- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsराप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान शिल

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान शिल

- Advertisement -spot_img

दाङ, ५ असार ।
दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दुई दिनका लागि सिल गरिएको छ । प्रतिष्ठानका निर्देशकसहित चारजना स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि प्रतिष्ठानको अस्पताल शिल गरिएको हो ।

केहीदिन पहिले प्रतिष्ठानले २१ जना आफ्ना कर्मचारीलाई होम क्वारेन्टाइनमा बसालेको थियो । कोरोना संक्रमित बिरामीको उपचारपछि घरमै क्वारेन्टानमा बसेका अस्पतालका निर्देशक, एकजना डाक्टर, नर्सिङ इञ्चार्ज र इमर्जेन्सी वार्डमा कार्यरत एकजना स्वास्थ्यकर्मीसहित चारजनामा कोरोना पोजेटिभ देखिएको छ ।

अस्पतालका निर्देशकसहितका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिएको र त्यसका लागि अस्पताल शिल गर्नुपर्ने अवस्था आएको अस्पताल स्रोतले जनाएको छ ।

चारजना स्वास्थ्यकर्मी संक्रमित भएपछि दुई दिनका लागि आकस्मिकसहितका सबै सेवा बन्द भएको प्रतिष्ठानले विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।

प्रतिष्ठानका उपकुलपति प्रा.डा संगीता भण्डारीले क्यारेन्टाइनमा राखिएका २१ जनामा चारजनाको रिपोर्ट पोजेटिभ आएको हुँदा अहिले प्रतिष्ठानलाई शिल गर्नुपरेको बताइन् ।

उनले अप्रेसन वार्डको डाक्टर र नर्समा समेत पोजेटिभ देखिएकाले ओटीमा आएको बिरामीबाट वा उपचारका लागि आएको बिरामीबाट कोरोना संक्रमण भएको आशंका गरिएको बताइन् ।

‘उहाँहरु रनिङमा पनि जानुहुन्थ्यो’, कसरी संक्रमण भयो ? भन्न सक्ने अवस्था छैन, उपकुलपति भण्डारीले भनिन्, सानो क्षेत्र भएकाले पनि यो जोखिम भएको हुनसक्छ । प्रतिष्ठान शिल गरिएको भए पनि कोरोना परिक्षणको काम भने निरन्तर हुने बताइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here