- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsसंक्रमितको संख्या चार अंकमा उक्लियो

संक्रमितको संख्या चार अंकमा उक्लियो

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, १० असार । नेपालमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमिततको संख्या १० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ५ सय ३८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको १० हजार नाघेको हो ।
कुल संक्रमितको संख्या १० हजार ९९ पुगेको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।
असार ३ गते कोरोना परीक्षणका लागि लिइएको उनको स्वावको रिपोर्ट असार ४ गते पोजेटिभ आएको थियो । उनको निधन भएसँगै कोरोनाले मृत्यु हुनेको संख्या २४ पुगेको हो । अस्पतालको सघन उपचार कक्ष (आइसीयु)मा उपचार गराइरहेका उनको सोमबार राति साढे ९ बजे मृत्यु भएको थियो ।

दाङमा १९ जना थपिए संक्रमित

यसैबीच दाङका मंगलबार १९ जना कोरोना संक्रमित थपिएका छन् । योसहित दाङमा कोरोना संक्रमित हुनेको संख्या २ सय ९९ पुगेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परिक्षणमा बंगलाचुलीका १८ र लमहीका १ जनामा कोराना पुष्टि भएको हो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको पिसिआर परिक्षणमा बंगलाचुली गाउँपालिका ३, ४, ५, ८ नं वडाका १८ जनामा कोरोना पुष्टि भएको छ
संक्रमितहरू ११ देखि ४३ वर्षसम्मका रहेका छन् । त्यसैगरेर लमही नगरपालिका–६ का १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनी १७ वर्षका रहेका छन् । यसअघि दाङमा २ जना वडा अध्यक्ष, १३ जना स्वास्थ्यकर्मी, १ जना नेपाली सेनालाई कोरोना संक्रमण भइसकेको छ भने अन्य भारतमा मजदुरी गर्न गएकाहरू रहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here