य जमिनहरूमा खोलाका ग्रेग्रान माटो थुपारेका छन् ।

हिजोको समयमा धान झुल्ने खेतहरू आज त्यहाँ महल ठडिएका छन् । बढ्दो शहरीकरणले गर्दा कृषि क्षेत्रमा क्रमिकरूपले मानिसहरूको रूचि कम हुँदै गएको छ । कृषि क्षेत्रलाई क्रमिकरूपले जलवायु परिवर्तनले समेत ठूलो नोक्सानी पु¥याउँदै आएको छ ।

समयमा पानी नपर्ने, प¥यो भने त्यसले बिनास गर्ने, बेमौसमी पानी र हुरी बतासले समेत कृषकहरू मारमा पर्दै आएका छन् ।

अहिले बढ्दो जनसंख्या एउटा गम्भीर समस्या बनेको छ । बढ्दो जनसंख्याका लागि खाद्यान्न आपूर्ति गर्न मानिसले विभिन्न प्रकारका रासायनिक मलहरू तथा विषालु कीटनाशकहरूको उपयोग गरिरहेको छ । राज्यले पनि त्यसको प्रचारप्रसार गर्दै आएको छ ।

रासायनिक मल तथा किटनाशाकले प्रकृतिका जैविक र अजैविक पदार्थहरू बीच हुने आदानप्रदानको चक्र इकोलोजी सिस्टमलाई प्रभावित पारेको छ । जसले गर्दा जमिनको उर्वराशक्ति बिनास भएको छ । वातावरण प्रदूषित भएको छ,

र मानिसको स्वास्थ्यमा समेत नराम्रो असर पुगेको छ । यस किसिमको कुराहरूलाई कृषि क्षेत्रमा लाग्ने कृषकहरूले ख्याल गरेको पाइन्न । त्यसैगरी राज्यले समेत यस्ता कुरामा ख्याल गरेको देखिदैन । जुन कारणले आज मुलुकभरका कृषकहरू रासायनिक मलको भरमा खेती गर्न बाध्य भएका छन् ।

जैविक खेतीको विधि रासायनिक खेतीको विधिको तुलनामा बराबर वा अधिक उत्पादन दिन्छ अर्थात् जैविक खेतीले कृषकहरूको उत्पादन बढाउँछ ।

जैविक खेतीको विधि पनि अधिक लाभदायक छ । जैविक विधिद्वारा खेती गर्नको लागि उत्पादनको लागत त कम हुन्छ नै यसका साथै कृषकहरूलाई आयआर्जनमा फाइदा पुग्छ । जसको फलस्वरूप सामान्य उत्पादनको अपेक्षामा कृषकहरू अधिक लाभ प्राप्त गर्न सक्छन् ।

बढ्दो जनसंख्या, पर्यावरण प्रदूषण र जमिनको उर्वराशक्तिको संरक्षण एवं मानव स्वास्थ्यका लागि जैविक खेती अत्यन्त लाभदायक छ । तर यो कुरा सबैक्षेत्रका कृषकहरूलाई कृषि क्षेत्रका विज्ञहरूले र राज्यले बुझाउन नसकेको अवस्था छ ।

जैविक खेती प्रणाली प्राचिन कालसँग जोडिएको छ । प्राचीन कालमा मानव स्वास्थ्य अनुकूल हुने तथा प्राकृतिक वातावरण अनुरूप खेती गरिएको थियो । यसबाट जैविक र अजैविक पदार्थहरूका बीच आदानप्रदानको चक्र निरन्तर चलिरहेको थियो ।

जुन कारणले जल, भूमि, वायु तथा वातावरण प्रदूषित हुँदैन थियो । कृषि क्षेत्रमा गाईभैसी पाल्ने प्रचलन पनि हाम्रो समाजमा प्राचिन कालदेखि हँुदै आएको हो । जसका प्रमाण हाम्रो इतिहासमा उल्लेखित गोपाल र महिषपालहरू हुन । कृषि एवं पशुपालन र वातावरणका लागि जैविक खेती प्रणाली अत्यन्त उपयोगी हुन्छ ।

आजभोलि कुषि क्षेत्रमा रासायनिक मल र कीटनाशकहरूको प्रयोग हुँदैछ । जसको फलस्वरूप जैविक र अजैविक पदार्थहरूका चक्रको सन्तुलन बिग्रदै गइरहेछ, र वातावरण प्रदूषित भएर, मानवजातिका स्वास्थ्यलाई प्रभावित गर्दैछ । अब हामी रसायनिक मलहरू,

