- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsस्वाव परिक्षण रोकिने संकेत

स्वाव परिक्षण रोकिने संकेत

- Advertisement -spot_img

‘कसैको सहयोग नभए परिक्षण नै रोकिन सक्ने निश्चित छ, प्रतिष्ठानले परिक्षण गर्न सकेन भनेर मात्र हुन्छ र ? हामीले सक्दो स्रोत साधनले सकेजति परिक्षण गरिरहेकै छौं’ उपकुलपति प्रा.डा.भण्डारीले भनिन् ‘जनप्रतिनिधिले नै क्वारेन्टाइनका मानिस प्रतिष्ठानको गेट घेर्न पठाउँछन्, कति नालायकपन हो, बरु वडा अध्यक्षज्यू राजिनामा दिनुस्, सक्नुहुन्न भने ।’


जीतसागर जी.एम.
दाङ, १३ असार । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना जाँचका लागि आवश्यक सामग्री रिएजेन्ट आपूर्ति नहुँदा स्वाव परिक्षण रोकिने भएको छ । स्वाव परिक्षण गर्दै आएको प्रतिष्ठानमा आवश्यक रिएजेन्ट सकिने अवस्थामा पुगेको प्रतिष्ठानका उपकुलपति डा. संगीता भण्डारीले बताइन् ।
‘प्रतिष्ठानमा परिक्षणका लागि आवश्यक सामग्री रिएजेन्ट सकिन लागेको छ, थप रिएजेन्ट अहिलेसम्म आपूर्ति हुन सकेको छैन्’ उनले भनिन्– ‘शनिबारबाट स्वाव परिक्षण रोकिन्न सक्छ किटको अभावमा ।’ रिएजेन्ट खरिद गर्नका लागि प्रतिष्ठानसँग बजेट नभएको सरकारले बजेट दिन नसकेको उनले बताइन् ।
‘प्रतिष्ठानमा सबैभन्दा धेरै स्वाव परिक्षण भएको छ तर आवश्यक बजेट पाउन सकिएको छैन्, मैले पनि कर्मचारीलाई तलब खुवाउनुपर्छ, ल्यावमा दिनरात नभनेर खटिनेलाई भत्ता दिनुपर्छ’ उनले भनिन्– ‘अहिलेसम्म प्रतिष्ठानकै बजेटले खर्च चलाएको छु, संघ तथा प्रदेश सरकारले पिसिआर मेसिनको समेत रकम दिन सकिरहेका छैनन् ।’
पिसिआर मेसिनको झण्डै डेढ करोडसमेत आफूहरुले पाउन नसकेको उनले बताइन् । ‘शुरुमा किनेको मेसिनको १ करोड नै पाउन सकिरहेको छैन,
त्यसपछि दोस्रो पटक खरिद गरिएको मेसिनको प्रदेश सरकारले ६० लाख दिएको छ, बाँकी रकम अहिलेसम्म पाउन सकिएको छैन्’ उनले भनिन्– ‘अब अहिले स्वाव जाँचका लागि आवश्यक पर्ने रिएजेन्ट सकिन लागेको छ, अब प्रतिष्ठानसँग भएको बजेट पनि सकिएको छ, सहयोग नभए अवस्था के होला ?’
जिल्ला विपद् व्यवस्थापन समितिको पनि प्रतिष्ठानलाई असहयोग भएको उनले बताइन् । ‘विपद् व्यवस्थापन समितिमा १० करोड छ, खै समस्यामा सहयोग गरेको ?’ उनले भनिन्– ‘रकम के मा खर्च गर्ने हो ? विपद् व्यवस्थापन समितिले सहयोग गरेको खै ?’
स्वावले पालो कुरिरहेको अवस्थामा आवश्यक सामग्री व्यवस्थापनमा पनि चुनौती देखिएको छ । केहीदिन अघिमात्रै किट अभाव हुँदा दुई दिन स्वाव परिक्षण रोकिएको थियो । स्वाव थुप्रिदै गएको अवस्थामा परिक्षणको गति बढाउन प्रतिष्ठानमा थप मेसिन जडान भएपनि स्वाव परिक्षण गर्ने आवश्यक सामग्रीको अभाव देखिन थालेको हो ।
आवश्यक सामग्रीको व्यवस्थापन समयमै हुन नसके परिक्षण रोकिन सक्ने उपकुलपति भण्डारीले बताइन् । ‘कसैको सहयोग नभए परिक्षण नै रोकिन सक्ने निश्चित छ,
प्रतिष्ठानले परिक्षण गर्न सकेन भनेर मात्र हुन्छ र ? हामीले सक्दो स्रोत साधनले सकेजति परिक्षण गरिरहेकै छौँ’ उनले भनिन्–‘जनप्रतिनिधिले नै क्वारेन्टाइनका मानिस प्रतिष्ठानको गेट घेर्न पठाउँछन्, कति नालायकपन हो, बरु वडा अध्यक्षज्यू राजिनामा दिनुस्, सक्नुहुन्न भने ।’
स्वाव दिएको दुई सातासम्म पनि रिपोर्ट नआएपछि क्वारेन्टाइनमा बसेका व्यक्तिहरु आन्दोलनमा उत्रिरहेको समयमा परिक्षण रोकिने संकेतले झन जटिलता ल्याउन सक्ने देखिएको छ ।
प्रतिष्ठानका उपकुलपति भण्डारीले आफूहरु थप मेसिन जडान गर्ने तयारी गरिरहेको समयमा सहयोग गर्नुको साटो राजनीतिक आवरणमा दुःख दिने गरेको बताइन् । ‘राजनीतिक आवरणमा दुःख दिने काम भएको छ, यो समयमा सहयोग गर्नुस्’ उनले भनिन्– ‘ढिलो रिपोर्ट आउनु प्रतिष्ठानको दोष हैन, हामीले क्षमताले सकेजति परिक्षण गरेका छौँ ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here