- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरथप चारजनामा कोरोना

थप चारजनामा कोरोना

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, ५ जेठ । दाङमा थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाव परिक्षणमा तुलसीपुरका दुईजना, शान्तिनगरका एकजना र घोराहीका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै शान्तिनगर गाउँपालिकामा संक्रमित भेटिएको यो पहिलो हो । जिल्लाको दंगीशरण गाउँपालिकामा पनि संक्रमित भेटिएका छैनन् ।
तुलसीपुर उपमहानगरपालिका– १५ को भ्यूडहर माविको क्वारेन्टाइनमा रहेका ५६ जनामध्ये एकजना ४७ बर्षिय पुरुष, तुलसीपुर–१५ कै मावि कालाखोला क्वारेन्टाइनमा रहेका ४६ जनामध्ये एकजना २४ बर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।
त्यसैगरी शान्तिनगर गाउँपालिकाको वडा नम्बर ३ स्थित जनकल्याण मावि बाघमारे क्वारेन्टाइनमा रहेका ९१ जनामध्ये ४८ बर्षिय एकजना पुरुषमा कोरोना देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
यसैबीच घोराही उपमहानगरपालिकाको नारायणपुर स्थित आइसोलेसनमा भर्ना भएका संक्रमितमध्ये चारजनाको रिपोर्ट नेगेटिभ आएको छ । पुनः जाँच गरिएको पाँचजना मध्ये एकजनामा भने कोरोना भाइरसको संक्रमण कायमै रहेको देखिएको छ ।
प्रतिष्ठानमा १ सय ८ जनाको स्वाव परिक्षण भएकोमा चारजनाको पोजेटिभ नतिजा आएको हो । यो सँगै दाङमा कोरोना संक्रमितको २ सय ५४ पुगेको छ । अब प्रतिष्ठानमा ३ हजार ९ सय ४७ जनाको स्वाव परिक्षण हुन बाँकी रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here