- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsसपना र मेरो बुबा

सपना र मेरो बुबा

- Advertisement -spot_img

पर क्षितिजमा कालो बादल मडारिदा
आकाशबाट मोती बर्सीनेछ
किसानका बाझा खेतमा
सपनाका बाला झुल्नेछन्
तर हाम्रो देशमा
कथा फरक छ बुबा
यहाँ सपना त झुल्छन्
किसानका होइन सत्ता र भत्ताका
सपना झुल्छन् रातो कार्पेटका
अनि नाइलन साडी र चिल्ला गाडीका
रोग, भोक अनि शोक लिई
थलिएको हाम्रो घरलाई
उठाउने सपना साची
न्याय अनि इमान्दारिताको
घण्टी बजाउन
टन्टलापुर घाममा उभिएको मलाई
खुलेयाम शिरोच्छेदन गर्न आदेश दिने
उसको कठोर शासनमा
म कसरी मेरा सपना फुलाउन सक्छु बुबा
हजुरलाई थाहा छ नि
म गणितमा निकै कमजोर मान्छे
त्यो दश अर्बमा,
कति जिरो हुन्छ भन्ने थाहा छैन
तर अब मलाई जान्न मन छ
जानेर हजुरलाई भन्न मन छ
जो वर्षौदेखि इमानदारिता
अनि निष्ठा बोकेको
राष्ट्रप्रेमी सपुत खोजिरहनुभएको छ
तर म हजुरको प्रत्येक प्रश्नमा मौन छु
किनकि मेरो मौनतामा सत्यता लुकेको छ,
हिजो हामी तिमीहरूकै लागि भन्नेहरू
प्रत्येक पटक सत्ताको लालचमा फसेपछि
हजुरको सपना हरेक पटक तुहिन्छ
वर्षायामको भेलमा
मुढो ढलेसरह ढलिरहन्छ
अँध्यारो रातमा बन्द आखाँले देखेसरि
हजुरको सपना पनि घामको उज्यालोसँगै
बिर्सन्छ अनि ओइलाएर जान्छ
पृथ्वी गोलो छ समय आउँछ भन्थे
तर त्यो समय कहिल्यै आएन ?
गढवा, देउखुरी

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here