- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरकृषि र रोजगारलाई महत्व, स्थानीय सरकारको नीति तथा कार्यक्रम

कृषि र रोजगारलाई महत्व, स्थानीय सरकारको नीति तथा कार्यक्रम

- Advertisement -spot_img

दाङका केही स्थानीय तहहरूले आर्थिक वर्ष ०७७७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् । कोभिड–१९ को प्रभाव भइरहेकै बेला स्थानीय सरकारले ल्याएको नीति तथा कार्यक्रम कृषि र रोजगार केन्द्रित देखिएको छ । स्वास्थ्य र शिक्षालाई केही प्राथमिकता दिएको स्थानीय सरकारहरूले कृषि र रोजगारीलाई विशेष महत्व दिएका छन् । सोमबार मात्रै दाङका तीन स्थानीय तहले नीति तथा कार्यक्रम ल्याएका छन् भने केही दिन अघि मात्रै तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिकालगायतका स्थानीय सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए । अहिलेसम्म सार्वजनिक भएका नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य, रोजगार र पूर्वाधार महत्वमा देखिएका छन् ।


दंगीशरणको प्राथमिकता कृषि र स्वास्थ्य

प्रदेश टुडे
दंगीशरण, ९ असार । दंगीशरण गाउँपालिकाले सोमवबर आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । कोभिड–१९ का कारण विपन्न श्रमिक तथा मजदुरहरूलाई केन्द्रित गरेर नीति तथा कार्यक्रममा योजनाहरू अघि सारिएको छ ।
दंगीशरणले रोजगारी उपलब्ध गराउन श्रममूलक प्रविधिको कार्यान्वयन गर्ने भएको छ । कृषि क्षेत्रमा उत्पादन तथा उत्पादकत्वलाई बढाउँदै नागरिकहरूको जीवनस्तरलाई सुधार गर्ने कार्य प्राथमिकतामा राखेर कार्यक्रम ल्याएको देखिन्छ ।
दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले सातौँ नगरसभामा प्रस्तुत गरेको आर्थिक वर्ष ०७७÷७८ नीति तथा कार्यक्रममा कोभिड–१९ को जोखिमको समयमा अशक्त, असहाय एवं आर्थिकरूपले विपन्न गर्भवती महिला, जेष्ठ नागरिक एवं, अपाङ्गता भएका ब्यक्तिहरूका लागि राहतका कार्यक्रम सञ्चालन गरिनेसमेत उल्लेख गरेका छन् ।
यस्तै कोभिड–१९ संक्रमणको सम्भावित जोखिममा रहेका नागरिहरूलाई नेपाल सरकारले तोकेबमोजिम क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाई स्वास्थ्य सुरक्षा सामग्रीको ब्यवस्था मिलाउने र एम्बुलेन्स, शवबाहन, दमकलजस्ता सेवालाई २४औँ घण्टा सञ्चालनमा ल्याइने डिप्रेसनमा रहेका ब्यक्ति तथा मनोसामाजिक परामर्श आवश्यक पर्ने ब्यक्तिलाई मनोपरामर्श सेवा उपलब्ध गराउने योजना अघि सारिएको छ ।
वार्षिक नीति तथा कार्यक्रममा बेरोजगारीपन हटाउन विदेशबाट फर्किएकाहरूलाई सीपअनुसार पालिकाभित्रै रोजगार दिने, स्थानीय तहभित्र रहेका बाझो जग्गाको तथ्यांक संकलन गरी पूर्ण उपयोगको व्यवस्था मिलाउन भूमि बैंकको अवधारणा कार्यान्वयन गर्न यस कार्यलाई कार्यान्वयन गर्न ऋण सहुलियत तथा अनुदानका ब्यवस्था मिलाउने, बाझो जमिन राख्नेलाई कारवाहीको ब्यवस्था गरिने उल्लेख छ ।
