- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरकांग्रेसको आपत्ति

कांग्रेसको आपत्ति

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, ९ असार । नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ ले सरकारी विद्यालयको गतिविधि राजनीतिक दलको पार्टी कार्यालयबाट सञ्चालन भएको प्रति आपत्ति जनाएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं ६ मा रहेको माध्यमिक विद्यालय सेन्टर तुलसीपुरले विद्यार्थी भर्ना र पाठ्यपुस्तक नेकपाको पार्टी कार्यालयबाट गरिरहेको विषय सार्वजनिक भए पनि नेपाली कांग्रेस क्षेत्र नं ३ ले यसको विरोध गर्दै शैक्षिक गतिविधि पार्टी कार्यालयबाट नभएर शैक्षिक थलोबाट गर्नसमेत आग्रह गरेको छ ।
नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ का क्षेत्रीय सभापति जगतबहादुर खड्का, निर्वाचन क्षेत्र ‘क’ का सभापति घनश्याम ढकाल, ‘ख’ का सभापति खिमबहादुर वलीले संयुक्त रूपमा विज्ञप्ति निकालेर यस्तो बताएका हुन् ।
‘शिक्षाजस्तो गम्भीर विषयमा राजनीतिकरण गरिनु हँुदैन, तुलसीपुरमा रहेको सरकारी विद्यालय सत्तारूढ राजनीतिक दल (नेकपा)को पार्टी कार्यालयमा सञ्चालन भएको खबरले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ,
‘माध्यमिक विद्यालय सेन्टर तुलसीपुरले नयाँ शैक्षिक सत्रको भर्ना र पाठ्यपुस्तक वितरणजस्ता कार्यक्रमहरू नेकपाको तुलसीपुरमा रहेको कार्यालयबाट हुनुले शिक्षालाई पार्टीकरण गर्ने प्रयास भएको हाम्रो बुझाई छ ।’
बालबालिकाको भविष्य जोडिएको शिक्षामा राजनीतिक सन्देश दिने गरी राजनीतिक दलको कार्यालयमा विद्यालय चलाउने कार्यप्रति हाम्रो घोर आपत्ति जनाउँदै सत्ताको आडमा हुने यस्ता कार्यहरू तत्काल रोक्न र शिक्षालाई शैक्षिक थलोबाट नै सञ्चालन गर्न आग्रह गर्दछौ विज्ञप्तिमा भनिएको छ । तत्काल त्यस्ता कार्य रोक्न पनि आग्रह गरिएको छ ।
कलिला बालबालिकाहरूलाई जबरजस्त राजनीति सन्देश प्रवाह नगर्न पनि अनुरोध गर्दछौं । दलको कार्यालयबाट विद्यालयको गतिविधि सञ्चालन गर्ने विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूलाई तत्काल कारवाही गर्न तुलसीपुर उपमहानगरसँग जोडदार माग गर्दछौं र शिक्षाजस्तो महत्वपूर्ण विषयमा कार्यरत विद्वान कर्मचारीहरूलाई यस्ता गतल कार्य गर्नेहरूको निगरानी बढाउन अनुरोध गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here