- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsपुल निर्माण गर्न माग

पुल निर्माण गर्न माग

- Advertisement -spot_img

प्रचण्ड खत्री
रूकुम (पश्चिम), १३ असार । रूकुम पश्चिमका स्थानीयहरूले पुल निर्माणको कामलाई तिव्र पार्न माग गरेका छन् । जिल्लाको बाफिकोट गाउँपालिका र मुसिकोट नगरपालिकालाई जोड्ने गाराघाट मोटरे पुल चार वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न नभएको भन्दै स्थानीयले चासो दिएका छन् ।
तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता अनुसार कामको जिम्मा लिएको निर्माण कम्पनी नागार्जुन कन्ट्रक्सनले समयमै काम पूरा नगरेको भन्दै तत्काल काम सम्पन्न गर्न स्थानीय सरकार र निर्माण कम्पनीसँग माग गरेका छन् ।
वर्षायामको समय सुरू भईसकेको भन्दै स्थानीयहरूले पुल निर्माणको कामलाई तिव्र गर्नुपर्ने र जोखिम न्यूनीकरणका लागि तारजाली लगाउनुपर्ने निर्माण कम्पनीसँग माग गरेका छन् ।
तारजालीको व्यवस्था गरी सम्भाव्य जोखिम कम गर्नुपर्ने स्थानीय चन्द्र बहादुर शाहीले बताए ।
यस्तै पुल निर्माणको काममा लागेको मजदुर रतिभान केसीले अहिलेसम्म काम गरेवाफतको ज्याला नभएको गुनासो गरे ।
काम गरेको ज्याला माग्दा ठेकेदारले कामबाट निकालिदिने गरेको उनले बताए । ‘हामीले लामो समय परिश्रम गरेवाफतको रकम पाएका छैनौँ’ उनले भने– ‘रकम माग्दा कतिजना कामबाट निकालिनु परेको छ ?’
पुल निर्माणको जिम्मा लिएको कम्पनीलाई काम तिव्र पार्न पटक–पटक अनुरोध गर्दै आएको बाँफिकोट गाउँपालिका वडा नं १० का वडा अध्यक्ष अर्जुन चन्दले बताए । ‘कछुवाको गतिमा काम किन भइरहेको, समस्या के हो ?
भनेर निर्माण कम्पनीसँग सोधपुछ गर्ने गरेका छौँ’ उनले भने– ‘तर चाँडै सम्पन्न गर्छौं भन्ने जवाफ मात्र आउने गरेको छ, हाम्रो माग पनि छिटो काम सम्पन्न गर्नुप¥यो भन्ने हो ।’
नागार्जुन निर्माण सेवा कम्पनीका सुपरभाईजर नविन घिमिरेले समयमा काम गर्न नसकेको स्विकार गरेका छन् । थोरै बजेटमा ठूलो काम गर्नुपर्ने भएकाले पुल निर्माणमा समस्या भएको उनले बताए । यदि बजेट पर्याप्त भएमा काम सम्पन्न गरिने उनको भनाई छ ।
पुल निर्माण भएलगत्तै रूकुम, जाजरकोट र डोल्पा जिल्ला आवत–जावत गर्ने यात्रुहरूलाई समेत सहजता मिल्ने स्थानीयहरूको भनाइ छ । तर ४ वर्ष ६ महिनासम्म पनि जम्मा ७ प्रतिशत मात्र सम्पन्न हुँदा स्थानीयहरूले पुल निर्माणको कामलाई तिव्रता दिन माग गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here