कृषकहरूलाई आत्मनिर्भर बनाउन कृषि उपज तथा कृषिजन्य उत्पादनमा आत्मनिर्भताका लागि उद्यमशीलताको प्रवद्ध्र्रन गर्न मल, बीउ, किटनाशक औषधिको उपलब्धता, उत्पादित वस्तुहरूको भण्डारण तथा प्रशोधन,
सिंचाई सुविधाको प्रवद्र्धन, आधुनिकीकरण गर्न कृषि मेशिनरी औजार, कृषि प्राविधिक अभियानको शुरूवात गर्ने, कृषकले खोजेकै समयमा कषि तथा पशु प्राविधिक उपलब्ध गराउने, कृषि उपज संकलन केन्द्रको स्थापना गरिने बताइएको छ ।
कृषि उपजहरूको बजारीकरण, दूग्ध उत्पादक सहकारी संस्थासँगको समन्वयमा डेरी उद्योग सञ्चालन गरी दंगीशरणभित्र नै प्रशोधन गर्ने ब्यवस्था, पालिकालाई माछा, मासु, अण्डा निर्यातमा अभिवृद्धि गर्न कार्यक्रम सञ्चालन गरिने, कृषकको साथमा कृषि अभियान सञ्चालन गरिने, कृत्रिम गर्भाधान, उन्नत जातका पशुपालनमा जोड दिनुका साथै पशुपालनका सम्भावित पकेट क्षेत्रको पहिचान गरी कार्यान्वयनमा ल्याउइने बताइएको छ ।
यसैबिच ‘पूर्वाधार, समुन्नतिको आधार, विकास जनताको अधिकार’ भन्ने मान्यतालाई आत्मसात् गरी विभिन्न क्षेत्रका पूर्वाधार विकासलाई विषेश प्राथमिकता दिई सडकको निर्माण, स्तरोन्नती, कालोपत्रे, गर्दै लैजाने, सबै बस्तीहरूमा विद्युत विस्तार गरी उज्यालो दंगीशरणलाई सार्थकता दिइने, एक वडा एक पोखरी, पूर्वाधार, सुशासन, सम्बद्र्धनका कार्यक्रम ल्याइनेछ ।
दंगीशरण गाउँपालिकाको गौरव दंगीशरण राजासँग जोडिएको ऐतिहासिकस्थल दंगीशरणमा निर्माणाधिन दंगीशरण पार्क तथा थारू साँस्कृतिक ग्रामलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने, ऋण सहुलियत तथा अनुदानलगायतका ब्यवस्था गर्ने,
विद्यालय पोषण कार्यक्रम, गाउँपालिकालाई पूर्ण खोपयुक्त गाउँपालिकाको रूपमा स्थापित गर्ने, सुत्केरी तथा बालबालिका पोषण कार्यक्रम लक्षित वर्गका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने छ ।
एक वडा एक पोखरी अभियान सञ्चालन गरी जलाधार संरक्षणको कार्यलाई प्राथमिकता दिदै पानीको मुहानलाई संरक्षण गर्ने, गाउँपालिकालाई छुवाछुतमुक्त गाउँपालिकाको रूपमा विकास गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने, मुक्त कमैया तथा कम्लहरीहरूको आर्थिक अवस्था सुधारका लागि विभिन्न सिपमूलक तालिम प्रदान गरी मुक्त कम्लहरीहरूको आर्थिक अवस्थामा सुधार ल्याउने,
गाउँपालिकालाई पूर्ण खोपयुक्त गाउँपालिकाको रूपमा स्थापित गर्ने, गाउँपालिकालाई पूर्ण सरसफाईयुक्त गाउँपालिकाको रूपमा घोषणा गर्ने र दंगीशरण गाउँपालिकाका सबैजसो कार्यलाई डिजिटलाइज्ड गर्ने गरी कार्यक्रम सञ्चालन गरिनेछ । गाउँसभाको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलले गरेका थिए ।