विषालु कीटनाशकहरूका उपयोगका स्थानमा, जैविक मलहरू उपयोग गरेर, अधिकभन्दा अधिक उत्पादन प्राप्त गर्नेतर्फ हाम्रो सोंचको विकास हुन जरूरी छ । हाम्रो ग्रामीण अर्थ व्यवस्थाको मुख्य आधार कृषि छ र कृषकहरूको मुख्य आयको साधन पनि खेती हो । हरित क्रान्तिका समयदेखि बढ्दो जनसंख्यालाई हेर्दा एवं आयको दृष्टिले उत्पादन बढाउनु आवश्यक छ ।

कृषिको आधारमा जीवन चलाउने मानिसहरूको लागि यो पेशाबाट जीवन धान्न मुस्किल भएको छ । राज्यको दिर्घकालीन भू–नीति बन्न नसक्दा हजारौ हेक्टर जमिन प्लटिङ भएका छन् । शहरी क्षेत्रका मात्र नभएर ग्रामीण बस्तीका खेतीयोग्य जमिनमा प्लटिङ हुँदै सडक खुलेका छन् । बालुवा र गिट्टी बिछाइएका छन् । बाढी, पहिरोबाट बर्षेनी हजारौ हेक्टर जमिन वगरमा परिणत भएको छ ।


अधिक उत्पादनका लागि खेतीमा अधिक मात्रामा रासायनिक उर्वरको एवं कीटनाशकको उपयोग गरिराखेका छौ । जसले गर्दा साना कृषकहरूलाई कृषिमा अत्यधिक लागत लाग्ने गरेको छ ।

त्यतिमात्र होइन जल, भूमि, वायु र वातावरण पनि प्रदूषित भएको छ । साथै कृषिबाट उत्पादन पदार्थ पनि विषालु भइरहेका छन् । जुन खाद्यपदार्थ हामीहरूले खादै आएका छौं ।

पछिल्लो समय हामीकहाँ व्यवसायिक खेतीको लहर सुरू भएको छ । यो राम्रो संकेत हो, शिक्षित युवाहरू, जागीरबाट रिटायर्ड भएकाहरू मात्र होइन, विदेशबाट अनुभव हाँसिल गरेर फर्केकाहरू समेत व्यवसायिक खेतीतर्फ आकर्षित भइरहेका छन् ।

विभिन्न गैरसरकारी संस्थाको पहलमा गठन भएका विपन्न तथा महिला कृषक समूहहरूले समेत व्यवसायिक कृषिको लहर ल्याएका छन् । यसबाट गाउँघरमै स्वरोजगारको सिर्जना भइरहेको छ । कृषि प्रधानमुलुक भइकन पनि तरकारी र फलफूलमाथि समेत आयात गर्नुपर्ने विडम्बनापूर्ण बाध्यता कम हुँदै गइरहेको छ । साथै, थोरै भएपनि स्वदेशी मुद्रा विदेशिनबाट रोकिएको छ ।

तर जति पनि खेती भइरहेको छ, परम्परागत रूपमा मात्र भइरहेको छ । जिल्लामा भएका कृषि ज्ञानकेन्द्र तथा कृषि सेवा केन्द्रहरूमा कृषि प्राविधिकहरूको उपलब्धता कमी भएको र भएकाहरूले समेत समर्पित भएर सेवा दिन नसकेको अवस्था छ ।

कृषि क्षेत्रमा सरकारको ठोस नीतिको अभावमा उत्पादन हुन छाडेपछि आजभोलि कृषकहरूलाई, कृषि श्रमिकहरूलाई ज्याला दिएर खेत रोपाई गर्न नसक्ने अवस्थामा कृषकहरू पुगेका छन् । वैदेशिक रोजगारको लागि युवाहरू विदेश पलायन हुने क्रम बढ्दो छ । काम गर्ने युवा शक्ति गाउँघरमा नहुनाले ज्याला दिएर पनि कृषि मजदुर पाउन मुस्किल परेको छ कृषकहरूलाई ।

भरपर्दो बीउ र मल समयमा नपाउने र उत्पादन भएको खाद्यान्नले उचित मूल्य पाउन नसक्दा कतिपय कृषकहरू कृषि पेशाबाट नै पलायन हुँदै गएका छन् । युवाहरूमा कृषि कार्यलाई काम नै हैन भन्नेको संख्या बढ्दै गएको छ ।

