- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरआखिर किन मान्छन् जीवनसँग हार

आखिर किन मान्छन् जीवनसँग हार

- Advertisement -spot_img

लकडाउनसँगै आत्महत्याका घटनाहरू बढ्दै गईरहेका छन् । दिनदिनै जताततै आत्महत्याका खबरहरू छापिन्छन् र सुनिन्छन् । आत्महत्या स्वयम्लाई मार्नु हो । आखिर मानिसहरू किन मान्छन् जीवनसँग हार ? प्रत्येक आत्महत्या ब्यक्तिगत समस्याका कारण उब्जिरहेका छन् ।
सबै मानिसका आ–आफ्ना इच्छा चाहनाहरू हुन्छन् र ति सबै हामी तत्काल पूरा होस् भन्ने चाहन्छौं । ति चाहनाहरू पूरा भएन भने मानिस आवेशमा आएर आत्महत्या गर्न पुग्छ । विश्व स्वास्थ्य संगठनका अनुुसार विश्वमा प्रत्येक ४० सेकेन्डमा एकजनाले आत्महत्या गर्ने गरेका छन् ।
नेपाल प्रहरीको तथ्यांकअनुसार नेपालमा दैनिक औषतमा १६ जनाले आत्महत्याबाट ज्यान गुमाउने गरेका छन् । मानिसको जीवन कहिल्यै पनि साेंचेजस्तो हँुदैन । घाम–पानी, सुख–दुःख जीवनका पाटाहरू हुन् ।
जब यी पाटाहरूलाई मानिसले स्विकार्न सक्दैन तब मान्छेको मनमा बिचलन पैदा हुन्छ । त्यसपछि मान्छेले आफू मर्नुबाहेक अरू केही पनि ठान्दैन् ।
उसले सबैथोक सकिएको महसुस गर्दछ । सामान्य मान्छेदेखि लिएर ठूला–ठूला सेलिब्रेटीहरू यसको शिकार भएका छन् । भर्खरै भारतीय चर्चित अभिनेताले पनि आफ्नो जीवनसँग हार मानेर मृत्यु रोज्न पुगे ।
मानिस जन्मेदेखि उसलाई दुईवटा कुराले जहिल्यै पनि प्रभाव पारिरहेको हुन्छ, एउटा शारीरिक र अर्को मानसिक । मानसिक रूपमा कमजोर भएको कसैले देख्दैन तर शारीरिक रूपको बारेमा जो कोहिले पनि हेर्न र देख्न सक्छ ।
यदि हामीलाई शारीरिक रूपमा कमजोर अथवा चोट लाग्दा हामी अस्पताल धाउँछौ तर मानसिक रूपमा कमजोर वा चोट लाग्दा हामी कहाँ जाने ? हो मान्छे आत्महत्या गर्ने कारणहरू धेरै होलान् ? तर ति सबैको प्रत्यक्ष प्रभाव मान्छेको मन अनि मस्तिष्कका परेको हामीले कहिल्यै हेर्ने र देख्ने गरेका छेनौं ?
आत्महत्याका धेरै कारणहरू पाइन्छन् । पारिवारीक कलह, आर्थिक अवस्था, दीर्घ रोग, प्रेममा धोका, असफलता, महिलाहरूको अस्तित्वमा पर्ने चोट, हिनताबोध, धेरै महत्वाकांक्षा आदि । तर यसमा पनि महिलाभन्दा पुरूषहरूको संख्या बढिरहेको पाइन्छ ।
यसको मुख्य कारण हाम्रो समाज रहेको छ । महिलाहरू त कोहि नजिकको मानिससँग रोएर आफ्नो मनको पीडा पखाल्छन् । तर पुरूष आफ्नो पीडा आफैसँग गुम्साएर राख्न बाध्य हुन्छन् । जन्मने बित्तिकै हाम्रो समाजले पुरूषलाई रूनु हँुदैन, पुरूष भनेको मर्द हो भनेर तक्मा भिराएको हुन्छ ।
अनि अर्कोकुरा पुरूषले कुनै कुरामा सफलता पाउन सकेन भने निकम्मा, जिन्दगीमा केहि गर्न सक्दैन जस्ता शब्दको उपाधि दिइन्छ । घरको आर्थिक अवस्था सुधार्ने जिम्मेवारी पुरूषको जस्तो हाम्रो समाजका सोचाईले महिलाको तुलनामा पुरूषको संख्या बढी भएको र्पान्छ ।
मानिसको जीवन र मस्तिष्कमा सधैभरि राम्रो कुराहरू मात्र चलिरहेको हुन्छ भन्ने हुन्न । कहिलेकाहिँ नराम्रा विचारहरू पनि आइरहेका हुन्छन् ।
तर त्यस्ता कुराहरूलाई चिर्न सकेको खण्डमा मात्र हामी अगाडि बढ्न सक्छौं । यदि त्यस्तो विचारहरू आइरहेको छ भने नजिकको मान्छेसँग साझा गर्न सकिन्छ । साथीभाइहरू, आफन्त र मनोरञ्जनतिर ध्यान मोड्न सकेमा सायद त्यस्तो कुविचारबाट बच्न सकिन्छ ।
आत्महत्या कायरतापूर्ण निर्णय हो भनिन्छ । तर मानिसलाई आफ्नो ज्यान फाल्न त्यति कहाँ सजिलो होला र ? तर हामीले जीवन संघर्ष हो र यसैलाई आत्मसाथ गरेर आफ्नो मनलाई नियन्त्रण गर्न सिक्नुपर्दछ ।
जीवनमा अनेकौ चुनौतीहरू आइरहेका हुन्छन् । ति चुनौतीको डटेर सामना गर्नुपर्दछ । प्रत्येक परिस्थिति र चुनौतीले हामीलाई नयाँ पाठ सिकाएर जान्छ । त्यसैले हटेर होइन डटेर सामना गर्न सिक्यौं ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here