Saturday, March 23, 2024
Homeमुख्य खबरशान्तिनगरको नीति तथा कार्यक्रम

शान्तिनगरको नीति तथा कार्यक्रम

- Advertisement -spot_img

प्रदेश टुडे
शान्तिनगर, १० असार । दाङको शान्तिनगर गाउँपालिकाले आर्थिक वर्ष ०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाको आठौं गाउँसभामार्फत गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
गाउँपालिकाको नीति तथा कार्यक्रममा स्वास्थ्य, कृषि, युवा स्वरोजगार, शिक्षा क्षेत्र प्राथमिकतामा पारिएको छ । गाउँसभाले कोरोना– भाइरस महामारीको रोकथाम तथा नियन्त्रण, कोरोनाभाइरस प्रभावबाट घर फर्किएका तथा स्वदेशमा रहेमा युवाहरूको लागि श्रम बैंकको स्थापना गरी रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ भने कृषिलाई थप प्रभावकारी बनाउँदै प्रविधिसँग जोड्ने उल्लेख गरेको छ ।
नीति तथा कार्यक्रममा आधुनिक कृषि कार्यक्रम, कृषि अनुदान, भकारो सुधार कार्यक्रम, आधुनिक पशुपालन, शैक्षिक सुधार, विद्यालयमा वाससहितको शौचालय निर्माण लगायतका समेटिएको छ ।
यस्तै विकासका कामलाई निरन्तरता दिने, वडा नं ५ र ३ को वडा कार्यालय भवन निर्माणलाई पनि नीति तथा कार्यक्रममा समेटिएको छ । गाउँसभाले नीति तथा कार्यक्रम पारित गरिसकेको गाउँपालिकाका प्रवत्ता रवि बुढाथोकीले बताए । गाउँसभाको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत नरबहादुर विकले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here