- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeमुख्य खबरप्राइभेट फर्ममार्फत नवीकरण सेवा

प्राइभेट फर्ममार्फत नवीकरण सेवा

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, १४ असार । तुलसीपुर उद्योग वाणिज्य संघले प्राइभेट फर्म संकलन गरी व्यवसाय नवीकरणको गर्ने व्यवस्था गरेको छ । संघले व्यवसायीहरूको सहजताका लागि प्राइभेट फर्म संकलन गरी घरेलु तथा साना उद्योग कार्यालय दाङमा नवीकरण गरिदिने व्यवस्था गरेको हो ।
वाणिज्य संघले आफ्नो कार्यक्षेत्र भित्र रहेका व्यवसायीहरूको व्यस्तता र कोरोना कहरलाई मध्यनजर गर्दै सजहता प्रदान गर्र्ने भएको छ ।
संघले आफ्नो कार्यलयमा प्राइभेट फर्म संकलन गरी घरेलु तथा साना उद्योग कार्यालय दाङमा नवीकरण गरिदिने व्यवस्था मिलाएको तुलसीपुर उद्योग वाणिज्य संघ तुलसीपुरका कार्यालय प्रमुख पारेश्वर भट्टराईले जानकारी दिए । संघले नवीकरणको सेवा प्रदान गर्दै आएको भन्दै उनले आफ्नो व्यवसायको प्राइभेट फर्म कार्यालयमा उपलब्ध गराउन सबै व्यवसायीहरूलाई आग्रह गरेका छन् ।
कोरोना जोखिम बढ्दै गएको समयमा सबै व्यवसायीहरू सरकारी कार्यालय पुग्न समस्या हुने भन्दै कागजातहरू चुस्तदुरूस्त राख्न वाणिज्य संघले भूमिका निर्वाह गरेको उद्योग वाणिज्य संघका अध्यक्ष विर बहादुर रावतले बताए ।
उनले अहिलेसम्म करिव एक हजार बढी व्यवसायीहरूको फर्म नवीकरण, पान नम्बर, बिजुली, पानी र टेलिफोनको बिल भुक्तानी संघमार्फत भएको जानकारी दिए ।यस्तै वाणिज्य संघले व्यवसायीक सेवा केन्द्र स्थापना गरेर व्यवसायीहरूका दर्ता, नवीक रण र अन्य सेवाहरूलाई सरल बनाउन अनलाईन र अफिसियलमार्फत काम गर्दै आएको संघका सचिव विनिल केसीले बताए । उनले न्यूनतम शुल्कमा व्यवसायीहरूलाई घरमै सेवा प्रदान गर्दै आएको बताए ।
लामो समयदेखिको लकडाउनलाई मध्यनजर गर्दै वाणिज्य संघले तीन महिनादेखि सञ्चालन गर्दै आएको व्यवसायीक सेवा केन्द्र उपलब्धिमूलक भएको व्यवसायी अनुप कुमार श्रेष्ठले बताए  ।
व्यवसायीहरू असार मसान्तको चपेटामा परेको समयमा वाणिज्य संघले उदाहरणीय काम गरेको उनले बताए । यस्तै व्यवसायी राजेन्द्र महतरा, देवेन्द्र बस्नेतलगायतले व्यसायीक सेवा केन्द्रले व्यवसायीहरूको समयको बचत, सहजता र सुरक्षित वातावरण निर्माण गरेको बताए ।

अनलाइनमार्फत व्यवसायिक सचेतना

दाङ जिल्ला उद्योग वाणिज्य संघले अनलाईन कन्फ्रेन्समार्फत व्यवसायीक सचेतना कार्यक्रम सञ्चालन गर्ने गरेको छ । कोरोना महामारीको कारण औपचारिक कार्यक्रम हुन नसकेको समयमा वाणिज्य संघले केबिसी फर्मको सहकार्यमा अनलाईनमार्फत सचेतना प्रदान गर्दै आएको हो ।
अनलाईनमार्फत सरकारले ल्याएको बजेट तथा आर्थिक ऐन २०७७ का व्यवस्था र क्षेत्रगत असरका बारेमा जानकारी दिइएको छ । नयाँ आथिर्क वर्ष सुरू हुनै लाग्दा कुनैपनि समस्याहरू सहजै समाधान गर्ने र गराउने उद्देश्यले सचेतना कार्यक्रमको आयोजना गरिएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिए ।
सरकारले परिवर्तन गरेका नियमहरूको बारेमा जानकारी हुनुका साथै सोही अनुसार अगाडि बढ्न उद्योगी व्यवसायीहरूलाई सहज हुने भएकाले अनलाईनमार्फत कार्यक्रम सुरू गरिएको उनको भनाई छ । ‘वर्तमान परिस्थितिमा प्रविधिको प्रयोग गर्नु निकै महत्वपूर्ण छ’ उनले भने–
‘कोरोना कहरका बीच पनि प्रविधिमार्फत व्यवसायीहरूसँग छलफल र अन्तरक्रिया गर्ने गरेका छौँ ।’ उनले व्यवसायीहरूलाई आइपर्ने कुनैपनि समस्याहरूलाई तालिम तथा सचेतना कार्यक्रमहरू अनलाईनबाटै गर्ने गरेको बताए ।
कार्यक्रममा आर्थिक ऐन २०७७ मा सरकारले गरेका परिवर्तन क्षेत्रगत रूपमा कर, आयकर, मूल्य अभिवृद्धि कर, अन्तरशुल्क, भन्सार शुल्क, करमा दिएको छुटलगायतका विषयमा जानकारी गराइएको थियो । सहभागीहरूलाई सिए अरूण लुइटेल र विपिन तिमिल्सिनाले ऐन तथा नीतिका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसाल, संघका सचिव माया पोख्रेल, गढवा उद्योग वाणिज्य संघका अध्यक्ष रविलाल आचार्य लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण संघका व्यवसायिक सल्लाहकार धनेश्वर शर्मा र विपिन देवकोटाले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here