- Advertisement -spot_img
Friday, June 18, 2021
Homeमुख्य खबरकोरोनाका विषयमा अन्तरसंवाद

कोरोनाका विषयमा अन्तरसंवाद

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, ७ असार । राष्ट्रिय जनमोर्चा दाङले कोरोनाको विषयमा अन्तरसंवाद गरेको छ । जनमोर्चाले गुगल मिट अनलाइनमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका गुणस्तरमापन महाशाखा प्रमुख डाक्टर विकास देवकोटासँग कोरोनाको बारेमा अन्तरसंवाद गरेको हो ।
महाशाखा प्रमुख डाक्टर देवकोटासँग कोरोनाको वर्तमान अवस्था र नागरिकको दैनिक जीवन विषयक अन्तरसंवाद कार्यक्रम भएको जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले जानकारी दिए ।
कार्यक्रममा डाक्टर देवकोटाले व्यक्ति–व्यक्ति बीचको दूरीलाई कायम गर्नसकेमा लकडाउन नगरे पनि हुने बताए । तर आम नागरिकले त्यसो गर्न नसक्ने भएकाले लकडाउन गर्नु परेको बताए ।
अहिले समुदायमा जताततै संक्रमण कम फैलिए पनि कन्ट्रयाक ट्रेसिङ र शंकास्पद व्यक्तिलाई परिक्षण गर्ने कुरामा ढिलो गर्न नहुने देवकोटाले बताए ।
मन्त्रालयबाट काम गर्दा कतिपय प्राविधिक समस्या भएपनि कामले गति लिएको बताए । राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यको सहजीकरणमा भएको कार्यक्रममा सहभागीहरूले विभिन्न जिज्ञासा राखेका थिए ।
दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले कतिपय काममा ढिलासुस्ती भएको भन्दै सरकारको कार्यशैलीप्रति असहमति भएको जनाए । डाक्टर विकास देवकोटाले दाङको बारेमा मन्त्रालय र आफ्नो तर्फबाट सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here