- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरविद्यालय क्वारेन्टाइन बन्दाका पीडा

विद्यालय क्वारेन्टाइन बन्दाका पीडा

- Advertisement -spot_img

इतिहासमा कहिलेकाहिँ नयाँ–नयाँ घटना परिवेशहरू देखिदा रहेछन् । २०७२ साल यता नेपालको इतिहासमा मानवजातिले विभिन्न प्रकारका घटनासँग प्रकृतिको कहालीलाग्दा ठूला–ठूला घटनासँग निरन्तर रूपमा कुनै न कुनै बाहनामा प्रकृतिसँग संघर्ष निरन्तर रूपमा लडिरहनु पर्ने अवस्था सिर्जना भयो ।
२०७२ सालमा नेपालमा इतिहासमै सबैभन्दा ठूलो जोखिम व्यहोर्नुप¥यो । त्यो बर्ष अतिचार पानी बर्षात झरीबाट उत्पन्न समस्याहरू बाढी, पहिरो, डुबान गरिबहरूका झुपडीहरू भत्केर बिजोग बनायो । त्यतिबेला पनि अगाडीका विपद्मा पर्नेहरूको जीवन पालमुनी विद्यालयहरूमा कष्टकर पीडा बिताउन बाध्य थिए ।
इतिहासमा मानवजातिले व्यहोर्न पर्ने पीडाभित्र प्रमुख समस्याभन्दा त्यसबाट उत्पन्न अन्य विपत्तिहरू नरभक्षी राक्षसहरूको पापिष्ट कुकृत्यहरू बालिकामाथिका यौन शोषण, परमहिला ।
माथिका गिद्दे दृष्टिहरूका पीडा, सरूवा रोगको आक्रमण, हैजा, रूघाखोकी, निमोनिया, छालाका रोगहरू, गर्भावस्थाका आपतविपद्को समयमा बढी प्रभावित पर्नेमा बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी, सुस्त मनस्थितिका, अपाङ्ग, अशक्तहरूकै बिजोग हुनेगर्छ । त्यसपछि २०७६ सालसम्म प्राकृतिक आपतहरू नपरेका होइनन् ।
् तर वर्तमान विश्वलाई बेहोस पार्ने गरी विज्ञानलाई समेत असफल पार्ने गरी विपत्ति विस २०७६ सालको पुस–माघदेखि विश्वकै धनाढ्य शक्तिशाली समृद्धशाली विज्ञहरूको खानी भएको देश चीनको बीच केन्द्र वुहान भन्ने प्रान्तबाट अकल्पनीय तरिकाबाट एउटा खर्तनाक भाइरसको जन्मभयो ।
त्यतीबेलाचिनले पनि यसरी यो रोग फैलियलाभन्ने यति ठुलो खर्तनाकमानबजातीको सखापपार्ला बिस्वकै टाउको दुखाइहोला?भन्ने कल्पना सम् मगर्न सकेन शुरूशुरूमा १,२जनामा देखियो समस्या समाधान हुन्छ भन्ने नै थियो । सायद त्यही भएर होला ? रोग बाहिर नलाने उर्दी भयो । त्यतिबेलासम्म रोगको नाम पनि आविस्कार भएको थिएन ।
तर विज्ञ डाक्टरहरू आफ्नो कर्तब्य पालनमा खटिरहेका थिए । रोगको नाम पत्ता लागे पनि, नभन्ने उर्दी भएपनि रोगको पत्ता लगाउने विज्ञलाई अति खरतनाक भएको र यो समस्या अन्यत्र पनि सर्ने यसको रूप महामारीको हुने देखेपछि उनले रोगको बारेमा रोगको नामसहित बाहीर ल्याए ।
रोगको नाम कोभिड–१९ कोरोना थियो । रोग सार्ने सुक्ष्म जीवाणुको नाम भाइरस थियो । ति महान विज्ञलाई सार्वजनिक गरेकोमा अनेक थरीका टर्चर कारवाहीका धम्की त थिए तर दुःखको कुरा कोरोनाले उनलाई नै यो संसारमा बाँचेर समाजको सेवा गर्ने अवसरबाट च्यूत गरायो ।
त्यसपछि तिब्र रूपमा संक्रमण बढ्न थालेपछि साधारण सोचाइबाट बाहिरिएपछि कसैले रोकेर नरोकिने अवस्थामा पुग्यो ।
क्षतिका रूप पनि विकराल बन्दै जान थाले । त्यति बेला चीनको समस्या सुन्नेहरूलाई कहीँकतै छोएन । अझ कोही देशहरू त कोरानाभाइरस भन्ने रोग चीनले आफै अन्य कसैमा दुःख दिनका लागि सिर्जना गराइएजस्तो आरोप प्रत्यारोप लगाउने समस्या सबैको हो भन्नुभन्दा विपरीत तरिकाको सोंचमा ग्रस्त हुनथाले । अर्कोतर्फ भाइरस आफ्नै गतिमा अगाडी बढ्यो ।
त्यहाँको मात्र समस्या बुझ्नेहरू समस्याबाट बाहिरिन पाए बाँचिन्छ भन्नेहरू जसरी भएपनि आ–आफ्ना देशतर्फ जानथाले । त्यहाँबाट बाहिरिनेले साथमा कोरोनाको कोसेली पनि लिएर बाहिरिएको न त उनीहरूले थाहा पाए, न त अन्यलाई जानकारी हुन सक्यो ।
एकाएक जहाँ–जहाँ गए, त्यहाँ–त्यहाँ रोगको प्रकोप बढ्न थालेपछि मात्र मान्छे एकाएक गुणात्मक तरीकाबाट मान्छे मर्न थालेपछि मात्र चीनको तरिका खोज्न थाले ।
उस्तै शैली अपनाउन थाले । तर समस्याबिना औषधीको थियो मात्र सावधानीको थियो । वास्तवमा मानिस अनुशासनदेखि धेरै टाढा छ । राज्यले आफ्ना नागरिक बचाउने उसको कर्तब्य हो ।
नागरिक राज्यले देखाएको बाटामा हिड्नु पनि कर्तव्य भए पनि नागरिकले राज्यको लकडाउनको पालना गरेन । यस्तो समयमा पनि पैसा ठूलो देख्ने प्रवृत्ति बेइमानी सोंच लकडाउन सरकारको हो भन्ने गलत साेंचबाट माथि उठ्न नसकेपछिको अकस्था झनपछि झन बिकराल बन्दै जानथाल्यो ।
अति छिटो गतिमा संसारका ९९ प्रतिशत राष्ट्रहरूमा कोरोना महामारीले ग्रस्त बनायो । कुनैपनि देशका सार्वजनिक स्थानहरू क्वारेन्टाइन बन्न थाले ।
अस्पतालहरू आइसुलेसन बन्न थाले । तै पनि औषधी पत्ता लाग्न सकेन ? धनाढ्य देशमा विभिन्न काममा मजदुरको रूपमा कार्यरतहरू आ–आफ्ना देशमा फिर्ता गर्न थाले । त्यही सिलसिलामा हाम्रो देश नेपाल पनि अछुतो रहन सकेन । विस २०७६ सालको फागुन अन्तिम साताबाट आतुरका साथ देशले लकडाउनको तयारीमा जुट्न थाल्यो ।
विद्यालयका अन्तिम परीक्षा छिटो गरी भ्याएर सुरक्षित हुन खोजेको सरकार अन्तिम तयारीको समयमा विद्यार्थी ठाउँ–ठाउँमा पुगेर कोठाहरू बनाएर प्रवेपत्र बुझेर भोलिको विषय तयारीको निकटमै स्थगित भएको अवस्था हाल २०७७ को उत्तरार्धसम्म कुनै निकास आउन सकेन । शुरूका दुई महिना राज्यले राहतको नाममा के के न गर्लाजस्तो गरी टाइफाइ देखायो ।

