Thursday, April 18, 2024
Homeफिचरदाङमा स्वास्थ्यकर्मीसहित तीनजनामा कोरोना

दाङमा स्वास्थ्यकर्मीसहित तीनजनामा कोरोना

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, ७ असार । दाङमा एक स्वास्थ्यकर्मीसहित तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाव परिक्षणमा घोराहीका २ जना र लमहीका १ जना गरी तीनजनामा संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमितमा घोराही उपमहानगरपालिका वडा नम्बर १५ का २४ वर्षिय महिला र वडा नम्बर २ का ४२ वर्षिय पुरुष रहेका छन् । संक्रमित महिला राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकै कर्मचारी रहेको प्रतिष्ठानका रजिष्टार कैलाशप्रसाद देवले जानकारी दिए ।
त्यसैगरी लमही नगरपालिका–५ का २५ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै दाङमा कोरोना संक्रमितको संख्या २ सय ६३ पुगेको छ ।
प्रतिष्ठानमा गरिएको स्वाव परिक्षणमा प्यूठानको सरुमारानी गाउँपालिका–५ का २१ वर्षका २ जना, २४, २६ र २८ बर्षका गरी ५ जना पुरुष, स्वर्गद्वारी नगरपालिका १ का १७, २३, ४२ बर्षका तीनजना पुरुषमा संक्रमण पुष्टि भएको छ । त्यसैगरी रुकुम पश्चिम मुसिकोट १२ का ३३ बर्षीय एक पुरुष र रुपन्देही बुटवलका ३९ बर्षीय एक पुरुष रहेका छन् ।

संक्रमितको संख्या ८६०५

नेपालका ७४ जिल्लामा फैलिएको कोरोनाभाइरसको संक्रमितको संख्या ८ हजार ६ सय ५ जना पुगेको छ । जसमा ७ हजार ८ सय ४९ पुरुष र ७ सय ५६ जना महिला संक्रमित रहेका छन् । शनिबार मात्रै थप ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ८ हजार ६ सय ५ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले एकै दिन ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
नेपालमा अहिलेसम्म १ लाख ६९ हजार १ सय ६५ जनाको पिसिआर र २ लाख ५२ हजार ३ सय जनाको कोरोना जाँच भएको छ । शनिबार ७ हजार ४ सय १६ जनाको स्वाव पिसिआरमार्फत परिक्षण गरिएको छ । अहिले क्वारेन्टाइनमा १ लाख २ हजार २ सय ४५ जना र ७ हजार ५ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

दाङका ५ जनासहित १७६ जना डिस्चार्ज

नेपालमा कोरोनाभाइरसको संक्रमण बढ्दै गएको अवस्थामा संक्रमित निको भएर घर फर्केने पनि गरेका छन् । दाङका ५ जनासहित देशैभर १७६ जना कोरोना संक्रमित शनिबार डिस्चार्ज भएका छन् ।
दाङको बेलझुण्डी अस्पतालमा उपचाररत ३ जना पुरुष र २ जना महिला डिस्चार्ज भएका हुन् । नेपालभर डिस्चार्ज हुनेको संख्या १ हजार ५ सय ७८ पुगेको छ । यसमध्ये १ हजार ४ सय ३७ पुरुष र १ सय ४९ जना महिला डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here