Saturday, April 13, 2024
Homebreaking-newsदाङमा शुक्रबार ७५ मा कोरोना

दाङमा शुक्रबार ७५ मा कोरोना

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, १३ असार । दाङमा शुक्रबार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परिक्षणमा दाङका विभिन्न स्थानीय तहका ७५ जनाका कोरोना पुष्टि भएको हो । दाङमा यो सँगै संक्रमितको संख्या ४ सय ५० पुगेको छ ।
राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराही दाङमा गरिएको परीक्षणमा दाङका ७५ र प्यूठानका २० जना गरी ९५ जनामा कोरोना पोजेटिभ देखिएको बताएको छ । शुक्रबार दाङमा कोरोना पोजेटिभ देखिनेमा राजपुरका १० जना, शान्तिनगरका ६ जना, तुलसीपुरका ११ जना र घोराहीका ३१ जना रहेका छन् । यस्तैगरी लमहीका ३ जना, बङ्गलाचुलीका १० जना, राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानका ३ जनामा कोरोना पुष्टि भएको हो भने १ जना परिचय र ठेगाना नखुलेको बेवारिसे व्यक्तिमा कोरोना पुष्टि भएको छ ।

एकजनाको मृत्यु

घोराहीमा अचेत अवस्थामा फेला परेका एकजनाको मृत्यु भएको छ । मृत्यु भएका उनमा कोरोना पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । अचेत भेटिएका उनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । उनले मुत्यु भइसकेको अबस्थामा कोरोना पोजेटिभ देखिएको हो ।

तुलसीपुरका कहाँका हुन् संक्रमित

शुक्रबार कोरोना संक्रमण पुष्टि भएका तुलसीपुरका ११ जना क्वारेन्टाइनमा बसेका व्यक्तिहरू रहेको पुष्टि भएको छ । तुलसीपुर उपमहानगरपालिकाका कोभिड फोकल पर्सन विमल केसीका अनुसार कालाखोला क्वारेन्टाइनमा रहेका ६ जना, विजौरीमा ३ जना, बालापुर क्वारेन्टाइनमा १ जना र पवननगर क्वारेन्टाइनका १ जना रहेका छन् ।
कालाखोला क्वारेन्टाइनमा संक्रमण पुष्टि भएका ६ जनामध्ये वडा नम्वर १३ का वर्ष २४, २५, ५२ का पुरूष र ३२ वर्षिय महिला गरी ४ जना, वडा नम्वर १८ का ३३ वर्षिय पुरूष, वडा नम्वर ७ का २२ वर्षिय पुरूष रहेका छन् ।
संक्रमित सबै २० गते भारतबाट आएर क्वारेन्टाइनमा बसेको पनि फोकल पर्सन केसीले बताए । बालापुर क्वारेन्टाइनमा रहेकी वडा नम्वर २ की ४० वर्षिय महिला, पवनगर क्वारेन्टाइनमा रहेका २१ वर्षिय पुरूष रहेका छन् । उनी वडा नम्वर १ कै बासिन्दा हुन् । यसैगरी विजौरी क्वारेन्टाइनमा संक्रमित रहेका मध्ये वडा नम्बर ४ का पुरूष २१ वर्षिय, वडा नम्वर १६ का १७ वर्षिय पुरूष, वडा नम्वर १७ को १९ वर्षिय पुरूष रहेका छन् ।

तीन दिन पहिले मृत्यु भएकी महिलामा कोरोना

दाङमा तीन दिन पहिले उपचारको क्रममा मृत्यु भएकी एक महिलामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ गुम्राहचोक प्रतीक्षालयको बेञ्चमा बेवारिसे अवस्थामा भेटिएको महिलालाई प्रहरीले उद्धार गरेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याएको थियो ।
उपचारकै क्रममा ती महिलाको मृत्यु भएपछि स्वाव संकलन गरेर कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानले जनाएको छ । बेन्चमा सुतेको र स्वास फेर्न गाह्रो अवस्थामा देखेपछि प्रहरीले उद्धार गरेर अस्पताल पु¥याएको थियो ।
ती महिलाको अहिलेसम्म नाम ठेगाना खुलेको छैन । वडा प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक दिनेश रिमाल र घोराही उपमहानगरपालिकाको नगर प्रहरी इन्चार्ज प्रहरी नायब निरीक्षक रूद्र पन्थीले पिपिईसहितका स्वास्थ्य सामग्रीको प्रयोग गरेर स्ट्रेचरमा राखेर अस्पताल पु¥याएका थिए । अन्दाजी ३०/३५ वर्षको जस्तो देखिने ती महिला केही दिनदेखि गुम्राह चोक आसपासमै बस्ने र मागेर खाने गरेको स्थानीयहरूले बताएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here