- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsउपभोक्ताको रकममा समितिको मनपरी

उपभोक्ताको रकममा समितिको मनपरी

- Advertisement -spot_img

तीन वर्ष अघि नगर उपप्रमुख र वडा अध्यक्षले शिलान्यास गरेको पानी ट्याङ्की अपूरो संरचना ।


 

उमा भण्डारी
दाङ, ७ असार । तुलसीपुर उपमहानपालिका–१२ मा रहेको स्वर्गद्वारी खानेपानी तथा उपभोक्ता सरसफाई समितिले उपभोक्ताहरूले संकलन गरेको रकममा मनपरी गरेको छ ।

तीन वर्ष अघि उपभोक्ताहरूसँग रकम उठाएको समितिले रकम लिदाका सर्तअनुसार काम नगरे उपभोक्ताको रकममा मनपरी गरेको स्थानीयहरूले आरोप लगाएका छन् ।

केही महिनाभित्रमा घर–घरमा धारा पु¥याउने योजनासहित प्रतिघर १५ हजार रूपैयाँ संकलन गरेको भए पनि तीन वर्षसम्म घरमा पानी पनि नआएको र उठाएको रकमको पनि हिसाब–किताब नभएको स्थानीयहरूले बताएका छन् ।

तीन वर्षसम्म पनि खानेपानीको पूर्वाधार निर्माण र व्यवस्थापन हुन नसकेपछि स्थानीय ७२ जना उपभोक्ताहरूले यसको छिनोफानो गर्न विभिन्न सरोकारवाला सरकारी निकायमा आग्रहसमेत गरेका छन् ।

यही विषयमा अहिले समितिका पदाधिकारी र उपभोक्ताबीच विवाद बढी रहेकोे छ । खानेपानी ट्याङ्की निर्माण र पाईप लाइन विस्तारको विषयलाई लिएर समिति र उपभोक्ताबीच विवाद सिर्जना भएको हो । वषौँ बितिसक्दा पनि न खानेपानीको व्यवस्था, न रकम फिर्ता भन्दै स्थानीय उपभोक्ताहरू आक्रोसित बनेका हुन् ।

स्थानीयबाट रकम असुल गरी तीन वर्षसम्म पानी ट्याङ्की निर्माण नगरेको स्थानयीहरूको आरोप छ । एक वर्षभित्र घर–घरमा धारा पु¥याउने भन्दै स्थानीयबाट रकम असुल गरिएको, अहिलेसम्म त्यो पूरा नभएको उनीहरूको भनाई छ ।

२०७४ सालमा उपभोक्ता समिति गठन गरी प्रतिघरधुरी १५ हजारका दरले रकम असुल गरिएको थियो । ७२ घरधुरीबाट असुल गरिएको रकमले वि.सं २०७५ साल चैत महिनामा पानी ट्याङ्की निर्माण र पाइपलाई विस्तार गर्ने गरी स्थानीय थम्मन भण्डारीको अध्यक्षतामा समिति गठन गरिएको थियो ।

वडा नं. १२ का वडा अध्यक्ष सूर्य बहादुर डाँगी ‘श्याम’ र तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया शर्माले संयुक्तरूपमा उक्त योजनाको शिलान्याससमेत गरेका थिए ।

स्थानीय केही व्यक्तिको निजी जग्गामा पानी ट्याङ्की बनाउन लागेको भन्दै केही स्थानीयले विरोध गर्दै सार्वजनिक स्थानमा योजना बनाईनुपर्ने बताएका थिए ।

खानेपानी विस्तारका लागि उपभोक्ता मार्फत रकम असुल गरी योजना अलपत्र पारेको उपभोक्ता तथा १२ नं. वडा सदस्य नरबहादुर केसीले बताए ।

पानी ट्याङ्की निर्माण र पाइप लाईन विस्तारका लागि पटक–पटक वडा कार्यालय र उपमहानगर–पालिकामा पहल गर्दा पनि कुनै सुनुवाई नभएको उनले गुनासो गरे ।

