- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsकिन बढेन परिक्षणको दायरा ?

किन बढेन परिक्षणको दायरा ?

- Advertisement -spot_img

जीतसागर जी.एम.
दाङ, ५ जेठ । कोरोना परिक्षणको दायरा बढ्न नसक्दा स्वाव संकलन भएको एक सातासम्म पनि रिपोर्टको नतिजा आउन सकेको छैन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै असार ३ गतेसम्मको तथ्यांक अनुसार दाङका करिब ४ हजार जनाको स्वाव परिक्षणको पखाईमा छ ।
परिक्षणको गति बढ्न नसक्दा क्वारेन्टाइनमा बस्नेहरू मानसिक तनावमा हुन थालेका छन् । कोरोनाको आशंकामा परिक्षणका लागि स्वाव संकलन गरिए पनि रिपोर्ट आउन नसक्दा आफूहरू झनै मानसिक तनावमा रहेको घोराही उपमहानगरपालिकाको क्वारेन्टाइनमा बसेका एक पुरूषले बताए ।
‘स्वाव दिएको एकसाता भयो, तर रिपोर्ट आउँदैन्, रिपोर्ट के आउने हो, मानसिक तनाब हुन थाल्यो’ उनले भने– ‘रिपोर्ट आउन अझै कति दिन पर्खनु पर्ने हो ?’ दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै कोरोना परिक्षण हुने गरेको छ । स्वाव संकलनको तुलनामा परिक्षण हुन समय लाग्ने गरेको छ ।
प्रतिष्ठानमा पछिल्लो पटक ७ सय जनासम्मको परिक्षण गर्न सक्ने क्षमता बढाए पनि परिक्षण समयमै हुन सकेको छैन् । प्रतिष्ठानमा त्यसभन्दा अघि दैनिक २ सयदेखि २ सय ५० जनासम्मको स्वाव परिक्षण हुने गरेको थियो । प्रतिष्ठानमा २६ गते दिएको स्वावको रिपोर्ट अझै आई नपुगेको घोराही उपमहानगरपालिकाका कोभिड–१९ फोकलपर्सन विकेश रेग्मीले बताए ।
‘प्रतिष्ठानमा घोराहीको करिब १ हजार स्वाव परिक्षण हुन बाँकी छ, रिपोर्ट कहिले आउँछ ? भनेर क्वारेन्टाइनमा बसेकाहरूले सोध्ने गरेका छन्, तर रिपोर्ट आउन पहिले हप्ता दिन लाग्थ्यो, अहिले त झन् ८÷९ दिन लाग्न थालेको छ’ उनले भने– ‘रिपोर्ट समयमै नआउँदा क्वारेन्टाइनमा बसेकाहरू छिटो घर जान पाउनुपर्छ भन्न थालिसकेका छन् ।’
तुलसीपुरको बुधबारको तथ्यांक अनुसार ६ सय १ जनाको स्वाव परिक्षण हुन बाँकी छ । प्रतिष्ठानमा स्वाव परिक्षणका लागि पठाएको एक साताभन्दा बढी हुँदा पनि रिपोर्ट आउन नसकेको तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक तथा कोभिड–१९ फोकलपर्सन विमल केसीले बताए ।
‘स्वाव संकलन ५० जनाको भयो भने आधा २५ जनाको पनि रिपोर्ट आउने गरेको छैन्, जसले गर्दा स्वावको रिर्पोट एकसाता भन्दा बढी लाग्ने गरेको छ’ उनले भने– ‘रिपोर्ट समयमा नआउँदा व्यवस्थापनमा पनि चुनौती थपिएको छ, उनीहरूको खान, बस्नलगायतका व्यवस्थापनमा चुनौती छ ।’
स्वास्थ्य कार्यालय दाङको बुधबार साँझसम्मको तथ्यांक अनुसार घोराहीको १ हजार ३ सय ७८ जना, तुलसीपुरको ६सय १, बबई गाउँपालिकाको ४ सय ७४, बंगलाचुली गाउँपालिकाका ४ सय ४१, गढवा गाउँपालिकाको ३ सय १२, लमही नगरपालिकाको ६५ राजपुर गाउँपालिकाको १ सय ७६, शान्तिनगर गाउँपालिकाको २ सय २९, दंगीशरण गाउँपालिकाको २३ र राप्ती गाउँपालिकाको १ सय ९ जनाको स्वावको रिपोर्ट आउन बाँकी रहेको छ ।

३६३ आइसोलेसन बेड

दाङमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आइसोलेसनको बेड क्षमता पनि बढाइएको छ । जिल्लामा पछिल्लो समय सात स्थानमा आइसोलेसन बेड तयार गरिएको स्वास्थ्य कार्यालय दाङका फोकलपर्सन कमल चन्दले जानकारी दिए ।
अहिलेसम्म बेलझुण्डीको कारोना विषेश अस्पताल ८८ बेड, नारायणपुरको अम्रैमा १ सय १५, झुलीडाँडामा १४, पद्मोदय माविमा १४, शान्तिनगरको जनकल्याण माविमा २०, देउखुरीमा एक सय र राजपुरको सालभौरीमा ६ बेडको आइसोलसन तयार भएको फोकलपर्सन चन्दले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here