- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeसम्पादकीयविपद्मा चनाखो बनौं

विपद्मा चनाखो बनौं

- Advertisement -spot_img

सम्पादकीय
असार सुरू हुँदै गर्दा यस वर्ष विपदले संकेत गरिसकेको छ । असारको पहिलो झरीमा नै दाङको देउखुरी क्षेत्रमा रहेका केही बस्तीहरूमा डुबानको समस्या देखियो । दाङ विपद्का दृष्टिले उच्च जोखिममा रहेको छ । विशेषगरेर बाढी पहिरो यहाँको प्रमुख विपद् हो ।
त्यसलाई ध्यान दिएर विपद् सर्तकता अनपाउनु सबैको चलाखी हुन्छ । विपद्मा सबैले सर्तकता अपनाउनुपर्छ । सबै यसमा सजक पनि हुन जरूरी छ । मौसम अनुसारको विपद्को जानकारी र ज्ञान हुनु पनि महत्वपूर्ण मानिन्छ ।
विपद् रोकेर रोक्न नसकिने हुँदा त्यसप्रतिको सजकता र सर्तकता नै उत्तम विकल्प हुन्छ । विपद्लाई पूर्णरूपमा रोक्न सकिदैन तर सर्तकता अपनाउने हो भने त्यसबाट बच्न र सुरक्षित हुन भने पक्कै पनि सकिन्छ । धेरै पटक सजकताले विपद्बाट जोगाइरहेको छ ।
विपद् जुनकुनै बेला पनि आउन सक्छ । विपद्को पूर्वतयारी गरेर सर्तकता अपनाउन सकेमा मात्रै यसबाट सुरक्षित हुन सकिन्छ ।
विपद्सँग जुध्नुभन्दा विपद्पूर्ण तयारी र सर्तकता नै आवश्यक हुन्छ । विपद्को सम्भावित क्षेत्र र स्थानमा बढी सजक हुने र अन्य क्षेत्रले पनि त्यसलाई गम्भीर रूपमा लिन सक्ने हो, भने विपद्लाई सहजै पाखा लगाउन सकिन्छ ।
विपद्लाई यसरी नै रोक्न सकिन्छ भन्ने छैन । प्राकृतिक प्रकोप भएकाले यसलाई रोकथामले महत्व राख्दैन । तर विपद् पूर्वतयारी र सजकता अपनाउन सकियो भने यसबाट टाढा रहन सकिन्छ ।
विपद् पूर्वतयारी गरेका कमभन्दा कम क्षति हुने हुँदा विपद्मा लापरबाही हैन सजकता अपनाउन आवश्यक छ । मानवीय, भौतिक क्षति कम गर्न विपद् पूर्वतयारी गर्न सक्ने हो भने विपद्ले निम्त्याउने असर कम हुन्छ ।
विपद्लाई व्यहोर्नै पर्छ, तर यसलाई व्यवस्थापन गर्ने उचित उपाय अबलम्बन समयमै गर्न सकिएमा विगतको जस्तो क्षति पुग्नबाट जोगाउन भने अवश्य सकिन्छ । जोखिमको व्यवस्थापन गर्ने र त्यसको न्यूनीकरण गर्ने दायित्व हामी सबैले आफ्नो क्षेत्रबाट निभाउनुपर्छ ।
तर हामी जिम्मेवारी अर्काेलाई पन्छाएर आफू चोखो बन्ने प्रयास गर्ने गर्दछौ त्यसो गर्नाले आफूलाई पनि असहज बनाउन सक्छ ।
विपद्बाट सुरक्षित हुन विपद्को क्षतिलाई आँकलन गरेर सम्बन्धित सरोकारवाला निकायले बेलैमा चासो दिनुपर्छ । सम्बन्धित निकायहरूले चासो दिएमा ठूलो क्षति र जोखिमबाट बच्न सकिन्छ । विपद् ब्यवस्थापन र पूर्ण तयारीको बारेमा स्थानीय सरकार अझ बढी जिम्मेवार भएर लाग्दा नै यसको व्यवस्थापन सहज हुन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here