- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरनिराशा सफल जीवनको बाधक

निराशा सफल जीवनको बाधक

- Advertisement -spot_img

आशाले हामी सबैको जीवनलाई प्रेणा प्रदान गर्दछ र जीवन जिउने आधार पनि हो । यदि जीवनमा निराशा छाएको छ भने सार्थक जीवनको परिकल्पना अधुरै रहन्छ ।
व्यक्तिमा फरक–फरक किसिमका इच्छा, आकांक्षा र अभिलाषा हुने गर्दछन् । त्यसकै आधारमा आशावादी हुँदै जीवन व्यतित गरेका हुन्छन् ।
व्यक्तिले सार्थक जीवनका लागि सकारात्मक रूपमा आशालाई लक्ष्य बनाउँदा असफल जीवन जिउनु पर्दैन । हाम्रो जीवनमा निराशा छाउनु प्रगतिको द्वार प्रायः बन्द हुनुजस्तै हो ।
निराशाले व्यक्तिलाई शारीरिक तथा मानसिक रूपमा पल–पलमा मृत्युवरण गराइरहेको हुन्छ । आशावादी व्यक्तिले सकारात्मक विचार शक्तिको कारण अकल्पनीय समस्यालाई सहजै समाधान गर्न सक्दछ । सहज रूपमा जीवन जिउन पाउनु सकारात्मक विचारका अनुसार आशा मुख्य शुत्र हो । सकारात्मक आशा र विश्वासले साधारण मानवलाई महामानवको रूपमा प्रतिष्ठित गर्दछ ।
सकारात्मक आशाले समाजमा विद्यमान अराजकता, भ्रष्टाचार, अनिमियतता जस्ता तत्वहरूसँग जुध्न सहजीकरण गर्दछ । विश्वमा धेरै प्रकारका साहसिक मानवीय उपलब्धि हासिल हुनुको मुख्य कारण अटुट विश्वास र आशावादी हुनु मानिन्छ । भौतिक तथा मानसिक रूपमा सफलता प्राप्तिको मार्गमा हिड्दै गर्दा विभिन्न किसिमका चुनौती आउने गर्दछन् ।
चुनौतीलाई अवसरमा परिणत गराउनु सकारात्मक आशा हो । विश्वको सर्वोच्च शिखर आरोहण गर्ने प्रथम व्यक्ति एडमन्द हिलारीको सकारात्मक आशा नै उनको सफलताको शुत्र हो । सकारात्मक आशावादीताले व्यक्तिमा रहेको अदृश्य शक्ति क्रियाशील बनाइ सामान्य मानवलाई महामानवस्तरमा पु¥याउने गर्दछ ।

आशा दुई अक्षरले बनेको शब्द हो यसले व्यक्तिलाई नकारात्मक निराशाले मृत्यु र सकारात्मक आशाले नयाँ जीवन प्रदान गरेको विभिन्न खोज अनुसन्धानले देखाएको छ । मनोवैज्ञानिकहरूको मत अनुसार आशावादी व्यक्तिको स्वास्थ्यसमेत सकारात्मक प्रभाव पारेको हुन्छ भने निराशावादी व्यक्तिको रक्तसञ्चार, पाचन प्रणाली र जिवनी शक्तिमा नकारात्मक प्रभाव पारेको हुन्छ ।
आशावादी व्यक्तिलाई दर्जनौं पटकको असफल परिणाम निरन्तर अभ्यास र आशाले सफलताको शिखरमा पु¥याउँछ । निराशावादी व्यक्तिलाई एकै पटकको असफलले जीवनको प्रगतिका अवसर समाप्ति गर्दछ । नकारात्मक निराशावादी अन्धकारमा जीवन जिउनेहरूका लागि आशा दियोको उज्यालो किरण बनेर आउने गर्दछ ।
त्यसैले असम्भव देखिने जुनसुकै कार्य सम्भावनामा परिणत गराउने शक्तिशाली शब्द आशा हामी सबैको विचारमा बस्न सकोस्, निराशाले हाम्रो मनमा डेरा जमाउन नपाओस् । जीवनमा सफलता प्राप्त गर्नुको मुख्य शुत्र ईच्छाशक्ति र निरन्तर श्रमशीलता हो ।
पहिलो पाइला अगाडि सार्दै गर्दा दोस्रो पाइला सकारात्मक आशाका कारण स्वतः अगाडि बढ्न सक्दछ । सकारात्मक योजना अनुसार निरन्तरको गति कर्मप्रतिको विश्वास आशा हो । व्यक्ति सफल हुनु भनेको उसको परिवार, समाज र समग्र राष्ट्रले सफलता प्राप्ति गर्नु हो । आजको समस्या भौतिक वस्तुको अभाव र अपुगबाट नभई व्यक्तिमा छाउने निराशा मुख्य कारण हो ।
व्यक्ति सफल हुनु नै देश सफल हुनु हो । त्यसैले व्यक्तिमा सकारात्मक आशा जागृत गराउन सरोकारवाला नेतृत्व, नागरिक समाज, सरकारी तथा गैरसरकारी संघसंस्थाहरूको तर्फबाट अभियान थाल्न जरूरी छ ।
समाजमा बढ्दै गरेको अनिमियता, भ्रष्टाचार, ठगी, तनाव, बलात्कार, शारीरिक तथा मानसिक हिंसा र स्वमरण आदि जस्ता असामाजिक गतिविधि न्यूनीकरण भएमात्र खुसी नागरिक समृद्ध देश बन्न टेवा पुग्नेछ । व्यक्तिमा सकारात्मक आशा तब जागृत हुन्छ जब उसमा सकारात्मक विचार आउँछ । प्राकृतिक सात्विक आहारबाट व्यक्तिमा उच्च विचार बन्दछ ।
उच्च विचारबाट सकारात्मक आशा उत्पन्न हुन्छ । हामीलाई ईश्वरले महान कार्य गराउन मनुष्य जीवन प्रदान गरेका हुन् । जीवनलाई भय, भोग र निराशाबाट बचाऔं । भयमा जिउने व्यक्ति कार्य, भोगी व्यक्ति रोगी अविवेकी हुन्छ भने निराश व्यक्ति कर्तब्य विमुख भई मृत्युको शरणमा जान्छ ।
अपवित्र विचार सम्प्रेषणबाट व्यक्तिमा घृणा, क्रोध, दुर्भाव र निराशा उत्पन्न हुन्छ भने पवित्र विचारबाट व्यक्तिभित्र दया, माया, करूणा, सद्भाव र आशा जागृत गर्दछ । वर्तमानमा नोबेल कोरोना भाइरस (कोभिड–१९)ले विश्व जगत्लाई त्रासदीपूर्ण वातावरणमा जिउन बाध्य बनाएको छ कारण अनावश्यक अफवाह र निराशा हो । आशावादी बनौं सफल जीवन जिऔं ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here