- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeसम्पादकीयपटक–पटक लापरवाही

पटक–पटक लापरवाही

- Advertisement -spot_img

सम्पादकीय
कोरोना परिक्षणका लागि स्वाव थुप्रिन थालेपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले मेसिन थप गरेर परिक्षणको दायरालाई फराकिलो बनाएको छ ।
एउटा मेसिन हुँदा प्रतिष्ठानमा दैनिक २ सयदेखि २ सय ५० जनासम्मको स्वाव परिक्षण हुँदै आएकोमा अहिले दैनिक ७ सयसम्म स्वाव परिक्षण हुन थालेको छ ।
प्रतिष्ठानमा दाङसहित विभिन्न जिल्लाबाट संकलन गरिएका ४ हजार बढी स्वाव थुप्रिएको अवस्थामा परिक्षणको दायरा बढाएसँगै अहिले १ हजार ५ सयमा झरेको छ । जसले गर्दा अब परिक्षणको गति बढ्यो भन्ने सबैलाई लागेको छ । स्वावको रिपोर्ट छिटै पाउन सकिन्छ कि भन्ने आशा पलाएको छ ।
स्वाव संकलन गरेको आधा महिना हुँदासमेत परिक्षणको रिपोर्ट पाउन नसकिरहेको अवस्थामा मेसिन थप गरेसँगै क्वारेन्टाइनमा बसेकाहरुले रिपोर्ट पाउन थालेका छन् ।
तर पछिल्लो समय प्रयोगशालामा आवश्यक सामग्री किटको अभाव देखिन थालेको छ । प्रतिष्ठानले यहि अवस्था रहे एक÷दुई दिनभित्रै परिक्षण रोकिने जनाएको छ ।
मेसिन स्थापनामा संघ तथा प्रदेश सरकारले सहयोग गरेपनि परिक्षणका लागि आवश्यक सहयोग प्रतिष्ठानले कसैको पाउन सकिरहेको छैन् । मेसिनको रकम पाउने भनिएपनि प्रतिष्ठानले उक्त रकम पाउन सकिरहेको छैन् । प्रतिष्ठानलाई राजनीतिक दृष्टिकोणमा रहेर असहयोग भइरहेको छ ।
जसका कारण प्रतिष्ठानले समयमै कोरोना परिक्षण गर्ने आवश्यक किट नपाउँदा परिक्षण अझै अपेक्षाकृत हुन सकिरहेको छैन् । किट अभावले केहीदिन अघि परिक्षण रोकिएको प्रतिष्ठानमा फेरि पनि परिक्षण रोकिने संकेत देखिएको छ ।
भएका स्रोत साधनको अधिकतम उपयोग गरी परिक्षणलाई गति बढाउनुपर्नेमा आवश्यक सामग्रीको अभावमा परिक्षण रोक्नुपर्ने अवस्था अहिलेको लागि निकै घातक मानिन्छ । स्वावको रिपोर्ट आउन ढिला गरेका कारण क्वारेन्टाइन काल घर बन्दै गरेका उदाहरण हाम्रै आँखा अगाडि छन् ।
अहिले प्रतिष्ठानलाई राजनीतिक आवरणमा असहयोग गर्ने नाममा परिक्षण रोकिने सम्भावना बढेको छ । अहिलेको संकटको समयमा प्रतिष्ठानलाई राजनीतिक आवरणले नहेरी सक्दो सहयोग सबैको आवश्यक छ । प्रतिष्ठानले परिक्षणको गति बढाएको अवस्थामा झन् उसलाई सहयोग गरी परिक्षणको गति बढाउनतिर लाग्नुपर्छ ।
जिल्ला विपद् व्यवस्थापन समितिलगायत जिल्लास्थित सबै राजनीतिक दलहरुले परिक्षणलाई थप गति दिन समयमै ध्यान जान जरुरी छ । परिक्षण भइरहदा यस्तो अवस्था छ,
परिक्षण नै नहुँदा कस्तो अवस्था आउला कसैले पनि परिकल्पना गर्न सक्दैन् ? जिल्ला विपद् समितिमा भएको १० करोडलाई आवश्यक किटलगायतका सामग्री व्यवस्थापनमा सहयोग गर्न पनि सकिन्छ । आवश्यक सामग्रीको अभाव हुन नदिनका लागि सबै सरोकारवालाको ध्यान जान जरुरी छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here