Sunday, March 24, 2024
Homeफिचरशारदामा क्विक रेस्पोन्स नीति

शारदामा क्विक रेस्पोन्स नीति

- Advertisement -spot_img

आशिष के.सी.
सल्यान, ७ असार । सल्यानको शारदा नगरपालिकाले कोरोनाभाइरस (कोभिड–१९) लाई नगरभित्र फैलिन नदिन स्वास्थ्य क्षेत्रमा क्विक रेस्पोन्सको नीति अपनाउने भएको छ ।
शुक्रबार शारदा नगरपालिकाले कोभिड–१९ को अवस्था र स्वास्थ्य चुनौतीका विषयमा पत्रकारहरूसँग छलफल गर्दै क्वारेन्टाइनमा बसेका ३ सय ५० जनाको पिसिआर र एक सय जनाको आरडिटी विधिबाट स्वास्थ्य परिक्षण गरेको बताएको छ ।
नगरभित्रका कुनै पनि मानिसलाई स्वास्थ्य समस्या देखिने बितिक्कै स्वास्थ्यकर्मीको निगरानीमा रहने ब्यवस्था गर्न लागिएको शारदा नगरपालिकाका सिनियर अहेब अधिकृत रविन विष्टले जानकारी दिए ।
कोरोना रोकथाम र स्वास्थ्य चुनौतीका विषयमा आफूले कुनै कसर बाँकी नराख्ने गरी विभिन्न अवधारणाका साथ अगाडि बढिरहेको पनि नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले नगरबासीलाई मात्रै नभई अन्य पालिका र जिल्लाबाट आएकाहरूलाई समेत क्वारेन्टाइन राखिएको र एक महिना अगाडिदेखि नगरपालिकाका १२ वटै क्वारेन्टाइनमा बसेका सर्वसाधारण पिसिआर परिक्षण गरेर मात्रै घर पठाएको नगरप्रमुख सुरेश अधिकारीले जानकारी दिए ।
नगरपालिकामा अहिलेसम्म पिसिआर जाँच भएका सबैको रिपोर्ट नेगेटिभ देखिएको छ । तर पनि जोखिमको अवस्था कम नभएकाले वैदेशिक रोजगारीबाट आएकाहरूलाई क्वारेन्टाइनमा राख्ने काम नगरपालिकाले हालसम्म पनि गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here