- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsबबई गाउँपालिकाको आ.व.०७७/०७८ को नीति तथा कार्यक्रम

बबई गाउँपालिकाको आ.व.०७७/०७८ को नीति तथा कार्यक्रम

- Advertisement -spot_img

गाउँसभाका सदस्यहरू,

१. कोरोनाभाइरस (कोभिड–१९) का कारण विश्वव्यापी रूपमा फैलिएको महामारीले उत्पन्न कठिन परिवेश र बन्दाबन्दीका बीच आज म आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रम यस गरिमामय सातौ गाउँसभा समक्ष प्रस्तुत गर्दैछु ।
२. यस चुनौतीपूर्ण घडीमा म संघीय लोकतान्त्रिक गणतन्त्र राष्ट्र र जनताको हितका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात सहिदहरूप्रति उच्च सम्मानका साथै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । घाइते योद्धाहरू र बेपत्ता नागरिकहरूप्रति उच्च सम्मान प्रकट गर्दछु ।
३. कोभिड–१९ का कारण मानव जातिमाथि शताब्दीकै सबैभन्दा ठूलो संकट पैदा हुनुका साथै उल्लेख्य रूपमा क्षति भएको छ । नेपालमा समेत संक्रमण फैलिन नदिन गरिएको बन्दाबन्दी बीचमा हाम्रो गाउँपालिकामा भारतबाट आएका नागरिकहरूमार्फत संक्रमण देखिने सम्भावना बढेको छ । महामारीबाट संक्रमित दिदीबहिनी तथा दाजुभाइहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
४. कोभिड–१९ महामारीका कारण सार्वजनिक सेवा प्रवाह, विकास निर्माणका कार्य र आयोजनामा प्रत्यक्ष रूपमा नकारात्मक असर पुगेको छ । साथै उत्पादन, आपूर्ति र वितरण प्रणालीमा गम्भीर प्रभाव पर्नुका साथै बन्दाबन्दीका कारण आममानिसको नियमित दैनिकीमा प्रतिकूल प्रभाव परिरहेको छ । यसबाट आगामी दिनमा थप चुनौती उत्पन्न हुने र त्यसको सामनाको लागि अहिलेदेखि नै तयार हुनुपर्ने भएको छ ।
५. कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि गाउँपालिकाले प्रकोप व्यवस्थापन कोषमा आवश्यक रकम व्यवस्थापन गरी पूर्ण सामथ्र्यका साथ कार्यसम्पादन गर्दै आईरहेको व्यहोरा यस गरिमामय सभासमक्ष जानकारी गराउन चाहन्छु । उक्त कोषमा नगद रकम जम्मा गर्नुहुने र राहतका लागि खाद्य सामग्री सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिन चाहन्छु । आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राखेको छु ।
६. कोरोना रोकथाम र नियन्त्रणको लागि अपनाइएको बन्दाबन्दी, सामाजिक दूरी लगायतका कार्यको कार्यान्वयनमा अनुशासित र सक्रियतापूर्वक सहयोग गर्नुहुने दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु । यसको रोकथाम र नियन्त्रणका लागि अग्रमोर्चामा खट्नुहुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक तथा व्यवस्थापन कार्यमा संलग्न सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । साथै यस कार्यमा सहयोग गर्नुहुने राजनीतिक दल, निजी तथा व्यावसायिक क्षेत्र, संघसंस्था, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी, जनप्रतिनिधि एवं सबै नागरिकहरूमा हार्दिक धन्यवाद दिन चाहन्छु ।
७. संविधान कार्यान्वयनको छोटो अवधिमा संघीयताको महत्वपूर्ण आधारका रूपमा रहेको स्थानीय सरकारको आधारभूत आधारशीला तयार भएको छ । विकास र सुशासनको सुस्पष्ट दृष्टिकोण, कानुनको निर्माण, बबई गाउँपालिकाको बृहत गाउँपालिका विकास गुरूयोजना, संघ र प्रदेश सरकारसँग समन्वय र सहकार्यमा अघि बढाइएका योजना तथा प्रयासहरू तथा विभिन्न प्रतिकूलताका बाबजुद पनि बजेट कार्यान्वयनमा गरिएका विशेष प्रयासहरूले नै हामीलाई अनुकूलतातर्फ अघि बढ्ने आधार तयार भएको छ । सबैको साझा प्रयासबाट नै छोटो समयमा बबई गाउँपालिकाको समृद्धिको चित्र कोर्न सफल भएका छौं । यसका लागि म सबैका तर्फबाट खुसी प्रकट गर्दछु ।

