- Advertisement -spot_img
Friday, June 18, 2021
Homebreaking-newsभीरबाट लडेर वडा सदस्यको मृत्यु

भीरबाट लडेर वडा सदस्यको मृत्यु

- Advertisement -spot_img

प्रचण्ड खत्री
रूकुम (पूर्व), ४ असार ।

रूकुम पूर्वमा वडा सदस्यको मृत्यु भएको छ । जिल्लाको भुमे गाउँपालिका–४ कि ५८ बर्षिय धनसरी कामीको भीरबाट लडेर मृत्यु भएको भुमे गाउँपालिकाले जनाएको छ ।

बिहीबार हुने भनिएको गाउँसभाका लागि गाउँपालिकाको कार्यालय जाने क्रममा दलित महिला सदस्य कामीको बुधबार साँझ लघैरा भन्ने ठाउँबाट लडेर मृत्यु भएको भुमे गाउँपालिका अध्यक्ष रामसुर बुढाले बताए ।

उनी २३ मिटर तल लडेर घाइते अवस्थामा भेटिएको र उपचारको लागि स्वास्थ्य चौकी लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वका प्रवक्ता तथा प्रहरी निरीक्षक दिनेश गुरूङले बताए ।

उनी २०७५ सालको स्थानीय चुनावमा नेपाली काँग्रेसबाट टिकट लिएर चुनाव जितेकी थिइन । सदस्यको मृत्युपछि बिहीबारलाई तयारी गरिएको गाउँसभा स्थगित भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here