- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeसम्पादकीयकार्यालयमा हेलचेक्¥याई

कार्यालयमा हेलचेक्¥याई

- Advertisement -spot_img

सम्पादकीय
कोरोनाको महामारी र लकडाउन भइरहेकै समयमा असार १ गतेदेखि सरकारी कार्यालयहरूले पूर्ववत सेवा सञ्चालन गरेका छन् । कार्यालयले पूर्ववत् सेवा सञ्चालन गरे पनि सावधानी र सुरक्षा भने कार्यालयमा देखिएको छैन ।
हचुवा र असावधानीका बीचमा सञ्चालन भएका कार्यालयहरूबाट हुनसक्ने जोखिमको विषयमा गम्भीर कुनै निकाय देखिएका छैनन् । यसको असरसम्म नसोचिनु सान्दर्भिक हैन ।
कार्यसम्पादनलाई प्रभावकारी बनाउने र स्वास्थ्य सुरक्षाका लागि चनाखो बन्न कार्यालयहरूले सुरक्षा व्यबस्था मिलाउनुपर्छ । भिडभाड हुने कार्यालयहरूमा झनै यसको आवश्यकता छ ।
नागरिकलाई पनि सुरक्षित राख्ने र कर्मचारी पनि सुरक्षित हुने गरी कार्यालयहरू सञ्चालन हुनसकेमा भैपरी आउने जोखिम कम हुनेछ । यसतर्फ सोचेर सरकारी कार्यालयहरू सञ्चालन हुने र सेवाप्रवाह गर्नतर्फ लाग्नुपर्छ ।
कोभिड–१९ ले अहिले विश्व आक्रान्त छ । विश्वमा नै महामारीका रूपमा फैलिएको कोरोनाले नेपाल पूर्णरूपमा परिसकेको छ । अहिलेकै अवस्थामा हेर्ने हो भने संक्रमितहरूको संख्या ११ हजार नजिक छ । यहि अवस्थामा सञ्चालन भएका कार्यालयले झन बढी सर्तकता अपनाउनुको साटो लापरबाही कदाचित पनि गर्न हुँदैन ।
लकडाउन हुँदै गर्दा खोलिएका कार्यालयहरूमा लापरवाही जरूर छ । लापरवाहीहरू पनि छरपष्ट रूपमा देखिएका छन् । साना ठूला सबै पक्षबाट लापरबाही देखिन्छ । राज्यको नीति र निर्देशनको पालन कम मात्रै भएको छ । संक्रमणबाट बच्नलाई गरिएको कार्यहरूमा लापरवाही देखिनु राम्रो हुँदैन ।
आफूखुसी सेवा प्रवाह गर्ने कार्यालय, व्यवसायी र नागरिकले गरेको निर्णयले पनि सबै ठाउँमा लापरबाही बढाएको छ । यसमा आफै सचेत भएर सबै सर्तक हुनुपर्ने अवस्था हो । कसैलाई पनि लापरबाही, हेलचेक्¥याई गर्ने छुट हुनुहुँदैन ।
नेपालमा बुधबारसम्ममा दश हजार ७ सय २८ जना कोरोनाभाइरसको संक्रमणमा परेका छन् । पछिल्लो समय दाङ कोरोनाको इपिसेन्टर नै बन्न थालेको छ । दैनिक संक्रमितहरू बढिरहेका छन् तर पनि सावधानी जिरो देखिन्छ । जोखिम बढेको बढ्यै छ ।
लापरबाही पनि बढिरहेको छ । अहिले सरकारी कार्यालय र बजार हेर्नेको भने यो अवस्था देखिनुले चिन्तित मात्रै हैन आशंकित पनि बनाउँदै गएको छ । सबैले आफ्नो क्षेत्रबाट मात्रै सुरक्षित हुने अवस्था सिर्जना ग¥यौं भने मात्रै पनि केही सहजता हुने देखिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here