- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeसम्पादकीयलकडाउनमा तस्करी

लकडाउनमा तस्करी

- Advertisement -spot_img

सम्पादकीय
कोभिड–१९का कारण विश्व नै आक्रान्त छ । विश्वमा नियन्त्रण भइरहेको कोरोना संक्रमण नेपालमा भने दैनिक अत्यधिक रूपमा बढ्दो क्रममा छ ।
केही दिनको अन्तरमा नै नेपालमा संक्रमितको संख्या आठ हजार नजिक पुगेको छ । यही बीचका विभिन्न समूह व्यक्तिले भने गलत फाइदा उठाइरहेका छन् । तस्करीको केही समूह अहिले नदी, खोला दोहनमा सक्रिय रहेको छ भने केही समूह वन तस्करमा जुटेको देखिन्छ ।
लकडाउनकै समयमा वन तस्करीमा सक्रियहरू केही ब्यक्तिलाई नियन्त्रणमा समेत लिइरहेको अवस्थामा जिल्लामा रहेका दुईवटा डिभिजन वन कार्यालयले निगरानीसमेत बढाएको देखिन्छ ।
तर यो समय अरू बेलाभन्दा सुनसान र उपभोक्ताहरूको समेत सक्रियता कम भएको मौकामा वन तस्करी मौलाउनुले संरक्षणमा चुनौती देखिएको छ ।
वनमा तस्करहरू बढ्ने र कार्यालयको नियन्त्रण हु“दा राजनीतिक दवाव आउने हु“दासमेत केही मुद्दाहरू कमजोर समेत देखिएका छन् । वन कार्यालय र स्थानीय उपभोक्ता यसमा सहज भएर नियमन गर्नसके तस्करी भने कम हुनसक्छ ।
दाङका काठ तस्करी र वन्यजन्तु तस्करी धेरै देखिएको छ । वन पैदावार मात्रै नभएर, वन क्षेत्रमा ढुङ्गा निकासीलगायतका गतिविधि पनि बढिरहेका छन् ।
बन्दाबन्दीकै समयमा सामुदायिक, सरकारी वनमा तस्करी मौलाएको छ । वनको अनुगमन समितिले वनमा तस्करी मौलाएपछि धेरै त्यस्ता व्यक्तिलाई नियन्त्रणमा समेत लिएको छ ।
वन कार्यालयबाट कुनै अनुमति नलिई अवैध रूपमा काठ तस्कर गरेर राखिएको अवस्थामा काठसहित नियन्त्रणमा लिने र वन्यजन्तु सिकार खेल्नेहरूलाई धमाधम नियन्त्रणमा लिइरहेको छ ।
चैत महिनादेखि कै वनको सक्रियताले धैरैजना पक्राउ परेका छन् । सबैलाई मुद्दासमेत चलाई रहेको वनको भनाई छ ।
यो अवधिका सालको गोलिया, चिरान काठ, विभिन्न वन्यजन्तुको मासु, छालालगायत तस्करीहरू नियन्त्रणमा परेका छन् । अवैधरूपमा काठ तस्करी तथा वन्यजन्तु ओसारपोसार भईरहेका छन् ।
संकटको बेलामा सबै संकट व्यवस्थापन गर्नतर्फ सबै जुट्नुपर्छ । यही अवस्थामा तस्करी मौलाइरहेको अवस्था सबै क्षेत्रमा देखिएको छ ।
दाङमा पनि वन तस्करी मौलाउ“दा यसलाई पुष्टि हुन्छ । तस्करी हुने विशेष क्षेत्रहरूलाई निकायहरूले निगरानी गरेर सबै समयमा तस्करी रोक्ने अभियान सञ्चालन गर्नुपर्छ ।
तस्करस“ग नै मिलेर निकायकै व्यक्तिहरू गलत प्रलोभनमा नलागून् । वन क्षेत्र र खोला क्षेत्रमा मौलाएको तस्करी रोक्न सबै क्षेत्र र निकाय लाग्नसकेमा मात्रै नियन्त्रण हुनसक्छ । तसर्थ सबै तस्करीहरूलाई निरूत्साहित बनाउनतर्फ लागौं ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here