- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरतुलसीपुर १२ बजेपछि बन्द

तुलसीपुर १२ बजेपछि बन्द

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, ५ असार । कोरोना संक्रमणको प्रकोपलाई मध्यनजर गरेर तुलसीपुर बजार १२ बजेपछि बन्द हुने भएको छ । तुलसीपुर उपमहानगरपालिकामा बसेको सरोकारवालाको बैठकले अत्यावश्यक बाहेकका पसल १२ बजेपछि बन्द गर्ने निर्णय गरेको हो ।
जिल्ला संकट व्यवस्थापन समितिले दाङभर ५ बजेपछि पसल बन्द गर्ने निर्णय गरेको थियो । तुलसीपुरमा तत्कालका लागि कोरोना पोजेटिभको संख्या न्यून भएपनि संक्रमणको चुनौती भएको भन्दै यस्तो निर्णय गरिएको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।
भेटेनरी, औषधिलगायतका पसलहरु साँझ ५ बजेसम्म खुल्ने भएपनि अन्य पसलहरु भने १२ बजेपछि बन्द गरिने भएको हो । सरोकारवाला सबै पक्षको सहभागिता रहेको बैठकमा सञ्चालन भएका कार्यालयहरुमा भौतिक दूरी कायम गर्नुपर्ने उल्लेख गरिएको छ ।
जथाभावी बजार खोल्दा संक्रमणको सम्भावना धेरै हुने तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावत ‘विरु’ले जानकारी दिए । उनले व्यापारीका पनि धेरै समस्या भएको भन्दै त्यसको समाधानका लागि स्थानीय सरकारले पनि ध्यान दिनुपर्नेमा जोड दिए ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवहादुर सिंहले लकडाउनको समयमा पनि मदिरा सेवन गरेर होहल्ला गर्ने क्रम चलिरहेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको बताए ।
उनले लकडाउनका बारेमा स्पष्ट निर्णय नहुँदा अलमल पर्ने सम्भावना रहेको कुरामा जोड दिए ।
कार्यक्रममा विभिन्न व्यापारी, राजनीतिक दलका प्रतिनिधि लगायतका विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here