गाउँसभाका सदस्यहरू,

८. स्थानीय सरकारको मेरूदण्डको रूपमा रहेको बबई गाउँपालिकाको कार्यालय भवन, वडा नं.१, २, ४, ५ र ६ को वडा कार्यालय भवन, शाखा भवनलगायतका संरचनाहरू निर्माणको काम ५० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ भने आगामी वर्ष उक्त संरचनाहरू पूर्णरूपमा सम्पन्न हुनेछन् ।
९. सडकतर्फ सल्लीकोट पातिहाल्ना सडक, पंचकुले चरकमटिया सडक, गाउँपालिकाको कार्यालय जाने सडक र सहिदगेटदेखि उत्तरतर्फको सडक कालोपत्रे गर्ने कार्य भईरहेको छ ।
१०. कोभिड–१९ का कारण जनजीवन असहज भइरहेको, बन्दाबन्दीका बीच कोरोना रोकथाम र नियन्त्रणका लागि भारतलगायत विदेशबाट आएका नागरिकहरूलाई व्यवस्थापन गर्नका लागि मावि पदमपुर, मावि हंसपुर, मावि कौशिलापुर र मावि चरकमटियामा क्वारेन्टाईन निर्माण गरिएको छ भने हंसपुर क्याम्पसमा आइसोलेसन निर्माण गरिएको छ । साथै कोरोना चेकजाँचको व्यवस्था मिलाइएको र क्वारेन्टाइनमा रहेका नागरिकहरूको खाना, खाजा र बसोबासको उचित प्रबन्ध मिलाइएको छ ।
११. बबई गाउँपालिकाको दुर्गम स्थानमा रहेको जिला–गंगटे सडक स्तरोन्नति गर्ने काम भइरहेको छ भने बबई गाउँपालिकाको वडा नं. १ गंगटेमा विद्युत विस्तार गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।
१२ सबै वडाहरूमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि वडा नं. १, २, ४, ५ र ७ मा आधारभूत स्वास्थ्य केन्द्र निर्माणको कार्य अन्तिम चरणमा रहेको छ भने उक्त स्वास्थ्य केन्द्रहरूमा यथाशिघ्र स्वास्थ्यकर्मीको व्यवस्थापन गरिनेछ ।
१३. बबई गाउँपालिकाको शिक्षाको गुणस्तर कायम गर्न, विद्यालयमा रहेको शिक्षक अभाव पूर्ति गर्न र निःशुल्क शिक्षा लागू गर्न शिक्षक सहजकर्ता नियुक्ति गरी पठनपाठनलाई व्यवस्थित गर्ने प्रयास गरिएको छ । साथै आवि बबरपुर, मावि पदमपुर, मावि कौशिलापुर, मावि चरकमटिया, आवि जिला, प्रावि भाङाबारी, मावि हंसपुर र मावि गंगटेमा भवन निर्माणको कार्य गरिएको छ ।
१४. स्वास्थ्य सेवाको पहुँचवाट टाढा रहेको वडा नं. १ गंगटेमा स्वास्थ्य चौकी भवन निर्माणको कार्य सम्पन्न भएको छ भने उक्त भवनमा वर्थिङ सेन्टर सञ्चालन गर्ने तयारी पूरा भइसकेको छ ।
१५. कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्न सिंचाईको महत्वपूर्ण भूमिका रहने हुँदा चालु आव ०७६/०७७ मा करिव १० किमिभन्दा बढी सिंचाई नहरहरू निर्माण गरिएको छ ।
१६. मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत विभिन्न सिपमूलक कार्यक्रमहरू र विपन्न लक्षित समूहलाई मौरी घार वितरण, बेसारको बीउ वितरण कार्यक्रम, सामुदायिक विद्यालयमा अध्ययनरत अभिभावक विहिन बालबालिकालाई पोशाक र स्टेशनरी सामान वितरणजस्ता कार्यक्रमहरू अगाडी बढाइएको छ ।
१७. प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत बबई गाउँपालिकाभित्र रहेका बेरोजगारहरूको तथ्यांक संकलन गर्ने कार्य सम्पन्न भएको छ भने चालु आवमा ९० जना बेरोजगार व्यक्तिहरूलाई १५ दिन रोजगारी प्रदान गर्ने कार्य भइरहेको छ ।
१८. बबई गाउँपालिकामा रहेको पुरन्धारा झरनालाई स्तरोन्नती गरी आन्तरिक तथा वाह्य पर्यटकहरूलाई उल्लेख्य मात्रामा भित्र्याउने कार्य भएको छ ।
१९. बबई गाउँपालिकाभित्र रहेका ट्वाङ्खोला, च्याटीखोला र बहुलाखोलामा सिंचाई डिभिजन कार्यालयमार्फत तटबन्धको कार्य भईरहेको र आगामी वर्षमा सबै ठाउँमा तटबन्ध गर्ने लक्ष्य लिइएको छ ।
२०. प्रदेश सरकारको सहयोगमा श्रीमणि मार्गमा कल्भर्टहरू निर्माण भईरहेका र मनमोहन चक्रपथको ट्रयाक खोली ग्रावेल गर्ने कार्य अन्तिम चरणमा रहेको छ ।
२१. बबई गाउँपालिका वडा नं. ५ को हुरूम जलुके झोलुंगे पुलको ठेक्का टेण्डर भई कार्य सम्झौता भई ६० प्रतिशत कार्य सम्पन्न भईसकेको छ ।
२२. बबई गाउँपालिकाका सम्पूर्ण वडाहरूमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता पूर्णरूपमा अनलाईनबाट दर्ता भई सञ्चालनमा आएको छ ।
२३. बबई गाउँपालिकामा स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्र स्थापना भई सञ्चालनमा आएको छ ।
२५. बबई गाउँपालिकामा खानेपानी, सरसफाई तथा स्वच्छता समिति गठन भई गाउँपालिकाको WASH PLAN निर्माणको कार्य अन्तिम चरणमा रहेको छ ।
२४. बबई गाउँपालिकामा रहेका गरिब घरपरिवार पहिचान गरी सो को तथ्यांक संकलन गर्ने कार्य भईरहेको छ ।
२५. हिंसापीडित महिला तथा बालबालिकालाई अल्पकालिन आश्रयका लागि सेफ हाउस सञ्चालनमा ल्याईएको छ ।

गाउँसभाका सदस्यहरू,

२६. कोरोनाभाइरस महामारीका कारण मुलुकको अवस्था अत्यन्त असहज र बन्दाबन्दीका कारण जनजीवन प्रभावित भईरहेका बेला विदेशबाट रोजगारी गुमाई फर्किएका नागरिकहरूको रोजगारी सिर्जना र कारोना महामारी रोकथाम र नियन्त्रण का लागि अत्यन्त धेरै काम गर्नुपर्ने अवस्था भएकाले आगामी आ.व. ०७७/०७८ मा कृषि, पशुपालन र स्वास्थ्य क्षेत्र गाउँपालिकाको प्राथमिकतामा रहेको छ ।
२७. कृषिको आधुनिकीकरण, व्यावसायीकरण र यान्त्रीकरण गरी कृषिजन्य उद्योगमार्फत विकासको आधार तयार गर्न आधुनिक कृषि प्रणालीको अबलम्बन र कृषिजन्य उद्योगलाई प्रोत्साहित गरिनेछ । कृषिको यान्त्रीकरणका लागि कृषि उपकरण खरिद गर्न निश्चित प्रतिशत नगद अनुदान उपलब्ध गराउने नीति लिइनेछ ।
२८. ‘एक वडा एक उत्पादन’ को नीतिलाई प्राथमिकता दिई आवश्यक व्यवस्था मिलाइनेछ ।
२९. कृषि उपजहरूको उत्पादन, प्रशोधन र भण्डारणमा सहयोग पु¥याउन ग्रीन हाउस, भण्डार गृह र साना सिंचाई संरचनाहरू निर्माण गरिनेछ ।
३०. कोभिड १९ को महामारीबाट प्रभावित कृषकहरूको जीविकोपार्जन सुधार, विदेशबाट रोजगारी गुमाई फर्किएका युवाहरूलाई कृषिमा रोजगारी प्रदान गर्न एवं उत्पादन बृद्धिका लागि विशेष कार्यक्रम ल्याइनेछ ।
३१. किसानलाई कृषि पेशाामा आत्मनिर्भर गराउन र कृषि उत्पादकत्व बृद्धिका लागि आधुनिक कृषि औजारहरूको व्यवस्था गरिने छ । साथै कृषि उत्पादनलाई बजारसम्म पु¥याउनका लागि कृषि बजारको व्यवस्था गरिनेछ ।
३२. गाउँपालिकाभित्र कृषिसँग सम्बन्धित उद्योगहरू स्थापना प्रदेश सरकार र केन्द्र सरकारको सहकार्यमा गरिनेछ ।
३३. पशुपालन व्यवसाय गरी दूध उत्पादन गरी जीविकोपार्जन गर्ने किसानहरूको दूध र दूग्धजन्य पदार्थलाई बजारसम्मको पहुँच वृद्धि गर्ने नीति लिइने छ । जसका लागि गाउँपालिकाले दूध चिस्यान केन्द्रहरूको स्थापना गर्ने कार्यक्रम ल्याइने छ ।
३४. कृषिमा आत्मनिर्भर नेपाल नागरिक निर्माणका लागि भैसीपालन, बाख्रापालन, बंगुरपालन, कुखुरापालन, मौरीपालन र फलफूल खेती कार्यलाई प्रोत्साहित गरिने कार्यक्रम सञ्चालन गरिनेछ । साथै धान, मकै र गँहु उत्पादन बृद्धिका कार्यक्रम सञ्चालन गरिनेछ ।
३५. वडा नं. १ लाई बेसार उत्पादन, वडा नं. २ लाई मौरीपालन, वडा नं. ३ लाई बाख्रापालन, वडा नं. ४ लाई दूध तथा मासु, वडा नं. ५ लाई बाख्रापालन, वडा नं. ६ लाई फलफूल खेती, वडा नं. ७ लाई तरकारी खेतीको पकेट क्षेत्र बनाइनेछ ।
३६. कृषकहरूको उत्पादनलाई बजारीकरण गर्नका लागि ‘पालिका कोसेली घर’ (प्रदर्शनी तथा बिक्री कक्ष) सञ्चालनमा ल्याइनेछ ।
३७. बबई गाउँपलिकामा पशुपालक कृषकहरूलाई प्रोत्साहन गर्नका लागि ‘पशु पोषण कार्यक्रम’ सञ्चालन गरिनेछ ।
३८. पशु स्वास्थ्य विकासको लागि यस गाउँपालिकामा रहेका पशुपंक्षीको ओसारपसार हुने, रोग प्रकोपको सम्भावना भएका मुख्य सडक तथा आसपासका क्षेत्रमा निशुल्क रूपमा पीपीआर, भ्यागुते, चरचरे, खोरेत स्वाइनफिवर र रेविज खोपको व्यवस्था गरिनेछ ।
३९. पशुपालनलाई उत्पादनमुखी बनाउन नश्ल सुधार कार्यक्रम गाई, भैंसी, बाख्रामा सबै क्षेत्रमा सुरूवात गरिनेछ ।
४०. पशुपालनलाई व्यावसायी–करणमा प्रोत्साहन गर्न नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट दिइने अनुदानमा स्थानीय तहमा उद्योगमा दर्ता भएकालाई प्राथमिकता दिइनेछ ।
४१. पशु बीमा कार्यक्रमलाई अनिवार्य रूपमा सबै पशुपंक्षी फार्ममा लागू गर्न प्रेरित गरिनेछ ।
४२. सामुदायिक वन, सार्वजनिक जग्गा, सडक दायाँ बायाँ पोषणयुक्त डालेघाँस, बर्षे, बहुबर्षिय भँुइघाँस तथा हेजेरो प्रविधिको विकास गरिनेछ ।
४३. सबै ग्रामीणस्तरका कृषकलाई पशु स्वास्थ्यको पहँुचमा पु¥याउन सबै वडामा निःशुल्क पशु सेवा शिविर सञ्चालन गरिनेछ ।
४४. जुनोसिस रोगबारे विद्यालय शिक्षा कार्यक्रमलाई शिक्षा शाखाको समन्वयमा सबै विद्यालयहरूमा सञ्चालन गरिनेछ ।

