- Advertisement -spot_img
Friday, June 18, 2021
Homeमुख्य खबरकोरोना सचेतना अभिमुखीकरण

कोरोना सचेतना अभिमुखीकरण

- Advertisement -spot_img

प्रदेश टुडे
गढवा, १४ असार । गढवा गाउँपालिकामा कोरोना पूर्वतयारी र प्रतिकार्य सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
कोभिड–१९ पूर्वतयारी तथा प्रतिकार्यका गतिविधिहरुलाई लक्षित गरी नेपाल सरकारको कोभिड–१९ रोकथाम तथा नियन्त्रण पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय योजनामा सहयोग पु¥याउने उद्देश्यअनुसार दाङ जिल्लाको गढवामा युनिसेफ र
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङबीचको समन्वयमा कोरोना पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रममार्फत गढवा गाउँपालिकामा वडास्तरीय विपद् व्यवस्थापन समितिलाई कोरोना पूर्वतयारी र प्रतिकार्यको बारेमा एकदिने अभिमुखीरण कार्यक्रम सञ्चालन भएको गरिएको हो ।
गाउँपािलकाका वडा नं. ३ र ४ मा सञ्चालन गरिएको अभिमुखीकरण कार्यक्रममा स्थानीय विपद् व्यवस्थापन ऐन अनुरुप गठन भएका समितिहरुका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कोरोना महामारीबारे जानकारी तथा यसले पारेको प्रभाव, कार्यक्रमको उद्देश्य, कार्यक्रमको उपलब्धिहरु कार्यक्रमबाट विभिन्न गतिविधिहरुका साथै क्वारेन्टाइन व्यवस्थापनमा आएका चुनौतीहरु, समस्या समाधानका लागि गरिएका प्रयासहरु, वडामा भविष्यमा पर्नसक्ने विपद्हरुको आँकलन गरी पूर्वतयारी तथा प्रतिकार्यका बारेमा जानकारी प्रदान गरिएको थियो ।
कार्यक्रमको कार्य क्षेत्रहरु जोखिम सञ्चार तथा सामुदायिक संलग्नता खानेपानी, सरसफाई तथा स्वच्छता पूर्वतयारी तथा प्रतिकार्य, बाल संरक्षण विपद् जोखिम न्यूनीकरणबारे जानकारी गराईएको थियो भने कार्यक्रमको सहजीकरण रेडक्रसका स्वयंसेवक मोहनकुमार पाण्डेय एवं समुदाय उत्थानशीलतमा अभिवृद्धि कार्यक्रमका कर्मचारीहरु देवी प्याकुरेल र थानेश्वर पोखरेलले गरेका थिए ।
कार्यक्रमअन्र्तगत आठवटै वडामा रहेका समुदायहरुमा करिब ३० वटा सहयोगी कार्यदल गठन गरिनेछ । स्वयंसेवक परिचालन सम्बन्धी मार्गदर्शन, २०७६ बमोजिम हरेक वडामा गठन हुने वडास्तरको कोरोना रोकथाम समूहको कार्यमा सहयोग गर्ने, महामारीको रोकथाम, नियन्त्रण,
उपचार तथा अन्य मनसुनी विपद्का समस्या समाधानमा स्थानीयस्तरबाट सहजीकरण गर्ने, स्थानीय वडा कार्यालय, प्रहरी, स्वास्थ्य, रेडक्रस उपशाखा, गाउँपालिकाको समन्वयमा स्थानीय आवश्यकताको आधारमा स्वास्थ्य र सेवाको काम गर्ने, कोरोनाभाइरसको लक्षण,
बच्ने उपायलगायतका स्थानीयस्तरमा दिनुपर्ने स्वास्थ्य सन्देशहरु, विभेद र भेदभाव न्यूनीकरण, हल्ला वा अफवाह नियन्त्रणका लागि सन्देशहरु समुदायमा प्रवाह गर्ने, यसका लागि विविध उपायहरु अवलम्बन गर्नेछ ।
यसैगरी स्थानीय क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने कुराहरुको विषयमा छलफल गर्ने, क्वारेन्टाइन वा अस्पतालबाट फर्केका व्यक्तिहरुको सम्मान कायम राख्न,
उनीहरुलाई मानवोचित व्यवहार गर्न समुदाय र परिवारलाई उत्प्रेरणा गर्ने, बाहिरबाट आएका, समस्यामा रहेका बालबालिका, महिलालगायतका मानिसहरुको कुरा सुन्ने, अभिलेख तयार गर्ने र समाधानको लागि पहल गर्ने निकायहरुमा सम्पर्क गराइदिने, भौतिक दूरी कायम राख्न,
स्वास्थ्य, शिक्षालगायत न्यूनतम सेवा सुचारु गर्न सहयोग गर्नेजस्ता कार्यहरु सहयोगी कार्यदलले गरी वडा विपद् व्यवस्थापन समितिहरुलाई र वडा समितिमार्फत गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिलाई सूचना प्रदान गरी जोखिम न्यूनीकरणमा सहयोग गर्न कार्यक्रमले सबै सरोकारवाला निकायहरुसँग समन्वय गरिने कार्यक्रममा सम्पर्क व्यक्ति मोहनकुमार पाण्डेयले बताएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here