- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरदंगीशरणमा ४० करोड

दंगीशरणमा ४० करोड

- Advertisement -spot_img

प्रदेश टुडे
दंगीशरण, १२ असार । दाङको दंगीशरण गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७७/०७८ का लागि ३९ करोड ९० लाख १४ हजार ४ सय रूपैयाँको बजेट विनियोजन गरेको छ ।
दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा कुमारी खड्काले बुधबार संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानअन्तर्गत ९ करोड ४७ लाख, सशर्त अनुदानअन्तर्गत १३ करोड ५३ लाख, राजस्व बाँडफाँडबाट ६ करोड ७० लाख ८५ हजार ४ सय रूपैयाँ बजेट विनियोजन गरेकी हुन् ।
यस्तै प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ५० लाख ७९ हजार, प्रदेश सशर्त अनुदानअन्तर्गत १ करोड ४८ लाख ५० हजार, प्रदेश सरकार विशेष अनुदान १ करोड १० लाख, प्रदेश राजस्व बाँडफाँड २९ लाख ५० हजार रकम विनियोजन भएको छ ।
आन्तरिक आएतर्फ ८० लाख रजिष्ट्रेशन शुल्कबाट १० लाख, अन्य तहबाट प्राप्त अनुदान ५ हजार अनुमान गरिएको छ भने चालु आर्थिक बर्षबाट ६ करोड बचत हुने अनुमान गरिएको छ ।
उपाध्यक्ष खड्काले कोभिड–१९ रोकथाम, कृषि, रोजगार, सिंचाई र विकासका कार्यलाई प्राथमिकतामा दिइएको बताइन् । पालिकाले कोरोनाभाइरस तथा उपचार कोषका लागि ३० लाख रूपैयाँ छुट्याएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here