- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsश्रेष्ठको राप्ती बबई क्यापसमा सहयोग

श्रेष्ठको राप्ती बबई क्यापसमा सहयोग

- Advertisement -spot_img

तुलसीपुर ।
राप्ती बबई क्याम्पस तुलसीलाई समाजसेवी शिक्षा प्रेमी तुलसीपुर उपमहानगरपालिका ५का तोरणध्वज श्रेष्ठले सहयोग गरेका छन । कोभिड १९बाट बच्न हात धुने पानीको व्यवस्थापनका लागि क्याम्पसमा ५ सय लिटरको पानी ट्याकी र त्यसका लागि आबश्यक स्टेन सहयोग गरेका हुन ।
शुक्रवार एक कार्यक्रमको बीच भएको सहयोग हस्ताण तरण कार्यक्रममा वोल्दै दाता श्रेष्ठले शिक्षासर्व श्रेष्ठ भएकोले शिक्षाक्षेत्रमा एउटा सानो सहयोग गरेको बताए । शिक्षा क्षेत्रमा सहयोग गन पाएकोमा हर्षिद भएको सुनाए । उनले समाजलाई परिवर्तन गर्ने शिक्षालाई शैक्षिक थलोलाई अभाव हुन दिन नहुने समेत बताए । श्रेष्ठले क्याम्पसमा आफनो पहिलो कार्य भएको भन्दै आगामी दिनमा सहयोग थप्ने प्रतिबद्दता समेत गरेका छन ।
राप्ती बबई क्याम्पस सञ्चालक समिति अध्यक्ष विष्णुकुमार देवकोटाले श्रेष्ठ परिवारको सहयोगले क्याम्पसलाई उर्जा थपेको र यो सहयोगले निरन्तर्ता पाउने विश्वास समेत व्यक्त गरे । क्याम्पस प्रमुख युवराज रावतले समुदायकै सहयोग र लगानीले क्याम्पस यहाँसम्म आएको भन्दै क्याम्पसका लागि ठूलो अर्थ राखने सहयोग श्रेष्ठ बाट भएको बताए । कार्यक्रममा समितिका कोषाध्यक्ष विनिल केसी, तोरोण ध्वज श्रेष्ठका छोरा अनुपराज श्रेष्ठ , सहायक क्याम्पस प्रमुख भुप बहादुर बुढाथोकी, पूर्व क्याम्पस प्रमुख महेश आचार्य, अध्यापकहरु टेकन कडेल, हिमाल कडेललगायतकाको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख सूर्यप्रसाद शर्माले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here