गाउँसभाका सदस्यहरू,

४५. पुरन्धारा झरनादेखि गंगटे सडक, मनमोहन चक्रपथ, पुष्पलाल मार्ग, गंगालाल मार्ग, श्रीमणि मार्ग, हापुरे पातिहाल्ना सडक, ज्वाला मार्ग, बबई मार्गलगायतका सडकहरू संघीय सरकार, प्रदेश सरकारसँगको समन्वय र सम्भव भएसम्म गाउँपालिकाको आफ्नै स्रोतबाट स्तरोन्नती गरिनेछ ।
४६. धार्मिक तथा पर्यटकीय स्थलसम्म पुग्ने सडकहरू स्तरेन्नती गरी आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गरिने छ ।
४७. ट्रयाक खोलि सकिएका सम्पूर्ण सडकहरूको नाला निर्माण तथा ग्राभेल गर्ने कार्यलाई प्राथमिकता दिइने छ ।
४८. सडकका खाल्डाखुल्डी पुर्ने र वर्षात्को पानी कटाई सडकको दिगोपन ल्याउन प्राथमिकता प्राप्त सडक आयोजनाहरूको नियमित मर्मत सम्भारको व्यवस्था मिलाईनेछ ।
४९. बबई गाउँपालिकादेखि नेपालगंज बाँके जोड्ने सडक र हापुरेदेखि धागेछहरा हुँदै सल्यान जोड्ने सडक निर्माणका लागि प्रदेश तथा संघीय सरकारसँग समन्वय गरिनेछ । साथै मलई जलजला सडकलाई पुरन्धारा झरनासँग जोडिनेछ ।
५०. यस गाउँपालिकालाई पूर्ण सरसफाईयुक्त गाउँपालिका घोषणा गर्न आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ ।
५१. आगामी दुई वर्षभित्र बबई गाउँपालिकाका सम्पूर्ण घरहरूमा शुद्ध खानेपानीको ब्यवस्था गर्न ‘एक घर एक धारा’ को नीति अबलम्बन गरिनेछ ।
५२. हाल सञ्चालन भैरहेका खानेपानीका आयोजनाहरूको मुहान तथा ट्याङ्कीको जाँच गरी शुद्ध पिउने पानीको ब्यवस्थापन मिलाइनेछ ।
५३. वडा नं. १ र ७ का शुद्ध पिउने पानीको पहुँचबाट टाढा रहेका बस्तीहरूमा सम्भाब्यता अध्ययन गरी शुद्ध खानेपानीको ब्यवस्था मिलाइनेछ ।
५४. गाउँपालिकाका विभिन्न स्थानहरूबाट सङ्कलन गरिने फोहरमैलाको उचित ब्यबस्थापन गर्न डम्पिङ साइटको व्यवस्थापनको कार्य अगाडी बढाइने छ ।
५५. गाउँपालिकाका विभिन्न स्थानहरूमा कम्तीमा १५ किमी नहरहरू निर्माण गरी सिंचाईलाई थप व्यवस्थित गराइने छ ।
५६. मझ्यौला सिंचाई प्रणालीमा पानीको थप श्रोत बढोत्तरीको लागि श्रोतहरूको समेत अधिकतम उपयोग गरिनेछ । पानीको मूल, पोखरी र तालतलैयाको संरक्षण तथा सुदृढीकरण गरी सिंचाइका लागि उपयोग गरिनेछ ।
५७. गाउँपालिकाको सिंचाई गुरूयोजना तयार गरी सिंचाई प्रवद्र्धन गरिनेछ । स्रोत साधन, जनशक्ति र प्रविधि सुहाउँदो हुने गरी बहुउद्देश्यीय जलाशयको कार्यक्रम शुरू गरिनेछ । पुराना पोखरी र तालको संरक्षणका लागि कार्यक्रम गरिनेछ ।
५८. गाउँपालिकाभित्र रहेका सिंचाईका डिप बोरिङहरूलाई सञ्चालनमा ल्याउन उपभोक्ता–हरूलाई प्रोत्साहित गरिनेछ ।

