- Advertisement -spot_img
Friday, May 7, 2021
Homeफिचरसुन्दर स्यार्पुताल

सुन्दर स्यार्पुताल

- Advertisement -spot_img

प्रचण्ड खत्री

रूकुम पश्चिम , १३ असार । प्रकृतिको सुन्दर उपहार स्यार्पुताल । चारैतिर हरिया डाँडाकाँडाले घेरेको बीचमा मनमोहक र रमणीय ताल । जहाँ हजारौँ पर्यटकहरू स्वर्गीय आनन्द लिन तालसम्म आइपुग्छन् । तालभित्रको स्वच्छ, निलो पानी, वरपरका चिटिक्क मिलेका स–साना बस्तीहरू र तालभित्र सल्बलाउने माछाको दृश्यले स्यार्पुलाई थप सुन्दर र मनमोहक बनाएको छ ।

कर्णाली प्रदेशको रूकुम पश्चिममा रहेको करिब २६०० वर्गमीटर क्षेत्रफलमा रहेको स्यार्पुताल पछिल्लो समय यस क्षेत्रकै प्रमुख पर्यटकीयस्थलको रूपमा रहेको छ । जिल्लाको बाँफिकोट गाउँपालिका वडा नं. ३ मा अवस्थित प्रकृतिले चिटिक्क पारी सिङ्गारेको ताल अवलोकन गर्न आउने जो कोही पर्यटकले यस क्षेत्रको वर्णन गर्न सक्दैनन् ।

रूकुम पश्चिमको ८िग्रे मन्दिरप५िको दोस्रो पर्य६कीय स्थलको रूपमा स्यार्पूताल परिचित ५ । तालको पूर्वमा रहेको पैयाबार, पश्चिममा स्यार्पुगे६, उत्तरमा स्यार्पु गाउँको दृश्यले स्यार्पु थप सुन्दर देखिने गर्द५ । स्यार्पु हेर्नका लागि आउने पर्य६कहरूको संख्या अन्य समयमा भन्दा वर्षायाममा ब९ी हुने गर्द५ ।

पश्चिम रूकुमको जिल्ला सदरमुकाम मुसिकोटबाट करिब तीन घण्टाको पैदल यात्रापछि स्यार्पुताल पुग्न सकिन्छ । साना सवारी साधनमार्फत करिब एक घण्टाको यात्रा गरेपछि स्यार्पुताल पुग्न सकिन्छ । स्यार्पुताल पुगिसकेपछि विभिन्न परिकारका खानाहरूको स्वाद लिन सकिन्छ । पर्यटकहरूको सहजताका लागि सञ्चालन गरिएको होमस्टेहरूमा स्थानीय उत्पादनबाट बनेका परिकारहरूको स्वाद लिन पाइन्छ ।


स्थानीयस्तरमा पाइने अर्गानिक मकैका रोटी, कोदोको ढिडो लगायतका अन्य परिकारहरूले स्यार्पु हेर्न आउनेहरूलाई थप आकर्षित गर्ने गरेको छ । यस्तै तालमा पाइने माछाहरूको स्वाद लिनसमेत सकिन्छ । काठबाट निर्माण भएका डुङ्गाबाट स्यार्पूताल अवलोकन गर्न सकिन्छ । यस्तै स्यार्पूताल वरपरको पूर्ण दृश्य अवलोकनका लागि दुईवटा भ्यूटावरको व्यवस्था गरिएको छ ।

कर्णाली प्रदेशमा रहेका अन्य पर्यटकीय स्थलहरू जस्तैः डोल्पाको सेफोक्सुण्डो, कालिकोटको पचाल झरना, मुगुको रारातालपछि स्यार्पूताल पर्यटकहरूको रोजाईमा पर्ने गर्दछ । रूकुम पश्चिमको डिग्रे मन्दिरपछिको दोस्रो पर्यटकीय स्थलको रूपमा स्यार्पूताल परिचित छ ।

तालको पूर्वमा रहेको पैयाबार, पश्चिममा स्यार्पुगेट, उत्तरमा स्यार्पु गाउँको दृश्यले स्यार्पु थप सुन्दर देखिने गर्दछ । स्यार्पु हेर्नका लागि आउने पर्यटकहरूको संख्या अन्य समयमा भन्दा वर्षायाममा बढी हुने गर्दछ ।

स्यार्पुतालसँगै यहाँ रहेका खोनानालाले वातावरणीय सुन्दरतालाई थप उत्कृष्ट बनाउन सहयोग गरेका छन् भने लेकको चिसा खोलानाला, ढुङ्गेखोला, सिमई झरी, चिसाखोला, बौलाखोला, भालुखोला, स्यार्पुतालमा मिसिने खोलाहरू हुन् । जसले स्यार्पुतालको स्वरूपलाई थप सुन्दर बनाउने गर्दछन् ।

स्यार्पुतालबाट बगेर गएको नदीको नाम दहीखोला राखिएको छ । वर्षातको समयमा ठूलो भएर दहीजस्तै देखिने भएकाले दहीखोला नाम राखिएको स्यार्पु पर्यटन विकास केन्द्रका अध्यक्ष खिमप्रसाद पुरीले जानकारी दिए । उनले तालबाट बगेको पानीबाट जलविद्युत निकालेको बताए ।

तालबाट नदी हुँदै बगेको पानीबाट २ सय ५० मेगावाटको विद्युत निकालिएको छ । स्यार्पु साना जलविद्युत उपभोक्ता समितिको निर्माण गरी नेपाल सरकारअन्तर्गत विद्युत प्राधिकरणको स्वामित्वमा विद्युत लाइन प्रसारण गरिएको छ । उत्पादित विद्युतमार्फत मुसिकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाका स्थानीयहरूले विद्युत सेवा लिइरहेका छन् ।

 

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here