- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsदेउखुरीमा बाढीको सास्ती

देउखुरीमा बाढीको सास्ती

- Advertisement -spot_img

देउखुरीमा वर्षाका कारण सडकमै आएको बाढी पार गर्दै एक महिला । तस्विरः मोहन पाण्डे


 

प्रदेश टुडे
देउखुरी, ७ असार । अविरल बर्षाका कारण दाङका विभिन्न क्षेत्रमा बाढी र डुबानको कहर सुरू भएको छ । यस वर्षको मनसुन सक्रिय भएसँगै दाङका नदी तटीय क्षेत्रहरूमा बाढी र डुवानको समस्या देखिन थालेको हो ।

दाङको देउखुरीका अधिकांश स्थानहरू डुबानमा परेर जलमग्न भएका छन् भने जिल्लाका ठूला जलाधार भएका नदी तथा खोलाहरूको तटीय क्षेत्रमा बसोबास गर्नेहरूमा बाढीको र डुबानको त्रास देखिएको छ ।

शनिबारको अविरल बर्षाले पानीको निकास नभएका धेरै स्थानहरूलाई जलमग्न बनाएको छ । गढवा गाउँपालिका वडा नं. ५ को बोधिपुर र त्यस आसपासको गाउँ जलमग्न भएका छन् । हुलाकी सडकबाट समेत पानीले वारपार गरेको स्थानीय सपना पौडेलले बताइन् ।

‘डुबानको जोखिममा रहेका बस्तीहरूका नागरिकलाई सतर्क बनाएका छौं’ स्थानीय मोहन पाण्डेले भने, ‘देउखुरीका केही क्षेत्रमा डुबान भइसकेको छ ।’

‘राप्ती नदी र खहरे खोलामा पानीको सतह बढ्यो भने खतरा थपिन्छ ।’ बेलुकासम्मको अवस्था सामान्य भएपनि त्रास अत्यधिक बढाएको छ । बाढी र डुबानका कारण केही विद्यालयमा क्षति पुगेको छ भने तटबन्धमा पनि क्षति पुगेको पाण्डेले बताए । भर्खरै रोपेको धान खेतमा थुनिएको पानी पस्दा धान बगाएको छ ।

एकदिन अघि धान रोपेका किसान शनिबार परेको पानीले समस्यामा परेका छन् । यो पानीले कसैलाई खुसी बनाएको छ भने, कसैलाई दुःखी बनाएको छ ।

पानी धेरै परेपछि गढवा र राप्ती गाउँपालिकाको लालमिटया क्षेत्रमा रहेको बर्षा मापन केन्द्रमा चेतावनी घण्टी बजेको थियो । चेतावनी साइरन बजाएर नदी तटीय र जोखिममा रहेका समुदायमा सचेत हुन अनुरोध गरिएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका तथ्यांक व्यवस्थापक विनायक पौडेलले बताए ।

कालाकाटे सिक्टा सडकखण्ड निर्माणको क्रममा नाली पुरिएपछि गढवा गाउँपालिका वडा नं.२ कोठरी गाउँ डुबानमा परेको छ । सडक निर्माणको क्रममा यसअघि बनाइएको पानी निकास पुरिएपछि कोठरी गाउँ डुबानमा परेको हो ।

५० घरमा पानी पसेको स्थानीयले बताए । घरमा पानी पस्न थालेपछि गाउँलेहरूले निर्माणाधिन सडक खनेर पानीको निकास खोलेको बताएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here