गाउँ सभाका सदस्यहरू,

५९. सबै बालबालिकालाई आधारभूत तहसम्म अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षा प्रदान गर्ने संवैधानिक ब्यवस्थालाई पूर्णरूपले कार्यान्वयन गरिनेछ । यसका लागि विद्यार्थीबाट कुनै पनि शुल्क नलिने शर्तमा तहगत रूपमा सबै विद्यालयहरूलाई ब्यवस्थापन अनुदान उपलब्ध गराइनेछ ।
६०. विद्यालयमा आधारित ३४ वटा बालविकास केन्द्रहरूलाई बालबालिकाको बसाई ब्यवस्थापन, खेलकुद सामग्री तथा मनोरञ्जनका लागि सामग्री ब्यवस्थापन गर्न प्रति विद्यार्थी लागत अनुदान उपलव्ध गराइनेछ र सहजकर्ताहरूको लागि पुनर्ताजकी तालिमको व्यवस्था गरिनेछ ।
६१. आधारभूत छात्रा छात्रवृत्ति, दलित छात्रवृत्ति, अपाङ्ग छात्रवृत्ति र मुक्त कम्लहरीलगायतका गैर आवासीय छात्रवृत्तिबाट कुनैपनि बालबालिका बञ्चित नहुने अवस्था सिर्जना गरिनेछ ।
६२. अभिभावकविहीन असहाय तथा विपन्न छात्र÷छात्राका लागि पोषाक तथा स्टेशनरीको ब्यवस्था गरिनेछ ।
६३. गाउँपालिकास्तरीय प्रअहरूको बैठक नियमित रूपमा बस्ने ब्यवस्था गरिनेछ । प्रअ, प्रावि इन्चार्ज, क्ःऋ र एत्ब् पदाधिकारी तथा विषयगत शिक्षकहरूको क्षमता विकासका लागि कार्यशाला सञ्चालन गरिनेछ ।
६४. बबई गाउँपालिका शिक्षा शाखाबाट प्रकाशन गर्दै आएको अर्धवार्षिक बबई शैक्षिक बुलेटिन, शैक्षिक क्यालेन्डर निर्माण तथा शैक्षिक योजना निर्माण गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
६५. कक्षा ८ को परीक्षालाई स्तरीय र विश्वसनीय बनाउन प्रश्नपत्र निर्माण सम्बन्धी कार्यशाला सञ्चालन गरिनेछ ।
६६. विद्यालय एवं कक्षाकोठाको मर्मत, रङरोगन तथा सम्भार गरिनेछ ।
६७. शिक्षक तथा विद्यार्थीको मूल्यांकनका सूचक निर्धारण गरी कम्तिमा ३ जना उत्कृष्ट शिक्षक र ३ जना जेहेन्दार विद्यार्थीहरूलाई पुरस्कार र सम्मानको व्यबस्था गरिनेछ ।
६८. विव्यस÷शिअ संघका पदाधिकारीहरूका लागि विद्यालय सुधार योजना, सामाजिक परीक्षण तथा समयावधी सुधारसम्बन्धी क्षमता विकास कार्यशाला सञ्चालन गरिनेछ ।
६९. विद्यार्थी भर्ना अभियान, बालदिवस, शिक्षा दिवसजस्ता दिवसहरूलाई बिदाको रूपमा नभई पर्व र उत्सवका रूपमा मनाउने ब्यवस्था गरिनेछ ।
७०. हरित विद्यालय बनाउन सफल हुने विद्यालयलाई प्रोत्साहन अनुदान दिइनेछ ।
७१. तहगत रूपमा अंग्रेजी, गणित र विज्ञान विषयलाई प्राथमिकता दिई शिक्षकको मागमा आधारित विषयगत तालिम सञ्चालन गरिनेछ ।
७२. प्रारम्भिक कक्षाका विद्यार्थीहरूको स्तर मापन परीक्षणलाई निरन्तरता दिदै विश्वसनीय र मापनीय बनाइनेछ भ्न्च्ए सम्बन्धी कार्यक्रम सञ्चालन गर्न सम्बन्धित निकायसँग समन्वय गरिनेछ ।
७३. गाउँपालिकाभित्रका सबै आवि–हरूलाई शिक्षण सामग्री ब्यवस्थापन गर्न अनुदान उपलब्ध गराइनेछ ।
७४. सबै माविलाई पुस्तकालय, आइसिटी ल्याव र विज्ञान प्रयोगशाला पु¥याउने कार्यलाई निरन्तरता दिइनेछ ।
७५. समयमा नै पाठ्यपुस्तकको ब्यवस्था गरिनेछ । कुनै पनि बालबालिका पाठ्यपुस्तक पाउनबाट वञ्चित नहुने अवस्था सिर्जना गरिनेछ ।
७६. विद्यालयको पूर्वाधार, विकास र पुनर्संरचना गर्ने कार्यलाई सम्बन्धित निकायको सहयोगमा निरन्तरता दिइनेछ ।
७७. जनकल्याण मावि पदमपुरको प्राविधिक तथा ब्यवसायिक धारलाई कक्षा ९–१२ सम्म सञ्चालन गर्न योजना बनाइनेछ र उक्त विद्यालयमा मानविकी तथा ब्यवस्थापन संकायको कक्षा ११–१२ सञ्चालनमा सहयोग गरिनेछ ।
७८. जनता मावि हंसपुर र सरस्वती मावि चरकमटियालाई क्रमशः नमुना विद्यालयको रूपमा विकास गरिनेछ ।
७९. सरस्वती जनता मावि गंगटेलाई आवासीय विद्यालयको रूपमा सञ्चालन गर्न पूर्वाधार निर्माण गरिनेछ ।
८०. गाउँ शिक्षा गुरूयोजना तयार गरी शिक्षा क्षेत्रलाई व्यवस्थित गरिनेछ ।
८१. सामुदायीक र निजी विद्यालयबीचको शैक्षिकस्तरमा विद्यमान फरक घटाउँदै लैजान र शिक्षाको गुणस्तर अभिवृद्धि गर्न सामुदायिक विद्यालयमा पूर्वाधार, विकास, नविन प्रविधिको प्रयोग र शैक्षिक मापदण्डमा सुधार गरिनेछ । संस्थागत विद्यालयले लिने शुल्क तथा पाठ्यक्रम पाठ्यपुस्तकसम्बन्धी अनुगमन नियमन गरिनेछ ।
८२. दिवा खाजा कार्यक्रमलाई प्रभावकारी बनाउन तोकिएको मापदण्डका आधारमा विद्यालयमै गुणस्तरयुक्त खाजा खुवाउने व्यवस्था गरिनेछ ।
८३. विद्यालयलाई उपलब्ध गराउँदै आएको पाठ्यपुस्तक, छात्रवृत्ति, दिवा खाजा, बुक कर्नर, निरन्तर विद्यार्थी मूल्यांकन लगायतका प्रति विद्यार्थी लागत अनुदानलाई विद्यार्थी अभिलेखका आधारमा समयमा नै उपलब्ध गराइनेछ ।
८४. सामुदायिक विद्यालयहरूको गुणस्तर सुधारका लागि आवश्यक कार्य गरिनेछ । उत्कृष्ट सामुदायिक विद्यालयलाई पुरस्कृत गरिनेछ ।
८५. पच्चीस वर्षभन्दा बढी स्थायी सेवा गरेका शिक्षकहरूलाई दीर्घसेवा पदकद्वारा सम्मान गरिनेछ ।
८६. छात्राहरूलाई महिनावारी हुँदा कक्षा छाड्न, विद्यालयमा अनुपस्थित हुने प्रवृत्तिलाई निरूत्साहित गर्न र छात्रा उपस्थिति दर बढाउन गाउँपालिकाद्वारा सेनेटरी प्याड वितरण सम्बन्धी आवश्यक व्यवस्था मिलाइने छ र सबै मावि तथा आविहरूमा किशोरीहरूका लागि किशोरीमैत्री कार्यक्रम सञ्चालन गरिनेछ ।
८७. कोभिड–१९ उन्मुलन नहुँदासम्म विद्यालयमा शिक्षक–विद्यार्थीबीचको भौतिक दूरी कायम गरी पठनपाठनको व्यवस्था गरिनेछ र विद्यालयमा प्रवेश गर्दा विद्यालय परिवारले साबुन पानीले हात धुने, सेनिटाईजरको प्रयोग गर्ने र माक्सको प्रयोग गर्ने प्रयोजनको लागि आवश्यक सहयोग गरिनेछ ।
८८. उक्त कोरोना महामारी उन्मुलन नहुँदासम्म विद्यार्थी धेरै भएका विद्यालयहरूमा १÷१ जना स्वास्थ्यकर्मीहरूलाई नियमित रूपले विद्यालयमै हाजिर भई सहयोग गर्न व्यवस्था मिलाईने छ । जोखिम तथा विपत्तिको समयमा शिक्षा प्रणालीलाई समय सापेक्ष सञ्चालन गर्ने नीति लिईनेछ ।
८९. सवै विद्यालयमा स्वच्छ पिउने पानीको व्यवस्थाका लागि पहिलो चरणमा सबै माविहरूमा स्वच्छ फिल्टरद्वारा पिउने पानीको व्यवस्था गरिनेछ ।
९०. विद्यालयमा प्रदान गरिएका शैक्षिक कार्यक्रम र कक्षाकोठामा हुने शिक्षण क्रियाकलापको निरन्तर रूपमा अनुगमन, मूल्यांकन एवं प्रक्षेपण गरी अर्धवार्षिक रूपमा सार्वजनिक गरिनेछ ।
९१. सामुदायिक विद्यालयमा अध्ययन गर्ने निम्न वर्गका विद्यार्थीहरूलाई पोशाक, किताव, कापी, कलम निशुल्क उपलव्ध गराईने व्यवस्था मिलाईनेछ ।
९२. सामुदायिक विद्यालयहरूको सुदृढीकरण गरिनेछ । जसका लागि विद्यार्थी शिक्षक अनुपातका आधारमा विद्यालयको कक्षा घटाउने तथा अनावश्यक देखिएका विद्यालय–हरूलाई मर्ज गरिनेछ ।
९३. वैदेशिक रोजगारीमा गएका र वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरू तथा गाउँपालिकाभित्रका डिप्रेशन, एंग्जाईटी लगायतका मानिसहरूलाई परामर्श प्रदान गरि उनीहरूलाई सहयोग गर्नका लागि मनोसामाजिक परामर्शकर्ताको व्यवस्था गरिनेछ ।
९४. जनकल्यााण मावि पदमपुरको कृषि विषयको अभ्यास कक्षाका लागि आवश्यक सहयोग गरिनेछ ।

