Monday, April 15, 2024
Homeफिचरसडक अवरूद्ध

सडक अवरूद्ध

- Advertisement -spot_img

प्रचण्ड खत्री
रूकुम (पश्चिम), ८ असार । वर्षातका कारण रूकुमका सडक अवरूद्ध भएका छन् । बलियो सडक पूर्वाधार नुहँदा जिल्लामा रहेका प्रमुख सडकहरू अवरूद्ध भएका हुन् । मुख्य बजारसम्म पुग्नका लागि निर्माण गरिएका सडकहरूको संचरना बलियो नहुँदा पहिरो जाने र बाटो चिप्लो हुने समस्या रहेको छ ।
जिल्लाका मुख्य सडकहरू अवरूद्ध हुँदा आवतजावतमा समस्या हुँदै आएको बाँफिकोट गाउँपालिका वडा नं १० का वडा अध्यक्ष अर्जुन चन्दले बताए । वर्षातका कारण अहिले सबै वडा कार्यालय जाने सडकहरूको अवस्था दयनीय भएको उनले बताए ।
‘गाउँपालिकाका लगभग सबै सडकहरूको अवस्था बिग्रिएको छ’ उनले भने– ‘सडक अवरूद्ध हुँदा कार्यालय जान निकै समस्या भएको छ ।’
गाउँपालिकाको छिनखेतबाट कोटसम्म जाने बाटो फराकिलो र व्यवस्थित नहुँदा आवतजावतमा निकै सास्ती खेप्नुपरेको स्थानीय लोकबहादुर बुढाथोकीले बताए ।
चुनावका समयमा जनप्रतिनिधिहरूले सडक पूर्वाधारका कामलाई प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरेपनि अहिले तीन वर्षसम्म कुनैपनि सडकका कामहरू पूरा नभएको उनले आरोप लगाए ।
‘सडक विस्तारका कामहरू अहिलेसम्म पूरा नहुँदा हामी नागरिकहरूलाई निकै समस्या भएको छ’ उनले भने– त्यो बेला सबै पु¥याउने बाचा गर्नुभयो, अहिले मौन बस्नुभएको छ ।’
मनसुन सुरू भएलगत्तै अवरूद्ध भएका सडकहरूको पुनः सञ्चालनमा ल्याउने र सडक विस्तार गर्ने काम भइरहेको बाँफिकोट गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष लिलाराम विकले जानकारी दिए ।
गाउँपालिकाको केन्द्रसम्म जानका लागि गाउँपालिकाको लगानीमा सडक विस्तार गर्ने काम भईरहेको उनले बताए । अहिले वडा नं ४ को फलामे गौडादेखि वडा नं ३ दहसम्म जाने बाटो फराकिलो बनाउने काम भईरहेको छ ।
साघुँरो र कच्ची सडकका कारण वर्षेनी नागरिकहरूले सास्ती खेप्नुपरेको भन्दै गाउँपालिकाले १० मिटर फराकिलो बनाई मर्मत सम्भार गर्ने काम सुरू गरेको विकले बताए ।
स्थानीय सरकारले सडक पूर्वाधारका कामलाई समयमै सञ्चालन नगर्दा पानी परेको समयमा सडक हिलाम्मे हुने, आवतजावतमा समस्या हुने, सवारी दुर्घटना हुनेलगायतका जोखिमहरू खेप्नुपर्ने बाध्यता रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here