दिनभर स्कुलमा घरको धेरै समय होमवर्कमा ब्यस्त बालबालिका टिभी, मोबाइलमा खानासमेत बिर्सेर लागेको अवस्था छ । विद्यालयहरू अधिकांश क्वारेन्टाइन बनाइएको अवस्था छ । नागरिक पूर्णतया त्रासमा छन् । अबको अवस्था रोगले भन्दा शोक, भोक, तनाव र बेरोजगारको समस्याले ठाउँ ओगट्ने पक्का छ । अब परिवार एकै ठाउँमा बस्ने बानी हराएका आफ्नै तरिकामा हिड्ने बानी बसेका बीचमा तालमेल नमिल्नाले भने ठूला–ठूला समस्यामा बल्झिनुपर्ने अति संवेदनशील अवस्था नआउला भन्न सकिन्न ?


आफ्ना नजिककाहरूलाई वितरण गरेर भोट बैंक बनाउन खोज्यो । ब्यापारीले कालो बजारी गर्नमा क्रियाशील भए । दुबै थरीले कोरोनाको बहानामा कसरी फाइदा उठाउने ? सोंचमा दत्तचित्त भए । जब तीन महिना लाग्यो । भारतले चारवटा प्रदेश खोलेर दैनिक नाका नाकाबाट हजारौंको संख्यामा नेपालीहरू स्वदेशमा ओइरिन थालेपछि सबको होसहवास उड्न थाल्यो ।
राहतका नाटक पनि थला परे । ब्यापारीका ब्यापार पनि थला परे । अब नेपालको अवस्था अति नाजुक छ । देशको अर्थतन्त्र शुन्यमा झार्न थाल्यो । सम्पूर्ण क्षेत्र थलापरेको समयमा सबैभन्दा चौपट त स्कुले बालबालिका करोडौको संख्यामा चौपट छन् ।
दिनभर स्कुलमा घरको धेरै समय होमवर्कमा ब्यस्त बालबालिका टिभी, मोबाइलमा खानासमेत बिर्सेर लागेको अवस्था छ । विद्यालयहरू अधिकांश क्वारेन्टाइन बनाइएको अवस्था छ । नागरिक पूर्णतया त्रासमा छन् ।
अबको अवस्था रोगले भन्दा शोक, भोक, तनाव र बेरोजगारको समस्याले ठाउँ ओगट्ने पक्का छ । अब परिवार एकै ठाउँमा बस्ने बानी हराएका आफ्नै तरिकामा हिड्ने बानी बसेका बीचमा तालमेल नमिल्नाले भने ठूला–ठूला समस्यामा बल्झिनुपर्ने अति संवेदनशील अवस्था नआउला भन्न सकिन्न ?

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here