गाउँसभाका सदस्यहरू,

९५. युवा शक्ति देशको राजनैतिक, आर्थिक र सामाजिक परिवर्तनको संवाहक हो । यो मानव संसाधन विकासको प्रमुख साधन र देश विकासको प्रमुख आधार स्तम्भ होे ।
राष्ट्रिय विकासमा युवा सहभागिता अभिबृद्धि गर्दै राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारहरूको पूर्ण उपयोगको वातावरण सिर्जना गर्ने, युवाको सशक्तिकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रमा विशेष अवसर प्रदान गर्दै व्यक्तित्व विकास गर्ने तथा राज्यको सर्वाङ्गिण विकासमा योगदानका लागि उपयुक्त अवसर प्रदान गर्न बबई गाउँपालिकामा बबई युवा परिषद्को व्यवस्था गरी आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ ।
९६. निर्माणाधिन खेल मैदानहरूको स्तरोन्नती गर्ने कार्यलाई निरन्तरता दिइने छ ।
९७. बाल क्लव, इको क्लवले विद्यालयमा गरेका उत्कृष्ट कामका आधारमा ती क्लवलाई पुरस्कृत गरिनेछ ।
९८. ‘हाम्रो बबई उज्यालो बबई’ को नीतिलाई सार्थकता प्रदान गर्न आगामी दुई वर्षभित्र बबई गाउँपालिकाका सबै वस्तीरूमा विद्युत सेवा उपलब्ध गराइने छ ।
९९. पुराना तथा जोखिमपूर्ण काठका विद्युतीय पोलहरूलाई विस्थापित गर्दै पिएससी पोलको स्थापित गरिनेछ ।
१००. सामाजिक सुरक्षा भत्ता अनिवार्य बैंकिङ प्रणालीमार्फत वितरण गरिनेछ ।
१०१. सूचना तथा सञ्चार क्षेत्रको प्रवद्र्धन र विकासका लागी स्थानीय एफएम रेडियो, पत्रपत्रिकाहरूलाई प्रोत्साहनका कार्यक्रमहरू सञ्चालन गरिनेछ । साथै पत्रकारिता तालिम सञ्चालन गरिनेछ । 
१०२. नेपाल टेलिकमको सञ्चार सेवाबाट बञ्चित रहेका वडा नं. १ र ७ का जनतालाई लाभान्वित हुने गरी वडा नं. १ को सिम्लेमा नेपाल टेलिकमको टावर स्थापना गर्न आवश्यक पहल गरिनेछ ।
१०३. पञ्चकुले, हापुरे र हंसपुर क्षेत्रमा नेपाल टेलिकमको ल्याण्डलाईन सेवा विस्तार गर्न आवश्यक पहल गरिनेछ ।
१०४. बबई गाउँपालिकाका कर्मचारी तथा शिक्षकहरूका लागि कम्प्युटर तालिम तथा IEMIS सम्बन्धी तालिम सञ्चालन गरिनेछ ।
१०५. पञ्जिकरणतर्फका पुराना व्यक्तिगत घटनाका दर्ता किताब डिजिटाइज गरी तत्पश्चात हुने व्यक्तिगत घटना दर्ता पूर्णरूपमा अनलाईन प्रणालीमार्फत गराईनेछ ।
१०६. सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्तामा नागरिकको सहज पहुँच पु¥याउन तथा शतप्रतिशत घटना दर्ता गराउन सूचना सञ्चार तथा पहुँच अभियान अन्तर्गत दर्ता शिविर सञ्चालन गरिनेछ ।
१०७. बबई गाउँपालिकामा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको तथ्यांक संकलन गरी सुकुम्बासी समस्या समाधान गर्न राष्ट्रिय सुकुम्बासी समस्या समाधान आयोगसँग समन्वय गरी लालपूर्जा वितरण कार्यलाई अगाडी बढाईनेछ ।