बबईमा कृषि, सडक र शिक्षा प्राथमिकतामा

उमा भण्डारी
हापुरे, ९ असार । बबई गाउँपालिकाले आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले कृषि, शिक्षा र सडकलाई प्रमुख प्राथिमकतामा राख्दै यस वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
गाउँपालिका अध्यक्ष भूवनेश्वर पौडेलले कृषिको आधुनिकीकरण, प्रविधि र सडक पूर्वाधारको विकासलाई ध्यानमा राखेको जानकारी गराएका छन् । उनले कृषिको यान्त्रीकरणका लागि आधुनिक कृषि प्रणालीको अबलम्वन र कृषिजन्य उद्योगलाई प्रोत्साहन गर्ने नीति ल्याएको बताए ।
‘एक वडा, एक उत्पादन’लाई मुख्य प्राथमिकता दिदै कृषि उपजहरूको उत्पादन, प्रशोधन र भण्डारका लागि ग्रिन हाउस, भण्डार गृह र साना सिंचाई संरचना निर्माण गरिने नीति छ ।
कोरोना महामारीले कृषि क्षेत्र प्रभावित भएको भन्दै गाउँपालिकाले किसानहरूलाई कृषि पेशामा आत्मनिर्भर गराउन र कृषि उत्पादकत्व वृद्धिका लागि प्रदेश र केन्द्र सरकारको समन्वयमा कृषि उद्योग सञ्चालन गर्ने नीति ल्याएको छ ।
पशुपालक किसानहरूका लागि पशु पोषण कार्यक्रम, तरकारी खेतीको पकेट क्षेत्र निर्माण, कृषि उत्पादनलाई बजारीकरणका लागि पालिका कोसेली घर, पशु बिमा कार्यक्रम, निःशुल्क पशु सेवा शिविरलगायतका कार्ययोजनाहरू अगाडि सारेको छ ।
यस्तै सडक पूर्वाधारतर्फ गाउँपालिकाले संघ, प्रदेश र स्थानीय तहको समन्वयमा पुरन्धारा–गंगटे सडक, मनमोहन चक्रपथ, पुष्पलाल मार्ग, गंगालाल मार्ग, श्रीमणि मार्ग, हापुरे पातिहाल्ना सडक, ज्वाला मार्ग, बबई मार्गलगायतका सडकहरूको स्तरोन्नती गर्ने भएको छ ।
बबई गाउँपालिकादेखि नेपालगंज बाँके जोड्ने सडक र हापुरेदेखि धागेछहरा हुँदै सल्यान जोड्ने सडक निर्माण योजना अगाडि सारेको छ । गाउँपालिकामा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रवद्र्धन र सम्वद्र्धनका लागि सडक संरचनालाई फराकिलो बलियो बनाउने भएको छ ।
त्यसैगरी लामो समयदेखिको लकडाउनका कारण शिक्षामा परेको प्रत्यक्ष प्रभावलाई मध्यनजर गर्दै गाउँपालिकाले शिक्षालाई विशेष प्राथमितामा राखेको छ ।
विकासको मुख्य आधार शिक्षा नै भएको भन्दै विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न योजनाहरू निर्माण गरेको छ । गाउँपालिकाले आधारभूत तहसम्म अनिवार्य र निःशुल्क र माध्यमिक तहसम्म निःशुल्क शिक्षा प्रदान गर्ने संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्ने भएको छ ।
यस्तै विद्यालयमा आधारित ३४ बालविकास केन्द्रलाई थप व्यवस्थित गर्ने भएको छ । विद्यालयको शैक्षिक गतिविधिको अनुगमन, सर्वेक्षण हरेक गतिविधिको बारेमा जानकारी संकलन गर्नका लागि गाउँपालिकाले विद्यालयका प्रधानाध्यापकहरूसँग नियमित छलफल गर्ने, शिक्षकहरूको क्षमता विकासका लागि कार्यशाला सञ्चालन गर्ने योजना ल्याएको छ ।
कक्षा ८ को परीक्षालाई स्तरीय र विश्वसनीय बनाउन आवश्यक सम्पूर्ण गतिविधिहरू सञ्चालन गर्ने, शिक्षक तथा विद्यार्थीहरूको मूल्यांकन सूचक निर्धारण गरी उत्कृष्ट शिक्षक एवं विद्यार्थीलाई पुरस्कृत गर्ने, उत्कृष्ट सामुदायिक विद्यालयलाई पुरस्कृत गर्ने कार्यक्रमहरू रहेका छन् ।
गाउँपालिकाका माविमा रहेका विद्यालयहरूमा पुस्तकालय, आइसिटी ल्याव र विज्ञान प्रयोगशाला निर्माण गरिने भएको छ । गाउँपालिकाले स्वास्थ्य, सिंचाई, विद्युत, सञ्चालन, खानेपानी, रोजगार, खेलकुद, पर्यटन लगायत समग्र क्षेत्रको विकासका लागि विभिन्न योजना तथा नीति निर्माण गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here