- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरलोप हुँदै पानीघट्ट

लोप हुँदै पानीघट्ट

- Advertisement -spot_img

प्रचण्ड खत्री
रूकुम (पश्चिम), १० असार । रूकुममा सञ्चालन हुँदै आएका पानीघट्टहरू पछिल्लो समय लोप हुँदै गएको छ । विगतमा कुटानी र पिसानीका लागि अत्याधिक प्रयोग हुने पानीघट्टहरू संरक्षणको अभावमा लोप हुन लागेका छन् । सरकारले समयमै घट्ट संरक्षण र व्यवस्थापनमा ध्यान पानी घट्टको पहिचान लोप हुने अवस्थामा पुगेको हो ।
कुटानी पिसानीमा सबैभन्दा लोकप्रिय मानिने पानीघट्ट पछिल्लो समय लोप हुँदै जान थालेपछि पानीघट्टमा निर्भर रहेकाहरू समसयामा पर्न थालेका छन् । आधुनिक र विद्युतीय उपकरणको विकास भएसँगै रूकुमसहितका अधिकांश ठाउँमा यसको महत्व कम हुँदै गएको हो ।
पानीघट्टको पहिचान हराउँदै जान थालेपछि रूकुम पूर्व र रूकुम पश्चिमका घट्ट सञ्चालकहरूले यसको संरक्षणमा चासो दिन स्थानीय सरकारलाई आग्रह गरेका छन् । विगतमा सबैभन्दा बढी पानीघट्ट प्रयोग हुने भएपनि अहिले विस्तारै यसको प्रयोग कम हुँदै गएको उनीहरूको गुनासो छ ।
विगतमा पानी प्रशस्त भएका ठाउँहरूमा घट्ट सञ्चालन गरी जीविकोपार्जन गर्नेहरूको संख्या पनि उल्लेखनीय मात्रामा रहेको थियो । तर प्रविधिको विकास भएपछि अहिले युवा पुस्ताले यसको नाम सुन्दा पनि आश्चर्य मान्ने गरेको पूर्व रूकुमका ६० वर्षीय घट्ट सञ्चालक ओमबहादुर केसीले बताए ।
‘पहिले त प्रायः सबै खोला किनारका छेउमा घाँसको छाप्रो हालेर घट्ट सञ्चालन गरेकाहरू प्रशस्त भेटिन्थे’ उनले भने– ‘अहिले खोज्दै हिड्नुपर्ने अवस्था आएको छ ।’ संरक्षण नहुँदा घट्ट लोप हुन थाले ।
केही समय अघिसम्म रूकुमका प्रायः सबै नदी तथा खोलाहरूमा प्रशस्त मात्रामा पानी घट्ट सञ्चालन गर्ने गरिन्थ्यो । विस्तारै यसको प्रयोगसँगै पहिचान पनि लोप हुँदै गएको सिस्ने गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष खर्कसिंह थापाले बताए । सरल र सहज प्रविधिहरूको विकास र प्रयोगले अधिकांश पानी घट्टहरू प्रयोगविहीन अवस्थामा रहेको उनले जानकारी दिए ।
‘नयाँ पुस्ताहरूले घट्ट प्रयोग गर्न रूचि राख्दैदन्न’ उनले भने– ‘सहज र सरल प्रविधिको विकास भएपछि वर्तमान समयमा यसले महत्व पाउन छोडेको हो, तर हामी सबै मिलेर यसको संरक्षण गर्न जरूरी छ ।’ उनले आगामी वर्षको बजेटले घट्ट संरक्षण र व्यवस्थापन गरिने आश्वासन दिए ।
तर स्थानीय सरकारले भने पानीघट्टको संरक्षण र व्यवस्थापनमा कुनै चासो नदिएको स्थानीयको गुनासो छ । प्रत्येक वर्ष जिल्लाका स्थानीय सरकारले घट्ट व्यवस्थापनका लागि बजेट विनियोजन गर्ने आश्वासन दिएपनि अहिलेसम्म यसको व्यवस्थापन हुन नसकेको बाँफिकोट गाउँपालिका वडा नं. ४ का स्थानीय मनबहादुर केसीले बताए ।
विगत लामो समयदेखि घट्ट सञ्चालन गर्दै आएको केसीले पानी प्रशस्त भएपनि आधुनिक प्रविधिको विकासका कारण प्राचिन सभ्यताहरू लोप हँुदै जान थालेको बताउँछन् ।
जिल्ला समन्वय समिति रूकुम पश्चिमका उपप्रमुख ईन्दिरा बुढा मगरले सबै वडामा ‘एक घर एक पानीघट्ट’को अवधारणा ल्याउने बताइन् । घट्ट संरक्षण र किसानहरूको आयआर्जनमा बृद्धि गर्नका लागि नयाँ नीति निर्माण गरिने बताईन् ।
बाँफिकोट गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले एक गाउँ एक पानीघट्टको नीति निर्माण गरी अगाडी बढ्ने बताए । घट्ट जिल्लाको मुख्य पहिचान भएको भन्दै यसको संरक्षण र व्यवस्थापनमा स्थानीय सरकार तत्पर भएर लाग्ने बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here