उपमहानगरले योजना सम्पन्न गर्नका लागि १० लाख बजेट उपलब्ध गराएको भएपनि समितिको लापरवाहीका कारण योजना अलपत्र अवस्थामा रहेको बताए । प्रदेश योजना र जग्गाको कारण देखाउँदै तीन वर्षसम्म पनि ट्याङ्की निर्माणको काम सम्पन्न नभएको उनले बताए ।

‘नगरको योजना हो, निर्धारित समयभित्रै सबै काम सम्पन्न हुनेछ भनी प्रति उपभोक्तामार्फत १५ हजार रूपैयाँ संकलन गरियो’ उनले भने– ‘तर तीन वर्षसम्म पिलर उठाउने काम मात्रै भएको छ, यसलाई हामी उपभोक्ताले कसरी बुझ्ने ?’

खानेपानी पूर्वाधार निर्माणका लागि सार्वजनिक जग्गा हुनुपर्ने कारण देखाउँदै योजना पूरा नगरेको उनले बताए । उपभोक्ता समिति सक्रिय र संवेदनशील भएको अवस्थामा यो योजना निर्धारित समयमै पूरा भईसक्ने उनले बताए ।

‘चाहेको भए लगानी गरी योजना सम्पन्न गर्न सकिन्थ्यो’ उनले भने– ‘तर उहाँहरूको राजैनितक भाषा हामी जनताले बुझ्न नसक्दा यस्तो अवस्था आएको छ ।’ उनले भने–‘ कि ट्याङ्की निर्माण गर्नुप¥यो, की हाम्रो रकम ब्याजसहित फिर्ता गर्नुप¥यो ।’

आम उपभोक्तासँग सहकार्य नगरेर एकलौटी कारोबार गर्दा योजना अलपत्र परेको स्थानीय उपभोक्ता लिलाधर खड्काले बताए । जग्गा व्यक्तिको नाममा दर्ता भएकाले कुनैपनि अवस्थामा योजना पार्न नसकिने भन्दै उपभोक्ता समिति कामको जिम्मेवारीबाट पन्छिन खोजेको उनको आरोप छ ।

‘समय–समयमा कामको वारेमा जानकारी र खर्च विवरण माग्ने गरेको भएपनि हुन्छ, ढिला भाको छ भन्दै टार्ने काम भयो’ उनले भने– ‘उपभोक्तासँग सहकार्य नगरी एकलौटी गर्न खोज्दा अहिले न रकम फिर्ता गर्न सक्छन्, न काम पूरा गर्न सक्छन् ।’

खानेपानी ट्याङ्की निर्माणका लागि जग्गाको व्यवस्था, ठेक्का सम्झौता, आवश्यक प्रक्रियाहरूका कारण काम सम्पन्न गर्न ढिला भएको स्वर्गद्वारी खानेपानी तथा उपभोक्ता सरसफाई समितिका अध्यक्ष थम्मन भण्डारीले बताए ।

प्रदेश सरकारमार्फत बृहत् योजना परेकाले निर्माण प्रक्रियामा समस्या आएको हो उनले भने । उनले उपभोक्तामार्फत संकलन गरिएको १० लाखमध्ये ८ लाख २० हजार बराबरको काम सम्पन्न भएको र अरू रकम बाँकी रहेको बताए । यो योजनाको लागि नगरले नै रकम विनियोजन गरेको थियो ।

लकडाउनका कारण कामा ढिलासुस्ती भएको भन्दै लकडाउन लगत्तै सबै समस्या समाधान हुने उनको भनाइ छ । उपभोक्ताले रकम फिर्ता गर्नुपर्ने माग राखेपनि रकम फिर्ता नहुने उनले बताए । ‘लकडाउन लगत्तै विवाद समाधान हुन्छ, तर रकम फिर्ता हुँदैन’ उनले भने–

‘उहाँहरूको रकमले जमिन किनेका छौँ, यसलाई व्यवस्थापन गर्न लाग्छौँ, तर रकम फिर्ता गर्ने, फेरी संकलन गर्ने काम हुने छैन ।’ सहज वातावरण निर्माण गरी योजना सम्पन्न गर्नका लागि उपमहानगर, उपभोक्ता र सम्बन्धित निकायहरूसँग सरसल्लाह गरी अगाडि बढ्ने उनले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here