- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeसम्पादकीयउपमहानगरको नीति

उपमहानगरको नीति

- Advertisement -spot_img

सम्पादकीय
तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष ०७७/७८ लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । विगतको तीन आर्थिक वर्षभन्दा यस पटकको कार्यक्रममा पनि त्यति भिन्नता देखिदैन । अहिलेको कोभिड–१९को विषम परिस्थितिमा सार्वजनिक भएको नीति तथा कार्यक्रम कर्मकान्डीभन्दा प्रभावकारीमुखीको अपेक्षा हुनु स्वभाविक रहन्छ ।
तर परिणाममुखीभन्दा पूर्ववतः अवस्थाकै जस्तो देखिएको गुनासो आउनुले यसलाई केही सुधार गरेर लैजान जरूरी छ । नयाँ नीतिलाई कम प्राथमिकता हैन बढाउन सक्नुपर्छ । जुन यतिबेला प्राथमिकतामा पर्नुपर्ने हो त्यो कम महत्वमा परेका देखिएका छन् ।
ती विषयहरू कम प्राथमिकतामा मात्रै परेका छन् । स्वास्थ्य शिक्षालाई अहिलेको नीतिले फरक दृष्टिकोण लगाउनुपर्ने आवश्यक थियो । तर त्यो हुन नसक्नुले परम्परागत कार्यकै गति लिएको देखिन्छ ।
संघीय संरचनापछि स्थापना भएका स्थानीय तहहरू स्वयत्त सरकारका रूपमा छन् । तीन प्रकारको सरकार अन्तर्गत सबै जनताको पहुँचमा रहेको स्थानीय सरकार हो । देशभरका स्थानीय सरकारहरू नीति तथा कार्यक्रम र बजेटको चटारोमा छन् ।
दाङमा रहेका स्थानीय तहहरूमध्ये केहिले मात्रै अहिलेसम्म नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । कोरोना महामारीको समयमा पनि सभाको आयोजना गरी नीति तथा कार्यक्रम ल्याएका केही स्थानीय तहहरूमध्ये तुलसीपुर उपमहानगरपालिका पनि एक हो ।
यसले आउँदो वर्षको लागि केही महत्वकांक्षी र केही लोकप्रिय नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । तुलसीपुरका कार्यक्रम केही पूरा छन् भने केही कोभिड महामारीसँग जोडिएका छन् । केही कार्यक्रमहरू लोकप्रिय र जनतासँग जोडिएका पनि आएका छन् ।
स्थानीय सरकारले जनताको रोजाईमा कार्यक्रमहरू ल्याउनु राम्रो पक्ष हो । तर त्यो पक्षपातविहीन बनाइनुपर्छ । नयाँ कार्यक्रम आउन नसके पनि नगरले समेट्ने प्रयास गरेको छ । कोरोनाको विषम परिस्थितिमा नागरिकलाई एकातिर रोगबाट बचाउनुपर्ने छ,
अर्कोतिर भोकबाट बचाउनुपर्ने जिम्मेवारी नगरमा छ । यहि परिवेशमा आएको नीति कार्यक्रमले बजेटमा त्यो कुरा पक्कै पनि समेट्ने विश्वास गर्न सकिन्छ । सबैमा अपनत्व हुने नीति कार्यान्यवन गर्नसकेमा मात्रै यसले सार्थकता पाउँछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here