Friday, April 19, 2024
Homebreaking-newsसेवाग्राही व्यबस्थापनमा युवा

सेवाग्राही व्यबस्थापनमा युवा

- Advertisement -spot_img

दाङ ।
लकडाउन पछि खुलेका सरकारी कार्यालयहरुमा सेवाग्राहीको सहभागिता अस्वभाविक रुपमा बढे पछि त्यसको व्यवस्थापनमा दाङको तुलसीपुरका युवाहरु जुटेका छन ।
तुलसीपुरका युवा अरुण लहरेको अगुवाईमा तुलसीपुर युवा ग्रुप निर्माण गरेर अहिले कार्यालयहरुमा भएको अब्यवस्तिथ भीड भाडलाई व्यवस्थित गराइ रहेका छन । कार्यालयमा सेवाका लागि आउने सेवाग्राहीलाई सामाजिक दुरी कायम गराउने, स्वास्थ्य तथा सरसफाईको जानकारी गराउने र सिस्टममा कार्य सम्पादन गराउन सहयोग गराइ रहेको अगुवा लहरेले बताए । उनले पहिलो चरणमा विद्युत कार्यालयमा यो काम गरिएको जानकारी दिए ।
कोरोनाको महामारीमा कार्यालयहरुमा देखिएको अब्यवस्थित भीडले कोरोनाको जोखिम बढाउने देखर यस्तो कार्यको सुरुवात गरिएको उनको भनाई छ ।

सेवाग्राहीको भीडभाड हुने सबै कार्यालयहरुमा यो स्वयम सेवा रहेको भन्दै यसमा सबै सचेत हुनु पर्ने बताए ।
सरकारले असार १ गते देखि सबै कार्यालयहरु खोल्ने भने पछि कार्यालय अब्यवस्थित रुपमा सञ्चालन हुदै आएको छन । विद्युत कार्यालय, मालपोत कार्यालय, यातायात व्यवस्था कार्यालय, कर कार्यालय, र स्थानीय तहका कार्यालयहरुमा अहिले सेवाग्राहीको बढी लापरबाही देखिएको अबस्थामा युवाहरुको यो कार्य स्रहानीय देखिएको छ । सामाजिक कार्य युवा परिचान संयोजक निश्चल गुरुङ कोरोना बाट कसरी जोगाउन सकिन्छ भनेर समुहका साथीहरुलाई परिचालन गरेर काम गरि रहेको बताए । उनले यो कार्यलाई सहज नहुदा सम्ममा लैजाने बताए ।
सेवाग्राहीले पनि व्यवस्थापनले धेरै सहज बनाएको बताएका छन । उनीहरुले सामाजिक दुरु कायम गरेर व्यवस्थापन भएको भन्दै सेवा लिन धेरै सहज भइरहेको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here