गाउँ सभाका सदस्यहरू,

१०८. बबई गाउँपालिका वडा नं. ३ हंसपुरमा १५ शैंया क्षमता भएको बबई गाउँपालिकास्तरीय अस्पताल स्थापना गर्न आवश्यक प्रक्रिया अगाडि बढाइनेछ ।
१०९. स्वास्थ्यमा सबैको पहँुचका लागि ‘एक वडा एक आधारभूत स्वास्थ्य सेवा केन्द्र’को सबलीकरण गरिनेछ ।
११०.गाउँपालिकाका सबै वडाहरूलाई पूर्ण खोप घोषणाका कार्यक्रम गरी गाउँपालिकालाई यथाशिघ्र पूर्णखोप गाउँपालिका घोषणा गरिने छ ।
१११. पंचकुले स्वास्थ्य चौकीमा स्वास्थ्य प्रयोगशाला स्थापना गरिनेछ ।
११२. ज्येष्ठ नागरिकका लागि गाउँपालिकास्तरीय आँखा स्वास्थ्य शिविर कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
११३. महिला स्वास्थ्य स्वयम्सेविकाहरूलाई समुदायस्तरमा स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने कार्यमा संलग्न भैरहन थप प्रोत्साहित गरिनेछ ।
११४. संघीय सरकारबाट प्राप्त सशर्त कार्यक्रम र बजेटसँग तालमेल हुने गरी स्वास्थ्यका कार्यक्रमहरूलाई प्रभावकारी बनाउन थप बजेटको ब्यवस्था गरिनेछ ।
११५. गाउँपालिकाबाट सञ्चालित सामुदायिक स्वास्थ्य इकाईहरू र स्वास्थ्य चौकीहरूबाट प्रदान गरिदै आएका स्वास्थ्य सेवाहरूलाई थप गुणस्तरीय बनाउन र औषधि उपकरणको अभाव हुन नदिन बजेट विनियोजन गरिनेछ ।
साथै गाउँपालिकाभित्र बसोबास गर्ने गरिव, सिमान्तकृत तथा पछाडि परेका समुदाय भएका क्षेत्रहरूमा आवश्यकताका आधारमा स्वास्थ्य सेवाको विस्तार गर्दै लगिनेछ ।
११६. गाउँपालिकास्तरको महामारी, रोग नियन्त्रण तथा विपद् व्यवस्थापन आकस्मिक योजना बनाई कार्यान्वयन गरिने छ ।
११७. कोरोनाभाइरस रोगकोे संक्रमण रोकथाम, उपचार र नियन्त्रणका लागि प्रदेश र संघीय सरकारसँग समन्यव गरी मापदण्ड अनुसारको ब्यवस्थापन गरिनेछ साथै सो को लागि आवश्यक बजेट विनियोजन गरिनेछ ।
११८. कोरोनाभाइरसको रोकथाममा प्रत्यक्ष खटिने कर्मचारीको मनोबल उच्च राख्न तलबको शतप्रतिशत भत्ता र बिमाको लागि बजेट बिनियोजन गरिनेछ ।
११९. विशेषगरी थारू समुदायमा देखिने सिकलसेल एनिमियाका बिरामीहरूको उपचारको प्रवन्ध र यस सम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
१२०. बबई गाउँपालिकाका स्वास्थ्य संस्थामा सुत्केरी हुने दर बढाइ मातृ तथा नवशिशु स्वास्थ्य र पोषण स्थितिमा सुधार ल्याउन सुत्केरी गराउन आउने आमाहरूलाई ‘सुत्केरी पोषण कार्यक्रम’ सञ्चालन गरिनेछ । उक्त कार्यक्रमअन्तर्गत नेपाल सरकारले उपलब्ध गराउने रकममा दुई हजार थप गरी उपलब्ध गराईनेछ ।
१२१. महिला स्वास्थ्य स्वयम्–सेविकाको सेवालाई थप प्रभावकारी बनाउन प्रोत्साहन स्वरूप मासिक खाजा खर्चको ब्यवस्था गरिनेछ ।
१२२. स्वास्थ्य संस्था सञ्चालन तथा ब्यवस्थापन समितिका कार्यहरू थप प्रभावकारी बजेट व्यवस्था गर्नुका साथै स्वास्थ्य संस्थाको नियमित अनुगमन गरी स्वास्थ्यकर्मीको मनोवल बढाउने र शुसासन कायम गर्ने कार्यलाई प्राथमिकता दिइनेछ ।
१२३. उच्च रक्तचाप, क्यान्सर, मधुमेह, दम, कलेजो, मृगौला लगायतका नसर्ने रोगको पहिचान परीक्षण र उपचारका कार्यक्रमहरू प्रदेश तथा संघीय सरकारसँग समन्वय गरी थप प्रभावकारी बनाइनेछ ।
१२४. स्वास्थ्य सूचना प्रणाली तथा आपूर्ति ब्यवस्थापनलाई थप ब्यवस्थित गर्न सम्पूर्ण स्वास्थ्य संस्थाहरूबाटै अनलाइन माध्यमबाट प्रतिवेदन प्रविष्ट गर्ने ब्यवस्था मिलाइनुका साथै समीक्षा प्रणालीलाई थप ब्यवस्थित बनाइनेछ ।
१२५. पालिका क्षेत्रबाट निस्कने फोहरको उचित ब्यवस्थापन गरी वातावरणीय प्रदूषण कम गर्नुका साथै सरूवा रोगको नियन्त्रण गर्ने कार्यलाई समेत प्राथमिकता दिइनेछ ।
१२६. कोरोना महामारी रोकथाम तथा नियन्त्रण कार्यलाई थप प्रभावकारी बनाइनेछ । साथै कोरोना रोकथाम र नियन्त्रणका लागि प्रकोप व्यवस्थापन कोषमा आवश्यक रकम विनियोजन गरिनेछ ।

