- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsमौलायो वन तस्करी

मौलायो वन तस्करी

- Advertisement -spot_img

सपना बोहरा
घोराही, ४ असार । बन्दाबन्दीकै समयमा घोराही उपमहा–नगरपालिका वडा नं १ हेक्राम ठाटीकोटका स्थानीय यमबहादुर विष्टको घरबाट सालको काठ बरामद भयो ।
विष्टको घरमा चिरान गरी राखेको ५० क्यूफिट ५२ थान सालको काठ बरामद गरेको डिभिजन वन कार्यालय दाङले जनाएको छ । बन्दाबन्दीको समयमा घर नजिकैको जंगलमा सामुदायिक वनमा अवैध ढंगले काठ काटेर राखेको सुराकीका आधारमा वन कार्यालयबाट गएको गस्ती टोलीले बरामद गरेको हो ।
वन कार्यालयबाट कुनै अनुमति नलिई अवैधरूपमा काठ तस्कर गरेर राखिएको अवस्थामा भेटिएको थियो । त्यस्तै जेठ १ गते नै डिभिजन वन कार्यालय दाङले अवैध ढंगले काटिएको सालको एक सय क्यूफिट भन्दा बढी चिरान काठ बरामद ग¥यो ।
घोराही उपमहानगरपालिका वडा नं १८ हात्तीखर्कका स्थानीय घर र आँगनमा चिरान गरी राखेको अवस्थामा आइतबार दिउँसो ९१ थान सालको काठ बरामद गरेको सहायक वन अधिकृत भक्तबहादुर चौधरीले जानकारी दिए ।
त्यहाँ पनि लकडाउनको मौका छोपी घर नजिकैको सामुदायिक वनमा अवैध ढंगले काठ काटेर राखेको भन्ने सुराकीका आधारमा डिभिजन वन कार्यालय दाङबाट गएको गस्ती टोलीले बरामद गरेको थियो ।
त्यही दिन सालको काठसँगै वन गस्ती टोलीले वन्यजन्तु घोरलको छाला पनि बरामद ग¥यो । दुईवटा घोरलको छाला बरामद गरिएको सहायक वन अधिकृत सिद्धान्त बरालले जानकारी दिए । दुबै घटनाबारे छानबिन भइरहेको र दोषीलाई पक्राउ गरी प्रचलित कानुन बमोजिम कारबाही गरिने डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले जानकारी दिए ।
त्यस्तै बैशाख ११ गते राजपुर गाउँपालिका वडा नं ३ बसन्तपुर बस्ने कल्लुराम यादवले ईजाजत विना राष्ट्रिय वनको वन पैदावार सालको रूख हराई हानी नोक्सानी गरेको आरोपमा डिभिजनले वन कार्यालय देउखुरीका प्रमुख प्रविन विडारीले जानकारी दिए । वनमा भएका रूखको हानी नोक्सानीको बारेमा अनुसन्धान भईरहेको छ ।
यि घटनाहरूको विवरणहरू बन्दाबन्दी भएको समयमा अवैध तस्करहरूको हो । कोभिड–१९को जोखिमबाट बच्नको लागि सरकारले गरेको बन्दाबन्दीको मौका छोपी अवैधरूपमा काठ तस्करी तथा वन्यजन्तु ओसारपोसार भईरहेका छन्
। जिल्लामा रहेको दुईवटा डिभिजन वन कार्यालय देउखुरी र डिभिजन वन कार्यालय दाङले ठूला परिणाममा अवैधरूपमा काठ तथा वन्यजन्तु तस्कहरूलाई पक्राउ गरेका छन् ।
डिभिजन वन कार्यालय देउखुरीले बन्दाबन्दीको समयमा मात्रै छजना वन तस्करहरूलाई अवैध रूपमा काठ तस्कार गरेको आरोपमा मुद्दा चलाईसकेको छ । कार्यालयका मुद्दा शाखाका शाखा अधिकृत दुर्गाप्रसाद खत्रीका अनुसार अन्य तीनजनाको भने अनुसन्धान भईरहेको छ ।
बन्दाबन्दीको समयमा पक्राउ परेका तस्करहरूले काठ कटानका लागि कार्यालयबाट कुनै अनुमति नलिएको डिभिजन वन कार्यालय देउखुरीका प्रमुख विडारीले बताए । ‘काटिएका काठमा पनि कसैको टाँचा निशाना छैन’ उनले भने ‘अनुसन्धान भईरहेको छ ।
बन्दाबन्दीको मौका छोपी बिक्री गर्ने उद्देश्यले काटिएको हुनसक्ने उनले बताए । थोरै काठ बेच्दा पनि धेरै नाफा हुने भएकाले बन्दाबन्दीको मौकामा तस्कार बढेको उनको अनुमान छ ।
त्यस्तै डिभिजन वन कार्यालय दाङले १४ जनालाई वनमा काठ तस्कर गरिरहेको अवस्थामा र ९ जनालाई वन्यजन्तुको सिकार गरिरहेको अवस्थामा पक्राउ गरेको छ ।
डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीका अनुसार उनीहरूको साथबाट ३ सय राउण्ड गोली, दुईथान बन्दुक, चारवटा टेक्टर, चारवटा मोटरसाईकल र एउटा स्काभेटर बरामद गरिएको छ ।
‘वनमा अवैधरूपमा काठहरू तस्कर गर्ने वन्यजन्तुको अवैध ओसारपोसार गर्ने काम अन्य दिनमा पनि हुन्थ्यो’ डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले भने ‘बन्दाबन्दीको समयमा भने तस्करहरू बढेकै हुन् ।’
बन्दाबन्दीको समयमा काठ तस्कहरू बढ्दै गएको सूचना आएपछि विशेष निगरानी गरिएको उनले बताए । लकडाउनको समयमा चोरी तस्करी हुन सक्ने भन्दै दुईवटै वन कार्यालयले अलग–अलग समूह बनाई वन गस्तीलाई तिव्र पारेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here