- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरदुर्घटनामा प्रहरी जवानको मुत्यु

दुर्घटनामा प्रहरी जवानको मुत्यु

- Advertisement -spot_img

तुलसीपुर, ८ असार । सवारी दुर्घटनामा परी दाङमा एकजना प्रहरी जवानको मृत्यु भएको छ । नवलपरासीको रामग्राम नगरपालिका–१४ स्थानीय घर भएका नवलपरासीको सुनवल ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी २७ बर्षका जीतेन्द्र चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक चक्र डमरपालले जानकारी दिए ।
दाङको तुलसीपुरबाट दंगीशरण गाउँपालिका– १ रामपुर जाँदै गरेको चौधरी सवार लु ५८ प १८४३ नम्बरको मोटरसाइकलाई विपरीत दिशाबाट आइरहेको रा १ त ७५७ नम्बरको ट्याक्टरले तुलसीपुर उपमहानगरपालिका–२
कुमलगडीमा ठक्कर दिदा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको डमरपालले जनाए । चौधरी दंगीशरण गाउँपालिका–१ रामपुर स्थित ससुरालीमा जाँदै गरेको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here