Thursday, March 28, 2024
Homeफिचरब्याजमा दश प्रतिशत छुट

ब्याजमा दश प्रतिशत छुट

- Advertisement -spot_img

प्रदेश टुडे
तुलसीपुर, ५ असार । तुलसीपुरमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले ब्याजमा १० प्रतिशत छुट दिने भएको छ । सहकारी संस्था सञ्चालक समितिको बुधबार बसेको बैठकले संस्थाका सदस्यहरुले लिएको कर्जाको किस्ता असार मसान्तभित्र बुझाएमा ब्याजमा १० प्रतिशत छुट दिने निर्णय गरेको हो ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण नागरिक समस्यामा रहेको भन्दै संस्थाले ब्याजमा १० प्रतिशत छुट दिने निर्णय गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले जानकारी दिए ।
संस्थाका अध्यक्ष शुक्रराज भण्डारीको अध्यक्षतामा बसेको बैठकले नियमित काम गरिरहेका कर्मचारीलाई कोरोना बिमा पनि गर्ने निर्णय गरेकोे छ ।
संस्थाले नियमित काम गरिरहेका कर्मचारी बढी जोखिममा रहेको भन्दै उनीहरुको कोरोना बिमा गरिदिने निर्णय गरेको हो ।
यसैबीच संस्थाका सञ्चालक समिति, सल्लाहकार र विभिन्न उपसमितिले लकडाउन अवधिभरको बैठक, यातायात सुविधा नलिने घोषणा गरेको प्रमुख भण्डारीले जानकारी दिए । बन्दाबन्दीका कारण आर्थिक गतिविधि सक्रिय हुन नसकिरहेको अवस्थामा लकडाउन अवधिभरको बैठक, यातायात सुविधा नलिने निर्णय गरेको उनको भनाइ छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here