गाउँसभाका सदस्यहरू,

१२७. हापुरेलाई स्वच्छ तथा सफा राख्न ब्यवस्थित ढल निर्माण गरी हरित शहरको रूपमा विकास गरिनेछ । साथै हापुरेमा ब्यवस्थित बसपार्क निर्माण गरिनेछ ।
१२८. राष्ट्रिय भवन संहिताको पूर्णरूपमा पालना गर्दै गाउँपालिकाभित्र बनिसकेका घरहरूको अभिलेखीकरण र नयाँ बन्ने घरहरूको नक्सापास कार्यलाई अभियानका रूपमा सञ्चालन गरिनेछ ।
१२९. नयाँ निर्माण हुने तथा पुनर्निर्माण हुने सरकारी भवन, सार्वजनिक स्थल, सडक यातायात लगायतका पूर्वाधार संरचना अपाङ्गमैत्री बनाउन प्रेरित गरिनेछ ।
१३०. बबई गाउँपालिकाका सडकहरूको अधिकार क्षेत्र तोकी कार्यान्वयनमा ल्याईनेछ ।
१३१. गाउँपालिकाभित्र भवन निर्माण गर्दा राष्ट्रिय भवन संहिता र भवन निर्माण मापदण्डको प्रभावकारी कार्यान्वयन तथा नियमन गरी प्रकोप प्रतिरोधी, सुरक्षित र किफायती भवनहरूको निर्माण गर्ने नीति लिईनेछ ।
१३२. ‘हरियो वन, बबईको धन’ भन्ने मूल नारालाई मध्यनजर राखी स्वच्छ, सुन्दर र हरियाली गाउँपालिका बनाउन ग्रीन पार्क निर्माण, वृक्षारोपण तथा संरक्षणमा अभियानको नीति अवलम्वन गरिनेछ ।
१३३. वन तथा वातावरण संरक्षण गर्न जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलन कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
१३४. बबई गाउँपालिकाभित्रका नाङ्गा जमिन तथा डाँडामा वृक्षारोपण कार्यक्रम सञ्चालन गरिनेछ ।
१३५. विरूवा उत्पादन गर्न सवडिभिजन वन कार्यालय हापुरेको परिसरमा रहेको नर्सरी ब्यबस्थित गरिनेछ ।
१३६. बबई गाउँपालिकाभित्र रहेका सिमसार क्षेत्रहरूको पहिचान गरी संरक्षणका कार्यक्रम सञ्चालन गरिनेछ ।
१३७. खुला स्थानहरूको संरक्षण र विकास गर्दै कम्तीमा ‘एक वडा एक पार्क’ को कार्यक्रम लागू गरिनेछ । सार्वजनिक जग्गाको अतिक्रमण रोकिनेछ ।
१३८. ‘एक व्यक्ति एक फलफुल विरूवा रोपण अभियान’लाई तिब्रताका साथ कार्यान्वयन गरिनेछ ।
१३९. सामुदायिक वनहरूसँगको सहकार्यमा आयमूलक कार्यक्रम सञ्चालन गरिनेछ । साथै सामुदायिक वनमा रहेको स्रोत साधनलाईसमेत परिचालन गरि सामुदायिक वन र गाउँपालिकाको साझेदारीमा विकास निर्माणका योजनाहरू सञ्चालन गरिनेछ ।
१४०. पुरन्धारा झरना र धागे छहरालाई मुख्य पर्यटकीयस्थलको रूपमा विकास गरिनेछ । पुरन्धारा झरना क्षेत्रमा बबई बाटिका निर्माण गरिनेछ ।
उक्त क्षेत्रहरूमा पर्यटकहरूको लागि विश्राम स्थलहरूको विकास गरिनेछ । वडा नं. ७ मा रहेको रातपैरे, वडा नं. ६ मा रहेको चिसापानी मन्दिर र वडा नं. ३ मा रहेको गौरीशंकर शिवालय मन्दिरलाई समेत प्रमुख पर्यटकीय स्थलको रूपमा विकास गरिनेछ ।

गाउँसभाका सदस्यहरू,

१४१. परम्परागत रूपमा चलिआएका सोरठी नाच, लठ्ठी नाच, घाटु नाच, थारू नाच, पञ्चेबाजा तथा मौलिक धर्म र संस्कृतिलाई संरक्षण गरिनेछ ।
१४२. दलित समुदायको परम्परागत सिप, कला तथा संस्कृति झल्किने गरी यस गाउँपालिकामा दलित संग्राहलय स्थापना गरिनेछ ।
१४३. आदिवासी जनजातिहरूको कला तथा संस्कृति जर्गेना गर्न सिपमूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
१४४. पर्यटकीयस्थलमा शुरू गरिएको पूर्वाधार विकास कार्यलाई विस्तार गरिनेछ । पर्यटन क्षेत्रको विकासका लागि आवश्यक होटल, रिसोर्ट, मनोरञ्जन तथा विश्रामस्थल निर्माणलाई प्राथमिकता दिइनेछ । उपयुक्त स्थानमा होमस्टे सञ्चालनका लागि प्रोत्साहन गर्ने नीति लिइनेछ ।
१४५. ऐतिहासिक, धार्मिक र प्राकृतिक क्षेत्रमा पद मार्गको विस्तृत अध्ययन गरी सम्भावित स्थानमा पदमार्ग विकास गरिनेछ ।
१४६. विभिन्न धर्ममा आस्था राख्ने समुदायका मागलाई आवश्यकता अनुसार सम्बोधन गरिनेछ ।
१४७. घरेलु हिंसाको प्रमुख कारकको रूपमा मानिने घरेलु मदिराको उत्पादन र बिक्री वितरणलाई निरूत्साहित गर्न अवैध मदिरा नष्ट गर्ने अभियान सञ्चालन गरिनेछ ।
१४८. महिला, दलित, जनजाति र अपाङ्गहरूका लागि रोजगारमूलक, सिपमूलक, उद्यमशील तालिमहरू सञ्चालन गरिनेछ ।
१४९. कुमाल, बोटे, राजी, खुनाजस्ता लोपोन्मुख जातिको उत्थानका लागि विशेष कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
१५०. महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित लगायतलाई विभिन्न दिवसीय कार्यक्रमहरू सञ्चालन गर्न प्रोत्साहित गरिनेछ ।
१५१. विगतमा अवसरको समान उपभोग गर्नबाट बञ्चित दलितलगायत अन्य पिछडिएका समुदायले अपनाई आएको परम्परागत पेशालाई आधुनिकीकरण गरी उनीहरूको रोजगारी, आयआर्जन तथा जीवनयापनमा सुधार ल्याउन विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
१५२. उपाध्यक्षसँग दम्पत्ति सम्बन्ध सुधार तथा परिवार व्यवस्थापन कार्यक्रम सञ्चालन गरिनेछ ।
१५३. ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सञ्चालन गरिनेछ ।
१५४. अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूको क्षमताअनुसार आयआर्जनमा संलग्न गराईनेछ ।
१५५. जेष्ठ नागरिकहरूलाई लक्षित गरी दिवा सेवा केन्द्र र वृद्धाश्रम सञ्चालन गरिनेछ ।
१५६. बालविवाह, बहुविवाहलाई न्यूनीकरण गर्न विद्यालयस्तरदेखि वडा टोलस्तरमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
१५७. घरेलु हिंसामुक्त गाउँपालिका निर्माणको अभियान सञ्चालन गरिनेछ । घरेलु हिंसाविरूद्ध क्रियाशील संघसंस्था र समूहहरूलाई प्रोत्साहित गरिनेछ । घरेलु हिंसापीडित परामर्श, उद्वार र पुनस्र्थापना केन्द्र सञ्चालनको कार्यलाई निरन्तरता दिइनेछ ।
१५८. विपद्बाट हुने जोखिमहरूको न्यूनीकरण तथा ब्यवस्थापन गर्न पूर्वतयारी तथा प्रतिकार्य तालिम सञ्चालन गरिनेछ ।
१५९. बाढी, पहिरो, आगलागी, भूक्षय, चट्याङजस्ता प्राकृतिक प्रकोपमा परेका नागरिकलाई उचित क्षतिपूर्र्ति तथा राहतको ब्यवस्था गरिनेछ ।
१६०. विपद् न्यूनीकरण तथा व्यवस्थापनका लागि विपद् व्यवस्थापन सामग्रीको उचित भण्डारण र आपूर्तिको व्यवस्था मिलाइने छ । विपद् जोखिम न्यूनीकरणका लागि विद्यालय एवं समुदाय र संघसंस्थासँग सहकार्य गरिनेछ ।
१६१. बबई गाउँपालिकामा रहेको स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रलाई व्यवस्थित रूपमा सञ्चालन गरिनेछ ।

