- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरविपन्न परिवारलाई फिल्टर

विपन्न परिवारलाई फिल्टर

- Advertisement -spot_img

दिप्तीशिखा चौधरी
दंगीशरण, १३ असार । दंगीशरण गाउँपालिकाका विपन्न परिवारहरूलाई फिल्टर वितरण गरिएको छ । ‘स्वच्छ पानी स्वस्थ जीवन’ भन्ने मूल उद्देश्यका साथ गाउँपालिकाको वडा नं ७ ले वडाबासीहरूलाई फिल्टर वितरण गरेको हो । वडामा रहेका अति विपन्न २२ घर परिवारलाई फिल्टर उपलब्ध गराएको छ ।
वडाबासीहरूको माग र उनीहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै फिल्टर वितरण गरिएको वडा नं ७ का वडा अध्यक्ष वीरबहादुर वलीले बताए । विशेषगरी वर्षायामको समयमा पानी दूषित हुने र सरूवा रोगको महामारी फैलिन सक्ने भन्दै फिल्टर प्रदान गरिएको उनले बताए ।
‘समयअनुसार नागरिकहरूको माग फरक बन्दै गएको छ’ उनले भने ‘स्वच्छ जीवनशैलीका लागि फिल्टर माग गरेपछि हामीले विपन्न परिवारलाई फिल्टर प्रदान गरेका हौँ, वडामा यो नौलो कार्यक्रम पनि हो ।’ वर्षौदेखि शुद्धिकरण विना नै पानी प्रयोग गर्दै आएका स्थानीयहरू अब भने शुद्धपानी पिउने भएका छन् ।
साथै वर्षायामको समयमा दूषित पानीका कारण लाग्ने सुरूवा र अन्य महामारीबाट बच्न र बचाउन सकिने स्थानीयहरूले बताए । कार्यक्रमको सहजीकरण वडा सचिव दिपक केसीले गरेका थिए ।

कागतीको विरूवा वितरण

यसैबीच दंगीशरण गाउँपालिका वडा नं. ७ ले कागतीको विरूवा वितरण गरेको छ । वडाले वडामा रहेका कृषक समूह, कृषि सहकारी र वडाबासीहरूलाई ७५ प्रतिशत अनुदानमा कागतीको विरूवा प्रदान गरेको हो ।
कृषकहरूको मागलाई मध्यनगर गर्दै वडाले अनुदानमा कागतीको विरूवा वितरण गरेको हो । कृषकहरूलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन विरूवा वितरण गरिएको वडा नं ७ का वडा अध्यक्ष विर बहादुर वलीले जानकारी दिए। 
उनले आर्थिक वर्ष ०७६÷७७ को फलफूल वितरण कार्यक्रम अनुसार कागतीको विरूवा वितरण गरेको बताए । विगतमा वडाले किसानहरूलाई आँप, लिच्ची, अनार, अम्बालगायतका विभिन्न जातका फलफूलको विरूवा वितरण गरेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here