जसले गर्दा नेपालमा गरिबी न्यूनीकरण गर्न चुनौतीपूर्ण कार्य भएको छ । प्रकृतीको धनी नेपाल आफैमा सवल हुँदाहुँदै पनि यहाँको शासकहरूको दूरदर्शी नीति नबन्दा कृषि क्षेत्रमा आश्रित हुने मानिसहरू झन–झन गरिब बन्दै गएका छन् । नयाँ प्रविधिको कृषि प्रणालीबाट उत्पादन लिन नसक्दा अहिले अधिकांश आफूलाई बेरोजगार भन्ने युवाहरू विदेशी भूमिमा कामको लागि जान परेको छ ।

हामी नेपाली कृषि प्रधान देशका धनी भन्दछौं । सरकारी तथ्याकले पनि नेपालमा ६५ प्रतिशत नेपालीको मुख्य पेशा कृषिलाई देखाउँछ । नेपालको यो तथ्यांक हेर्दा र हाम्रो अहिलेको कृषि प्रणाली र त्यसमा आश्रित मानिसको अवस्था हेर्दा त्यो तथ्यांक नै झुटो सावित भएको छ ।

कृषिको आधारमा जीवन चलाउने मानिसहरूको लागि यो पेशाबाट जीवन धान्न मुस्किल भएको छ । राज्यको दिर्घकालीन भू–नीति बन्न नसक्दा हजारौ हेक्टर जमिन प्लटिङ भएका छन् । शहरी क्षेत्रका मात्र नभएर ग्रामीण बस्तीका खेतीयोग्य जमिनमा प्लटिङ हुँदै सडक खुलेका छन् ।

बालुवा र गिट्टी बिछाइएका छन् । बाढी, पहिरोबाट बर्षेनी हजारौ हेक्टर जमिन वगरमा परिणत भएको छ । राष्ट्रिय निकुञ्ज क्षेत्र वरपरका कृषकले प्रत्येक बर्ष उत्पादित खाद्यान्न वन्यजन्तुहरूले नोक्सानी बनाई दिएको छ । चितवन, झापा र बर्दियामा हात्ती एवं बाघले कृषकहरूको ज्यानै लिने गरेको छ । बर्षौदेखि कृषकहरूले यसबारे आवाज उठाउँदै आउँदा पनि राज्यले सुनुवाई गरी उनीहरूको उचित प्रबन्ध मिलाउन सकेको छैन ।

यस्तो अवस्थामा हामी संस्कृित बचाउन भन्दै शहरको महलमा बसेर दही र चिउरा खाएर १५ असार महिनाको संस्कृति जोगाउन खाजेका छांै । खेती गर्ने कृषकले राज्यबाट पाउनुपर्ने सुविधा पाएका छैनन् । कृषिका लागि आवश्यक पूर्वाधारहरू सिंचाई, आधुनिक प्रविधिको सहयोग, मल, बीउ, किटनाशक औषधी समयमा पाउन सकेका छैनन् ।

खेतीको सिजनमा मल र बीउको सधै हाहाकार हुन्छ । खास कृषकसँग खेती गर्ने जमिन छैन । भूमिहिन, मुक्त कमैया र सुकुम्बासीहरूले जमिन पाउन सकेका छैनन् । जो कृषक होइन उसैको नाममा जमिन छ । टाठोबाठो जमिन्दारले अझैपनि जमिन कागजीरूपमा आफ्ना नातेदारहरूको नाममा राख्दै आएका छन् ।

भूमिसम्बन्धी द्वैत स्वामित्वको कानुनले पनि ति वर्गहरूलाई छुन सकेको छैन । यस्तो अवस्थामा राज्यले असार महिनामा धान दिवस मनाउने गरेको छ । कागजी योजना कृषकहरूलाई देखाएर अझैपनि सोझा कृषकहरूलाई सरकारले ढाँट्ने र छल्ने काम गर्दै आएको छ ।

अघिल्ला वर्षहरूमा झैँ यो वर्ष १७औं धान दिवस कोरोनाभाइरसको महामारीले हुने भएन । सरकारी तथ्यांकअनुसार मुलुकको झन्डै १४ लाख हेक्टर जमिनमा धान खेती हुँदै आएको छ । तर के गर्ने यो लकडाउनको समयमा मात्र पाँच अर्बभन्दा धेरै रकमको खाद्यान्न मुलुकमा आयात भएको छ ।

