- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरआठ हजार नजिक संक्रमित

आठ हजार नजिक संक्रमित

- Advertisement -spot_img

प्रदेश टुडे
काठमाडौं, ४ असार । नेपालमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको ग्राफ बढ्दो छ । बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ६ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सरकारले चैत ११ गतेदेखि कोरोना संक्रमण नियन्त्रणका लागि गरेको लकडाउन असार १ गतेबाट खुकुलो पारेसँगै संक्रमितको संख्या बढ्दै गएको देखिन्छ ।
पछिल्लो हप्ताको मात्र संक्रमण दर हेर्दा मंगलबार केही संख्या घटेपनि अरू दिन बढेको बढ्यै छ । आइतबार ४ सय २५, सोमबार ४ सय ५१, मंगलबार ३ सय ८०, बुधबार ५ सय ८६ जनामा संक्रमण पुष्टि हुँदा बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ६ सय ७१ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार बिहीबार ६ सय ७१ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको छ । अहिलेसम्म पीसीआर विधिबाट १ लाख ५५ हजार ५ सय १८ र आरडीटी विधिबाट २ लाख ४३ हजार ७५ जनाको नमुना परीक्षण गरिएको छ ।
नेपालमा कोरोनाकै कारण मृत्यु हुनेको संख्या २२ पुग्दा कोरोना जित्नेको संख्या भने १ हजार १ सय ८६ पुगेको छ । पछिल्लो समयमा १९ जना डिस्चार्ज भएका छन् । अहिले क्वारेन्टाइनमा १ लाख १६ हजार २ सय १५ जनालाई राखिएको छ । मन्त्रालयका अनुसार ६ हजार ६ सय ४८ जनाको आइसोलेसनमा उपचार भइराखेको छ ।

बिहीबार दुईको मृत्यु

प्रवक्ता गौतमका अनुसार बिहीबार मात्र कोरोना संक्रमणकै कारण कैलालीका दुईजनाको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका–४ घर भएका एक ४६ वर्षीय पुरूष र लम्कीचुहा नगरपालिका २ की ४३ वर्षीया महिलाको बुधबार मृत्यु भएको हो ।
४६ वर्षीय पुरूषको सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा बुधबार मृत्यु भएको हो । मृतक पुरूषमा जेठ ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
लम्कीचुहा नगरपालिका–२ की ४३ वर्षीया महिलालाई जेठ ३१ गते टाउकोमा चोट लागेपछि अस्पताल लगिएको थियो । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएकी महिलाको सर्जरी गर्नु अघि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । उनको बुधबार साँझ मृत्यु भएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here