- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsदश दिनमा दुईसय बढीमा कोरोना

दश दिनमा दुईसय बढीमा कोरोना

- Advertisement -spot_img

जीतसागर जी.एम.
दाङ, १२ असार । दाङमा असार १ यता दश दिनमै दुई सय बढी कोरोना संक्रमित थपिएका छन् । दंगीशरण गाउँपालिकाबाहेक नौ स्थानीय तहमा फैलिएको कोरोना असार १ गतेदेखि १० गतेसम्म २ सय ३२ जनामा संक्रमण देखिएको छ ।
जिल्लाको पछिल्लो तथ्यांक अनुसार ३ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबारमात्र ७६ जनामा संक्रमण पुष्टि भएको थियो ।
दाङमा असार १ गते ४३ जनामा, असार २ गते ५६ जना कोरोना संक्रमित थपिए भने असार ३ गते ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै असार ४ गते ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । असार ५ गते किट अभावका कारण प्रतिष्ठानमा परिक्षण नै भएन् । त्यसैगरी असार ६ गते ३ जनामा कोरोना संक्रमण पुष्टि थियो ।
असार ७ गते ११ जना, असार ८ गते १३ जनामा संक्रमण देखिएको हो । असार ९ गते १९ जना र असार १० गते ७६ जनामा संक्रमण पुष्टि भएको छ । असार १ गते यता जिल्लामा सरदर दैनिक २४ कोरोनाका नयाँ बिरामी थपिने गरेको देखिएको छ ।
अहिलेसम्म नौ स्थानीय तहमा संक्रमण देखिएको छ । दंगीशरण गाउँपालिकाबाहेक सबै स्थानीयमा संक्रमणको प्रभाव छ । संक्रमणको प्रभाव सबैभन्दा बढी घोराही उपमहानगर–पालिकामा रहेको छ  ।
कुल संक्रमितमध्ये झण्डै आधा संक्रमित घोराही उपमहानगरमा मात्रै रहेका छन् । घोराही उपमहानगरपालिकामा पछिल्लो तथ्यांकअनुसार १ सय ७९ जनामा संक्रमण देखिएको छ । त्यस्तै कोरोनाबाट प्रभावित हुने जिल्लाको स्थानीय तहमा बंगलाचुली दोस्रोमा रहेको छ । बंगलाचुलीमा अहिलेसम्म १ सय ३० जनामा संक्रमण देखापरेको छ ।
त्यस्तै तुलसीपुर र गढवामा १५/१५, राप्तीमा १३, लमहीमा ११, राजपुरमा ७, बबईमा ३ र शान्तिनगरमा १ जनामा संक्रमण देखिएको छ । दाङमा अहिलेसम्म ५ जना स्वास्थ्यकर्मी, ४ जना जनप्रतिनिधि र १ जना सुरक्षाकर्मीमा पनि संक्रमण पुष्टि भएको छ ।
प्रतिष्ठानले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही उपमहानगर–पालिका, तुलसीपुर उपमहानगर–पालिका, बंगलाचुली गाउँपालिका, दंगीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिका, राप्ती गाउँपालिका,
राजपुर गाउँपालिका, प्यूठानको मल्लरानी गाउँपालिका, झिम्रूक गाउँपालिका, स्वर्गद्वारी नगरपालिका, माण्डवी गाउँपालिका, कपिलवस्तुलगायतका क्षेत्रबाट संकलन गरिएको स्वाव परिक्षण गर्दे आएको छ ।

बिहीबार ४३४ थपिए नेपालमा कोरोनाभाइरस

(कोभिड–१९) संक्रमितको संख्या ११ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार बिहीबार ४ सय ३४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको हो ।
बिहीबार मात्र ३ सय १२ जनाले कोरोना जितेका छन् । अहिलेसम्म महिला २ सय १६ र पुरूष २ हजार ४ सय ३४ गरेर २६ सय ५० जनाले कोरोना जितेका छन् ।
कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या भने २६ पुगेको छ । मन्त्रालयका अनुसार अहिलेसम्म १ लाख ९९ हजार ७ सय ३७ र आरडिटी विधिबाट २ लाख ७८ हजार ६३ जनाको नमुना परीक्षण भएको छ ।
परीक्षण गरिएकामध्ये १ लाख ८२ हजार ४ सय ६६ जना छन् । अहिलेसम्म क्वारेन्टाइनमा ७४ हजार २२ जना छन् भने आइसोलेसनमा राखेर ८ हजार ४ सय ८६ जनाको उपचार भइरहेको छ ।


सल्यान अस्पताल शिल

प्रदेश टुडे
सल्यान, १२ असार । सल्यान अस्पतालमा कार्यरत एकजना नर्सलाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको सेवा बन्द गरिएको छ । कन्ट्रयाक ट्रेसिङमा जानुपर्ने भएकाले अस्पतालको सबै सेवा बन्द गरेर अस्पताललाई शिल गरिएको सल्यान अस्पतालले बताएको छ । संक्रमित पुरूषको असार ५ गते स्वाव संकलन गरी सुर्खेत पठाइएको थियो ।

स्वास्थ्यकर्मीलाई पोजेटिभ देखिएसँगै अस्पतालका इमर्जेन्सील गायतका सेवा बन्द गर्ने र दोस्रो चरणको रिपोर्ट आएपछि अरू निर्णय गरिने स्वास्थ्य कार्यालय प्रमुख डा अर्जुन बुढाले जानकारी दिए ।
जिल्लाका विभिन्न स्थानमा क्वारेन्टाइनमा बसेकाहरूको स्वाव संकलनमा संलग्न रहेका स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको, पोजेटिभको रिपोर्ट आएसँगै फेरि पिसिआरको लागि बुधबार नै स्वाव संकलन गरी प्रयोगशालामा पठाएको स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डाक्टर अर्जनु बुढाले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here