नेपाल कृषि प्रधान देश हो तर हामीले केरा कहाँको खाएका छौं ? अरू त के कुरा खुर्सानी, कागती पनि हामीले भारतबाट आयत गरेका छौ । खेतीयोग्य जमिन बाँझो छ खाद्यान्न परनिर्भर छ तर हामी कहा युवा बेरोजगारी छन् ।

कृषिको तथ्यांक लिने हो भने कुल ३९ लाख हेक्टर खेतीयोग्य जमिनमध्ये १३ लाख हेक्टर बाँझो भएको छ । ६६ प्रतिशत जनसंख्या कृषिमा निर्भर रहेको देशमा ३३ प्रतिशतमा झरेको छ । जमिन बाँझो राखेर हामी खाद्यान्नमा समेत परनिरर्भतामा गएका छौं ।

आज हामी तरकारी, फलफूल, खाद्यान्नलगायत जीविको–पार्जनका अधिकांश वस्तुको लागि छिमेकी देशमा निर्भर भएका छौं । कृषि पेशामा लागेका कृषकहरूको कृषि पेशामा रूचि देखिदैन । यो पेशालाई बाध्यात्मक पेशा मान्दछन् ।

जमिनमा स्वामित्व हुनेहरू खेती गरेर लगानी नउठ्ने देखेर खेती गर्न छोडेका छन् भने जमिन नहुनेहरू अरूको जमिनमा खेती गरी उत्पादनमा दुई तिहाई जग्गाधनीलाई बुझाउन बाध्य छन् । कृषि औजारको नाममा कृषकसँग हलो, कोदालो र हसिया मात्र छ ।

वर्षमा १० दिन जोत्न ३६५ दिन गोरू पाल्नुपर्ने बाध्यता छ । सिंचाई छैन, लगानी गर्ने पैसा छैन । उन्नत बीउ, मल छैन । कृषकलाई प्रविधि सिकाउने प्राविधिक छैन । बेच्ने बजार छैन तर किन्ने बजार छ ।

कृषि कार्यालयमा अत्यन्त सीमित किसानको मात्र पहुँच छ । कृषिले दिने अनुदान खेती किसान नगर्ने मानिसको हातमा पर्ने गरेको छ । कृषिको अनुदान सबै पहुँचमा वितरण हुने गरेको छ ।

कस्तोसम्म पनि देखिएको छ भने जसको जमिन छ तर ऊ खेती गर्दैन शहर बजारमा बस्दछ । कृषिले किसानलाई अनुदानमा टेक्टर दिने कार्यक्रम भयो भने पहँुचको भरमा उसले टेक्टर पाउँछ र अरूलाई बेच्दछ । कृषिको अहिलेको यो अवस्था सुधार गर्नुपर्दछ ।

कृषिलाई आधुनिध प्रणालीमा लैजाने नीति लिएर राज्यले कृषि विकासको कार्यालय प्रत्येक जिल्लामा स्थापना गर्दै कृषिको छुट्टै मन्त्रालयसमेत बनायो । कृषिको क्षेत्रमा अहिलेसम्मको खर्चको हिसाब गर्ने हो भने खरबौ रूपैयाँभन्दा पनि बढी खर्च भईसकेको छ 

गाउँपालिकादेखि प्रदेश हुँदै मन्त्रालयसम्म दशौं हजार कर्मचारी कृषि क्षेत्रको उत्थान गर्न राज्यले लगानी गरेको छ । खै त कृषिको प्रणालीमा सुधार हुन सकेको ? अहिलेसम्म के ग¥यो ? कृषि विकासका निकायले यसको जवाफ राज्यसँग छैन ।

उन्नत बीउबिजनको नाममा स्थानीय बीउबिजन पाइन छाडेको छ । रासायनिक मलले माटोमा अम्लीयपन सिर्जना भएको छ । माटोकै कारण दूरदराजको कृषकले स्थानीय बीउबाट खेती ग¥यो भने उसको उत्पादन हुँदैन ।

उत्पादन नभएपछि बाध्य भएर उसले उन्नत बीउको खोजी गर्दै एग्रोभेट खोज्दै हिड्नुपर्ने भएको छ । अनि हुन्छ कृषिको विकास ?

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here