- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsछत्रेश्वरीमा ४२ करोड

छत्रेश्वरीमा ४२ करोड

- Advertisement -spot_img

आशिष के.सी.
सल्यान, १२ असार । सल्यानको छत्रेश्वरी गाउँपालिकाले ४२ करोड बढीको बजेट विनियोजन गरेको छ । गाउँपालिका अध्यक्ष सन्तोष केसीले ४२ करोड ७२ लाख ८० हजार ९ सय रूपैयाँको अनुमानित बजेट पेस गरेका छन् ।
छत्रेश्वरीको वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत आठौं गाउँसभामा नीति तथा बजेट प्रस्तुत गर्दै अध्यक्ष केसीले उक्त बजेट पेश गरेका हुन् ।
गाउँपालिका उपाध्यक्ष सीता केसीको स्वागत मन्तब्यबाट सुरू भएको गाउँसभा तथा नीति तथा कार्यक्रममा अध्यक्ष केसीले संघीय सरकारको बजेट वित्तीय समानीकरण अनुदानतर्फ ९ करोड १९ लाख, सशर्त अनुदानअन्तर्गत १८ करोड २३ लाख,
राजस्व बाँडफाँड ७ करोड २९ लाख ३५ हजार ९ सय, विशेष अनुदान ३ करोड, प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ९९ लाख ४२ हजार, राजस्व बाँडफाँड ६ लाख ८३ हजार, गत आर्थिक बर्षको बचत ३ करोड ५० लाख र आन्तरिक आम्दानी गरी ४५ लाख २० हजार गरी उक्त अनुमानित बजेट प्रस्तुत भएको छ ।
कोरोनाभाइरस (कोभिड–१९) का कारण संक्रमण अझै फैलन सक्ने भन्दै विशेष कार्यक्रम पेश गरिएको छ । सातै वडामा एम्बुलेन्स राख्ने ब्यवस्था अनुरूप थप तीनवटा एम्बुलेन्स खरिद गरिने कार्यक्रममा समेटिएको छ । बर्थिङ सेन्टर, ल्याव सञ्चालन, क्वारेन्टाइन विशेष कार्यक्रमहरू समावेश गरिएका छन् ।
कोभिडका कारण रोजगारी गुमाएका श्रमिक तथा साना किसान, असहाय ब्यक्ति, गरिब तथा विपन्न वर्गका परिवारलाई लक्षित गरी स्वास्थ्य, शिक्षा, सीप विकास कार्यक्रम र एवं आयआर्जनसम्बन्धी कार्यका लागि प्रोत्साहन गरिने अध्यक्ष केसीले बताए ।

शारदामा ५० करोड

सल्यानको शारदा नगरपालिकाको सातौ नगरसभा बुधबार भएको छ । आगामी आर्थिक वर्ष ०७७/७८ को लागि कुल ४९ करोड ९९ लाख १२ हजार रूपैयाँ बजेट प्रस्तावसहित सातौ नगरसभा सम्पन्न भएको हो । नगरसभाले आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ ।
नगरसभाको उद्घाटन गर्दै नगर प्रमुख सुरेश अधिकारीले नगरपालिकाको मुहार समृद्ध बनाउनको लागि आफ्नो स्रोत र साधनको प्रयोग गर्दै अगाडी बढिरहेको जानकारी दिए ।
नगर प्रमुख अधिकारीले विश्वब्यापी महामारी कोरोना रोगको प्रभावलाई समुदायमा फैलिन नदिन शारदा नगरबासीको सु–स्वास्थ्यलाई ध्यानमा राखी उक्त प्रकोपको नियन्त्रणको ब्यवस्थापन गर्ने पक्षलाई प्राथमिकता राखिएको बताए । ‘समृद्ध समुन्नत तथा विकसित शारदा नगर, सक्षम नगरबासी’ भन्ने मुल लक्ष्यका बजेट आएको नगरप्रमुख अधिकारी जानकारी दिए ।
नगरपालिकाले ०७७÷७८ का लागि अनुमानित आयतर्फ संघीय र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण १२ करोड ८४ लाख, संघीय राजस्व बाँडफाँडबाट प्राप्त हुने बजेट ९ करोड २८ लाख र संघीय सशर्त अनुदान र आन्तरिक श्रोत गरी २७ करोड ८६ लाख रूपैयाँको बजेट शारदा नगरपालिकाको उपप्रमुख सावित्रा बस्नेतले प्रस्तुत गरिन् ।
नगरपालिका उपप्रमुख सावित्रा बस्नेतद्वारा प्रस्तुत बजेट नीति तथा कार्यक्रममा नगरलाई समृद्ध स्वच्छ र सुरक्षित बनाउँदै भ्रष्टचारमुक्त शारदा नगरपालिका बनाउने लक्ष्यका साथ नगरपालिकाको आर्थिक सामाजिक विकासलाई अघि बढाउन आन्तरिक स्रोत परिचालन,
नगरबासीको प्रतिव्यक्ति आयमा वृद्धि, आधारभूत स्वास्थ्य शिक्षाको प्रत्याभूति, स्वच्छ खानेपानी लगायतका कार्यक्रमहरूलाई अघि बढाइएको बताइन् ।
नगरपालिकाले यो आर्थिक वर्षमा सबैभन्दा बढी स्वास्थ्यमा २ करोड, पूर्वाधारमा २ करोड, कृषिमा १ करोड ५० लाख, शिक्षामा १ करोड ५० लाख छुट्याएको छ भने श्रीनगर आधुनिक बसपार्कको लागि ५० लाख छुट्याएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here