- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeमुख्य खबरशुल्क बुझाउन निजी विद्यालयको आग्रह

शुल्क बुझाउन निजी विद्यालयको आग्रह

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, ८ असार । कोरोना–भाइरसको महामारीको कारण विद्यालय बन्द भए पनि निजी विद्यालयले शुल्क बुझाउन अभिभावकलाई आग्रह गरेका छन् । निजी विद्यालयका छाता संगठन प्याब्सन र नेशनल प्याब्सनले विज्ञप्तिमार्फत विद्यालय बन्द भए पनि शुल्क बुझाउन भनेका हुन् ।
तीन महिनादेखि शिक्षक कर्मचारीलाई तलब दिन नसकिएको, भाडा बुझाउन समस्या भएको, बैंकको ब्याज तिर्न समस्या भएको, सरकारले कर छुट नदिएको लगायतका कारण समस्यामा परेकोले शुल्क बुझाउन आग्रह गरिएको प्याब्सनका अध्यक्ष टिकाराम पुरीले जानकारी दिए ।
चैत यता एक महिनाको शुल्क छुट दिने तर अरु शुल्क बुझाएर सहयोग गरिदिन अभिभावकलाई आग्रह गरिएको उनले बताए ।
अहिले शुल्क नदिए निजी विद्यालय बन्द हुने अवस्थमा पुग्ने प्याब्सन र एन प्याब्सनको भनाइ छ । उनीहरुले लकडाउनको बेला पनि इन्टरनेटको माध्यमबाट अनलाइन कक्षा सुरु गरेको, रेडियो, टिभीलगायतका सञ्चारमाध्यमबाट पढाएकोले पनि खर्च भएको दाबी गरेका छन् ।
भौतिक दूरी कायम गर्दै विद्यालयमा उपस्थित भएर छोराछोरीको नयाँ र पुरानो अभिलेखीकरण गराउन, २०७६ सालको बाँकी वक्यौता सम्भव भएसम्म भुक्तानी गर्न, २०७७ सालको शुल्क बुझाउन र विद्यालयलाई अधिकतम सहयोग गर्न विज्ञप्तिमा भनिएको छ । संयुक्त विज्ञप्तिपछि अभिभावकहरुले भने यो कदमलाई गलत भनेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here