- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरसिस्नेरी खोलामा पुल

सिस्नेरी खोलामा पुल

- Advertisement -spot_img

प्रदेश टुडे
शान्तिनगर, १४ असार । शान्तिनगर गाउँपालिकामा पुल निर्माणको काम सम्पन्न भएको छ । गाउँपालिकाको करिव २० लाख रुपैयाँ लागतमा उक्त पुल निर्माण गरिएको छ ।
गाउँपालिकाको सिस्नेरी खोलामा निर्माण गरिएको उक्त पुलको शुक्रबार उद्घाटन गरिएको हो । पुलको उद्घाटन गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले गरेका हुन् ।
पुलको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष डाँगीले पुल निर्माण भएसँगै चिराघाट, बस्तीखोला र पहाडी बस्तीका स्थानीयहरुलाई आवतजावतमा सहजता हुने बताए ।

पुल नहुँदा विशेषगरी बस्तीखोला र पहाडी बस्तीका स्थानीयहरु वर्षायामको समयमा जोखिमयुक्त यात्रा गर्दै आएका थिए ।
समयमै पूर्वाधारको विकास नहुँदा निकै सास्ती खेप्दै आएका स्थानीयहरु पुल निर्माण भएसँगै खुसी भएका छन् । पुल निर्माण भएसँगै वर्षौदेखिको समस्या हटेर गएको र आवतजावतमा सहजता बनेको भन्दै स्थानीयहरु खुशी भएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here