गाउँसभाका सदस्यहरू,

१६२. कर्मचारीमा उच्च मनोबलसहित कार्य गर्ने वातावरण तयार गरी उचित प्रोत्साहन गरिनेछ । सो का लागि प्रोत्साहन कोषको व्यवस्था गरिनेछ ।
१६३. संघीय सरकारले लागू गरेको सदाचार नीतिलाई कार्यान्वयन गरी अनुगमन गरिने छ । भ्रष्टाचारप्रतिको शुन्य सहनशीलतालाई कडाईका साथ लागू गरिनेछ ।
१६४. गाँउपालिकाबाट प्रदान गरिने सार्वजनिक सेवालाई प्रविधिमैत्री बनाउन ई–गभर्नेन्सको नीतिलाई अबलम्वन गरिनेछ ।
१६५. बदलिदो परिस्थिति अनुकूल जनप्रतिनिधिहरू र कर्मचारीहरूलाई चुस्तदुरूस्त र सक्षम बनाई राख्न आवश्यक तालिमहरूको अवसर प्रदान गरिनेछ । साथै जिल्ला÷क्षेत्रीय भ्रमण तथा अनुभव आदान प्रदानको कार्यक्रम सञ्चालन गरिने नीति लिईनेछ ।
१६६. गाउँपालिकामा रहेको न्यायिक समितिको कामलाई प्रभावकारी, व्यवस्थित र चुस्तदुरूस्त बनाईनेछ ।
१६७. न्यायिक सरलताका लागि प्रत्येक वडामा मेलमिलाप केन्द्र गठन गरी मेलमिलापको माध्यमद्वारा वडामा नै विवाद हल गर्ने व्यवस्था गरिनेछ ।
१६८. न्यायिक समितिका पदाधिकारीहरू तथा मेलमिलापकर्ताहरूलाई क्षमता अभिवृद्धि तालिमको व्यवस्था गरिनेछ ।
१६९. ‘मेरो गाउँ विकासमा मेरै योगदान, कर तिर्नु असल नागरिकको पहिचान’ भन्ने मान्यतालाई प्रोत्साहित गरी अधिकतम व्यक्ति र क्षेत्रलाई करको दायरामा ल्याई राजस्व संकलनमा विशेष योजना ल्याइनेछ ।
१७०. ऐलानी तथा प्रति जग्गाहरूमा बनेका संरचनाहरूमा कानुन बमोजिम बहाल बिटौरी वा विकास सेवा शुल्क लगाइनेछ ।
१७१. ब्यबसायहरूलाई करको दायरामा ल्याई आन्तरिक राजस्वको क्षेमता अभिबृद्धि गर्न करदाता शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ ।
१७२. राजस्वको स्रोत परिचालनको सम्भाव्यता अध्ययन गरी आन्तरिक स्रोत वृद्धिका लागि योजनाबद्ध प्रयास गरिनेछ ।
१७३. गाउँपालिकाभित्रका गैर सरकारी संघ, संस्था तथा समूहको परिचालन, संरक्षण तथा अनुगमन एवं कार्यक्रममा एकद्वार प्रणाली लागू गरिनेछ ।
१७४. प्रधानमन्त्री रोजगार कार्यक्रमलाई निरन्तरता दिई गाउँपालिकामा बेरोजगार फाराम भरेकाहरू मध्येबाट आवश्यकताको आधारमा छनौट गरी गाउँपालिकाबाट हुने विकास निर्माणका कार्यहरूमा रोजगार प्रदान गरिने लक्ष्य लिइएको छ ।
१७५. मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमलाई निरन्तरता दिई अति विपन्न एवं लक्षित समुदायलाई प्रत्यक्ष लाभ पुग्ने गरी कार्ययोजना बनाई कार्य गरिनेछ ।
१७६. यस गाउँपालिकाको हापुरेमा रहेको ईलाका प्रहरी कार्यालय र हंसपुरमा रहेको प्रहरी चौकीको भवन निर्माण र कार्यालयको स्तरोन्नतिका लागि सम्बन्धित निकायमा पहल गरिनेछ ।
१७७. बबई गाउँपालिकाको वडा नं. ३ स्थित सल्लीकोटमा भ्यूटावर निर्माण कार्य अघि बढाइनेछ ।

गाउँसभाका सदस्यहरू ,

१७८. यो नीति तथा कार्यक्रम ‘समृद्ध गाउँपालिका खुशी जनता’को दीर्घकालिन सोंचसहित गाउँपालिका सरकारले तयार गरेको दीर्घकालिन गुरूयोजनाबाट निर्देशित छ ।
नीति तथा कार्यक्रम तर्जुमा गर्न तपाईहरूको साथ र सुझावका लागि हार्दिक सरहाना व्यक्त गर्दछु । यसैगरी राजनीतिक दल, निजी क्षेत्रका उद्योगी, व्यापारी, प्राज्ञिक क्षेत्र, पूर्व जनप्रतिनिधि, समाजका लब्धप्रतिष्ठित ब्यक्तित्वहरू, विषय विज्ञहरूबाट प्राप्त सुझावका लागि पनि धन्यवाद दिन चाहन्छु ।
बबई गाउँपालिकाले निर्माण गरेका क्वारेन्टाईनहरूमा बसी कोरोनाको महामारी रोकथाम तथा नियन्त्रणमा सहयोग गर्नुहुने दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
कोरोना कहरका बीच नागरिक सेवाका लागि अहोरात्र खटिनुहुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्मचारी लगायतमा धन्यवाद दिन चाहन्छु । हरेक गतिविधिलाई सत्यतथ्यमा आधारित भएर जनतासामु पु¥याउन सञ्चार माध्यमले खेलेको भूमिकाको प्रशंसा गर्दै नीति तथा कार्यक्रम तर्जुमा गर्न प्राप्त सुझावलाई पनि स्मरण गर्न चाहन्छु ।
अब यो नीति तथा कार्यक्रम कार्यान्वयनको चरणमा पनि यसैगरी सबै पक्षबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दछु ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here