- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeसम्पादकीयमहत्वमा कृषि नीति

महत्वमा कृषि नीति

- Advertisement -spot_img

सम्पादकीय
असार १० भित्र स्थानीय सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनै पर्ने भएपछि स्थानीय सरकारहरू नीति तथा कार्यक्रम सार्वजनिक गर्ने काम गरिरहेका छन् । कति यसमै जुटेका छन् । स्थानीय तहलाई आउँदो आर्थिक वर्षको बजेटको चटारो छ ।
दाङमा रहेका स्थानी तह अहिले कतिले नीति तथा कार्यक्रम ल्याइसकेका छन् भने कतिले नीति तथा कार्यक्रममा नै अड्किएका छन् । कोरोना महामारीको विषम परिस्थितिमा आउन ल्याइएको यस वर्षको नीति कोभिडभन्दा बढी कृषि र रोजगारीको नीति देखिएको छ ।
जिल्लामा रहेका पालिकामा श्रम बैंकदेखि, एक गाउँ एक उत्पादनसम्मको नीति मात्रै हैन कृषिलाई आधुनिकीकरण र प्रविधियुक्त बनाउनेसम्मको नीति अघि सारेका छन् । अहिलेसम्म ल्याएका पालिकाहरूको प्रमुख प्राथमिकता कृषि, रोजगारी ,शिक्षा र पूर्वाधार नै देखिएको छ ।
केही पालिका कोरोना कहरसँगै नीति ल्याउने चटारोमा जुटेका छन् । सबै पालिकाले आज सम्भवत बजेट ल्याउने छन् । त्यो बजेट नीतिअनुसार आवस् र नागरिकले घरमै भएको सरकारको अनुभूति पाउन भन्ने हुन्छ ।
स्थानीय तहहरूले ल्याएको नीति कार्यक्रमले कृषिलाई, स्थानीय पूर्वाधार विकासलाई प्राथमिकतामा दिनु स्वभाविक हो । स्वास्थ्य, शिक्षालाई पनि महत्व दिइएको देखिएको छ । कृषिको आधुनिकीकरणदेखि प्रविधिसम्मको र रोजगारसम्मको विषयले यस वर्षको पालिकाको नीति तथा कार्यक्रमले स्थान पाएको छ ।
जिल्लाका दुई उपमहानगरपाकिला, एक नगरपालिकाले अन्य गाउँपालिकाले कृषिकै महत्व बढी देखाएर नीति ल्याएका छन् । स्वास्थ्यलाई विशेष महत्वमा राखेको देखिन्छ ।
पूर्वाधार विकास सडक, सिंचाई, कृषि, शिक्षा, स्वास्थ्य, सहकारी, वन तथा वातावरण र आर्थिक विकासलाई पनि प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रम हेर्दै गर्दा कोरोनाले थलिएको आर्थिक अवस्थालाई कृषिको माध्यमबाट उकास्ने रणनीति स्थानीय सरकारमा देखिएको छ ।
जनताका लागि भने विकासको पहिलो आधार पूर्वाधार नै भएको भनिरहेको अवस्था छ । कृषि केन्द्रित हुनुले स्थानीय सरकारले बल्ल कृषिको महत्व बुझेको बुझिन्छ ।
नेपाल कृषि प्रधान देश हो । यहाँका हरेका योजना कृषिसँग जोडिनुपर्छ । स्थानीय सरकारले महत्वका साथ ल्याएको कृषि योजनालाई त्यहि महत्वमा रहेर कार्यान्वयन गर्नसकेमा युवा जनशक्ति रोजगार खोज्दै भौतारिनुपर्ने अवस्था रहदैन ।
कृषिलाई नै कर्म बनाएर युवाहरू अघि बढ्न सक्छन् । तहले ल्याउने पुराना नीतिको निरन्तरताभन्दा जनता लक्षित नीति बढी प्रभावकारी हुन्छन् । यस पटकको श्रम बैंक स्थापनाको नीति र कृषि नीतिले स्थानीय सरकारलाई जनतामुखी बनाउन सक्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here